इटहरी उपमहानगरको औपचारिक कार्यक्रम बहिष्कार गर्ने

भ्रष्टाचारको विरोधको आवरणमा उनका अराजक हर्कत र अभिव्यक्तिले थप उत्तेजना फैलाउने काम गरिरहेको महासङ्घले विज्ञप्तीमा जनाएको छ ।

हाम्रो दमक

इटहरी,२२ जेठ । नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाले इटहरी उपमहानगरपालिकाका कुनै पनि कार्यक्रममा नजाने निर्णय गरेको छ । आज बसेको महासङ्घ शाखाको बैठकले सुनसरीमा पत्रकार राज्य पक्षबाटै असुरक्षित हुने वातावरण सिर्जना भएको भन्दै नगरकार्यपालिकाको औपचारिक धारणाको मागसहित कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेको अध्यक्ष अमर खड्काले जानकारी दिएका छन् ।

मेयर द्वारिकलाल चौधरीबाट बारम्बार पत्रकारमाथि भएका आक्रमणको निन्दा गर्दै जनतालाई सुसूचित गर्ने वर्गप्रति लक्षित गर्दै दोहोरिइरहेका गलत क्रियाकलापले पत्रकार असुरक्षित भएको महासङ्घको ठहर रहेको खड्काले जानकारी दिए ।

यस बारेमा जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय सुनसरीमा पुुगेर समेत महासङ्घले गम्भीर ध्यानाकर्षण गराएको बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ प्रदेश १ का अध्यक्ष विक्रम लुुइँटेलले सञ्चारमाध्यममा आएका मेयर चौधरीका भनाइमा प्रेस जगतलाई हेर्ने दृष्टिकोण नै गलत रहेको टिप्पणी गरेका छन् । समग्र पत्रकारिता जगत, अदालत र सिङ्गो पार्टीप्रति चौधरीले व्यक्त गरेका धारणाले गम्भीर प्रश्न उठाएको भन्दै आपत्ति प्रकट गरिएको छ । उनले पत्रकारलाई नियमित समाचार सङ्कलनमा जान भयको वातावरण बनेको भन्दै यसले जनताको सही सूचना प्राप्त गर्ने हकसमेत खोसिने चिन्ता व्यक्त गरे ।

गलत रवैयाप्रति महासङ्घ निरन्तर सङ्घर्षमा जुट्ने भन्दै कुनै सरकार कानुनले कस्ने र कुनै सरकार भौतिक आक्रमणमा उत्रिने कुराले पत्रकार पेशा असुरक्षित बन्दै गएको आभास भएको विचार व्यक्त गरे ।

धम्की प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथिको हस्तक्षेप

इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले आफ्नो विरुद्ध समाचार लेखेको भन्दै पत्रकार विराट अनुपमसहित समग्र पत्रकारिता क्षेत्रलाई दिएको धम्की र गालीगलौजको घटनाप्रति नेपाल पत्रकार महासङ्घ प्रदेश समितिको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

यसअघि पत्रकार कृष्ण वहाब भट्टराई र विकल रेग्मीमाथि दुव्र्यवहार गरेको विषयमा आफूबाट कमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा त्यस्तो गतिविधि नगर्ने प्रतिबद्धता गरेका थिए । प्रमुख चौधरीले सामाजिक सञ्जालमा निरन्तर पत्रकारका विरुद्ध पोष्ट गरेको, पत्रकार अनुपमलाई फोनमार्फत् ज्यान मार्ने आशयको धम्की दिएको र टेलिभिजन अन्तरवार्तामा समेत दिएको धम्की आपत्तिजनक र खेदजनक रहेको बताइएको छ ।

जेठ २१ गते पत्रकार अनुपमसँग टेलिफोनमा भएको कुराकानीका क्रममा मेयर चौधरीले ‘तिम्रो नाक भाँच्न एक करोड छुट्याएको छु’, ‘तिम्रो विरुद्धमा सुपारी दिइसकेको छु सुरक्षा खोज’भन्दै धम्की दिएका थिए । सोही विषयमा न्युज २४ टेलिभिजनमा दिएको अन्तर्वार्तामा ‘म संविधान र कानुन मान्दिनँ, इटहरीमा मेरो शासन चल्छ, मेरो विरुद्ध लेख्नेलाई कालोमोसो दलेर टिन ठटाएर बजार घुमाउँछु, निर्धाले मात्रै कानुन र पुलिसकोमा जाने हो, कानुन नमाने पनि नेपालमा केही हुदैन’ जस्ता अत्यन्तै अस्वभाविक, अराजक, उदण्ड, गैरकानुनी र अमर्यादित अभिव्यक्ति दिएको उनको भनाइ छ । भ्रष्टाचारको विरोधको आवरणमा उनका अराजक हर्कत र अभिव्यक्तिले थप उत्तेजना फैलाउने काम गरिरहेको महासङ्घले विज्ञप्तीमा जनाएको छ । राज्यको जिम्मेवार निकायका जिम्मेवार व्यक्तिबाट पत्रकारलाई यसरी खुला रूपमा धम्की दिएको घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हुनुका साथै प्रचलित कानुनको समेत उपहास भएको महासङ्घको ठहर भएको विज्ञप्तीमा जनाइएको छ ।

प्रमुख चौधरीको यस्तो हर्कतले पत्रकार अनुपम असुरक्षित महसुस गरी इटहरीबाट विस्थापित हुने अवस्थामा पुगेका र समग्र पत्रकारले समेत असुरक्षित महसुस गरेको जनाइएको छ । सार्वजनिक पदमा बसेर धाकधम्की दिने मेयरलाई कारबाहीसहित प्रेस स्वतन्त्रताको सम्मान गर्न एवं पत्रकारलाई निर्वाध र स्वतन्त्र रूपमा काम गर्न वातावरण बनाउन तिनै तहका सरकारको ध्यानाकर्षण गराउँदछौँ ।

नेकपाका प्रदेश कमिटी सदस्यसमेत रहेका चौधरी यस्तो अशोभनीय हर्कतबारे पार्टीको आधिकारिक धारणा माग गर्दै ध्यानाकर्षण गराउन चाहन्छौं । आम पत्रकारमा मर्यादित र सुरक्षित भएर पत्रकारितामा सक्रिय रहन पनि विज्ञप्तीमा आह्वान गरिएको छ ।

त्यस्तै, जेठ २१ गते राती महासङ्घ धनकुटा शाखाका सदस्य दिलबहादुर आशिष राईलाई एक समूहले धरानस्थित डीबीआर अनलाइन टेलिभिजनको कार्यालयमा काम गरिरहेको अवस्थामा कुटपिट गरी घाइते बनाएको हुनाले घटनामा संलग्नको तत्काल पहिचान गरी कानुनी कार्वाही गर्न माग गरिएको छ ।

सङ्घको प्रदेश समितिका महासचिव विवेक गौतमद्वारा हस्ताक्षरित विज्ञप्तीमा पत्रकार राईको उपचारको सबै व्यवस्था मिलाउन सम्बन्धित निकायसँग माग गरिएको छ ।

बुध, जेष्ठ २२, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

दिदीकै योजनामा बहिनीमाथि बलात्कार

केरावारी,५ असार । मोरङको केराबारी गाउँपालिकास्थित गुराँस होटलमा ६ दिन अघि एक युवतीमाथि भएको बलात्कार घटनाको नयाँ रहस्य खुलेको छ । होटलको १०५ नम्बर कोठामा गत जेठ ३१ गते रातभर राखेर पथरीशनिश्चरे घर भएकी...

विश्वभर १८ हजार नेपाली शरणार्थी

दमक,५ असार । विभिन्न मुलुकमा शरण लिएर बसेका नेपालीको संख्या १८ हजार ६ पुगेको छ । संयुक्त राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्च आयोग (यूएनएचसीआर) को कार्यालयले नेपाली शरणार्थीको तथ्यांक पहिलोपटक सार्वजनिक गरेको हो । ती शरण...

दमकमा मोटरसाईकल चोरीको घटना बढ्यो

दमक,५ असार । केहिदिन यता दमकमा चोरीको घटना बढेको छ । दमक चौंक ,वजार क्षेत्रमा दिनदहाडै मोटरसाईकल चोरीको घटना वढेको हो ।साता दिन यता दमकमा विभिन्न किसिमका ४ वटा मोटरसाईकल चोरी भएको प्रहरीमा उजुरी...

पाडाजुंगीको आइलैण्ड व्यवस्थित हुने

पाडाजुंगी,४ असार । कमल गाँउपलिका ५ स्थित पाडाजुंगीको आइलैण्ड व्यवस्थित हुने भएको छ । पूराना आइलैण्डलाई थप व्यवस्थित गर्न धमाधम निर्माण कार्यभईरहेको वडाध्यक्ष डम्बर वहादुर निरौलाले बताए । वडा कार्यालयसहित स्थानीय उपभोक्ताहरुको साझेदारीमा आइलैण्ड वनाउने...

ट्राफिक प्रहरी दमकलाई नयाँ गाडी

दमक,४ असार । दमकको ट्राफिक प्रहरीसहित प्रहरी कार्यालय गौरादहमा नयाँ गाडी आएको छ । प्रहरी प्रधान कार्यालयको सवारी महाशाखाले दमकको ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय गौरादहलाई एक। एक वटा गाडी उपलब्ध गराएका...

मिडिया काउन्सिल विधेयकको विरोधमा हस्ताक्षर

दमक,४ असार । संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकको विरोधमा आन्दोलनरत नेपाल पत्रकार महासंघको घोषित कार्यक्रम अन्तर्गत दमकमा पनि हस्ताक्षर अभियान शुरु भएको छ । स्थानीय वरपिपल चौंकमा बुधबार एक कार्यक्रम गरि हस्ताक्षर अभियान...

पूर्व विद्यार्थी समाजको अध्यक्षमा पौड्याल

शान्तिनगर । झापाको बुद्धशान्तिस्थित शान्ति आदर्श माविमा पूर्व विद्यार्थी समाज गठन गरिएको छ । पूर्व विद्यार्थीको भेलाले शिवकुमार पौड्यालको अध्यक्षतामा पूर्व विद्यार्थी समाज गठन गरेको हो । पौड्याल सो विद्यालयका पूर्व विद्यार्थीका साथै पूर्व प्रधानाध्यापक...

कांग्रेसद्धारा १८३ नेतामाथि अनुशासनको कारवाही

    काठमाडौं ,३ असार । नेपाली कांग्रेसले स्थानीय तह, प्रदेशसभा र संघीय संसदका वागी उम्मेदवार ता उनीहरुका प्रस्तावक र समर्थकलाई कारबाही गरेको छ । साथै पार्टीमा गएर उमेदवार बनेकाहरुको नाम पनि पार्टीको अभिलेखबाट हटाउने अनुशासन...

 पत्रकार महासंघको हस्ताक्षर अभियान

झापा, ३ असार । सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयक विरुद्ध नेपाल पत्रकार महासंघले आजबाट देशब्यापी हस्ताक्षर संकलन अभियान सुरु भएको छ । महासंघले तेस्रो चरणको आन्दोलन अन्तर्गत मिटिया काउन्सिल विधेयक फिर्ता गर्न माग...

अन्तत: गुठी विधेयक फिर्ता

काठमाडौं ,३असार । सरकारले विवादस्पद गुठी विधेयक फिर्ता लिने निर्णय गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरी विधेयक स्थगन गरिएको जानकारी दिएकी हुन्। गुठी विधेयकलाई लिएर...