सुनसरी अन्तिम चारमा


हाम्रो दमक
  • प्रकाशित मिति : बुधबार, जेष्ठ २२, २०७६


  • बिर्तामोड, जेठ २२ । यहाँस्थित प्रथम बिर्तामोड गोल्डकपको बुधबार भएको दोस्रो दिनको खेलमा सुनसरीको पाञ्चायन फुटबल क्लब विजयी भएको छ । पाँचथरको स्वतन्त्र फुटबल क्लबलाई ५–२ गोल अन्तरले पराजित गर्दै पाञ्चायन अन्तिम चारमा प्रवेश गरेको हो । दोस्रो क्वार्टर फाइनल खेलको सुरुवाती समयमा दुवै टिमबाट गोल हुन नसके पनि पहिलो हाफको ३६ औँ मिनेटमा पाँचथरको स्वतन्त्र एफसीका तर्फबाट उत्कृष्ट गोल भएको थियो । राजन माझीले सम्झनलायक प्रहार गरेर १—० को स्थितिमा ल्याए ।


    तर, तीन मिनेटपछि सुनसुरीको पाञ्चायनका लागि कप्तान तीर्थ बस्नेतले गोल गर्दै खेल बराबरीमा ल्याए । पहिलो हाफसम्म दुवै टिमको समान १—१ गोल रहेकोमा दोस्रो हाफमा गोलको वर्षा भएको थियो ।
    पाञ्चायनका तर्फबाट दोस्रो हाफको १६औँ मिनेटमा अजित चौधरी, २१औँ मिनेटमा अनिश राजधामी र २४ औँ मिनेटमा कप्तान तीर्थ बस्नेतको प्रहारले जाली चुमेको थियो । दोस्रो हाफको ४५ औँ मिनेटमा पाँचथरका खेलाडीलाई डिबक्सभित्र लडाएपछि पाएको पेनाल्टीमा आरके कन्दङवाले गोल गरेका थिए ।
    तर, त्यसको एक मिनेटमै सुनसरीका कप्तान तीर्थ बस्नेतले व्यक्तिगत दोस्रो गोल गर्दै ५–२ गोलको फराकिलो अन्तर निकाले । टिमका लागि दुई गोलमा एसिस्ट रहेको तीर्थ बस्नेत खेलको म्यान अफ दि म्याच घोषित भए । उनलाई झापा जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष प्रशान्त भण्डारीले नगद तीन हजार रुपैयाँ प्रदान गरे ।
    रेड स्टार एफसी बिर्तामोडले आयोजना गरेको गोल्डकपको विजेताले नगद १ लाख ५० हजार १११ र उपविजेताले ७५ हजार १११ रुपैयाँसहित ट्रफी पाउने आयोजकका अध्यक्ष राजकुमार विश्वकर्माले जनाएका छन् । भोलिको खेल मुनाल एफसी चन्द्रगढीविरुद्ध पूर्वेली युथ क्लब बिर्तामोडबीच हुनेछ ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology