राधा माधवको विवाद मिलाउन कार्यदल

  • प्रकाशित मिति : बुधबार, जेष्ठ २२, २०७६



  • दमक,२२ जेठ । दमकको राधा माधव सेवा समितिको बिबाद मिलाउन वडाध्यक्ष पशुपति राज गौतमका अध्यक्षतामा ९ सदस्सीय समिति गठन गरिएको छ । आज नगरपालिकामा भएको छलफल पछि बिबाद समाधानको लागी सुझाव दिन भन्दै समिति गठन गरिएको छ ।
    नगर प्रमुख रोमनाथ ओली र उपप्रमुख गिता अधिकारीको उपस्थितिमा बसेको छलफलले दमकको प्रतिष्ठत संस्थामा भएको बिबाद अध्ययन गरी समाधानको लागी सुझाव दिन १५ दिनको समय तोकी समिति गठन गरिएको हो ।

    राधा माधव सेवा समितिको कार्यालय फोटो :फायल

    समितिका सदस्यहरुमा नगरपालिकाका कानुन अधिकृत माधव बस्नेत र न्यायीक समिति सदस्य कमल श्रेष्ठ सदस्य रहेका छन् । त्यसैगरी बिबादित दुवै पक्षको तर्फवाट सदस्यमा थप तीन , तीन जना क्रमशः रोहित आचार्य, काशी खाती, भगवान बस्नेत साथै मान बहादुर बुढाथोकी, लोकनाथ पोखरेल र लक्ष्मण श्रेष्ठ रहेका छन् ।
    समितिले राधा माधव समितिको बिबादलाई अध्ययन गरी समस्या समाधानको विकल्प सहित १५ दिन भित्र नगरपालिकामा प्रतिवेदन पेश गरिने संयोजक गौतमले जानकारी दिए । राधा माधव समिति दमककै प्रतिष्ठत संस्था भएकाले यसलाई बिबाद गर्ने भन्दा पनि सहमतिबाटै समस्या समाधानको उपाय खोजिने समितिका संयोजक गौतमले बताए । दमक ८ स्थित राधा माधव सेवा समितिको कार्यालय संझौतासहितको भवन स्वामित्वमा परिवार वीच केहि महिना यता विवाद रहिआएको छ ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology