प्रतिष्ठानलाई एक दम्पत्तीले दिए ,सवा करोडको घर

दाता डिल्लीराम गुरागाइँ र कमलादेवी गुरागाइँ दम्पत्तीले आफना वंशजको हितमा स्थापित त्यहाँको गुरागाइँ वंश उत्थान समाज कल्याण प्रतिष्ठानमा गुरुकुल कक्षा सञ्चालन गर्नका लागि ३ तले कूल १७ कोठाको ट्रस्टसहितको पक्की भवन निर्माण गरि दिएका हुन् ।


हाम्रो दमक
  • प्रकाशित मिति : बुधबार, जेष्ठ २२, २०७६


  • दमक,२२ जेठ । संस्कृत गुरुकुल पाठ्शाला सञ्चालन गर्नका लागि मोरङ्ग, विराटनगर निवासी एक दाता परिवारले झापाको कमल गाँउ पालिका  ५ स्थित पाडाजुंगीमा रु एक करोड २५ लाख रुपैयाको लागतमा भवन निर्माण गरिदिएका छन् ।
    दाता डिल्लीराम गुरागाइँ र कमलादेवी गुरागाइँ दम्पत्तीले आफना वंशजको हितमा स्थापित त्यहाँको गुरागाइँ वंश उत्थान समाज कल्याण प्रतिष्ठानमा गुरुकुल कक्षा सञ्चालन गर्नका लागि ३ तले कूल १७ कोठाको ट्रस्टसहितको पक्की भवन निर्माण गरि दिएका हुन् ।


    ताप्लेजुङ पुख्र्यौली घर भएका उनले काभ्रेमा र काठमाडौंको गठ्ठाघरमा यस अघि आफ्नो स्वामित्वमा रहेको घर जग्गा बेचेर गुरागाइँ वंश एकता, हित र धार्मिक वेद विद्यालय सञ्चालनका लागि सो घर निर्माण गरिदिएको प्रतिष्ठानका केन्द्रीय सचिव गोपाल गुरागाइँले बताए । भवनमा ३० जना सम्म बटुकहरुलाई आवसीय सुविधा सहितको निशुल्क गुरुकुल शिक्षा प्रदान गर्ने लक्ष्य राखिएको उनले बताए ।
    दाता गुरागाइँ जिविस मोरङको मनोनित सभापति, ताप्लेजुङ फुङलिङ गाउँ पञ्चायतका पूर्व उपप्रधानपञ्च लगायत विभिन्न सरकारी तथा सामाजिक संघ संस्थाहरुमा लामो समेत जिम्मेवारी बहन गरिसकेका छन् ।
    प्रतिष्ठानले आज सो भवन निर्माण सम्पन्न भएपछि त्यहाँ पत्रकार सम्मेलन गरी दाता परिवारबाट गुरागाइँ वंशंोत्थान तथा परम्परा, संस्कार, संस्कृति संरक्षणका क्षेत्रमा दिएको योगदानका बारेमा जानकारी गराएको छ । दाता परिवारले सो स्थानमा वेद विद्यालय सञ्चालनको मुख्य उद्देश्य राखेर सो घर निर्माण गरिदिएको बताउँदै त्यही उद्देश्य अनुसार अनुसार प्रतिष्ठानले २०७६ साल भित्रै त्यहाँ वेद विद्यालय सञ्चालनको लागि आवश्यक तयारी गरिरहेको प्रतिष्ठानका उपाध्यक्ष चुडामणि गुरागाँईले जानकारी दिए ।
    प्रतिष्ठानको स्वामित्वमा रहेको कूल १७ कठठ जग्गामा दाताहरुले मन्दिर, स्वागत द्धार, सामुदायिक भवन लगायतका संरचनाहरु समेत बनाई दिएका छन् । सो परिसरमा प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष समेत रहेका अर्का दाता जीवन गुरागाइँले समेत रु १ करोड ११ लाख रुपैयाँको लागतमा गुरागाइँ वंशका ज्येष्ठहरुका लागि आश्रम भवन निर्माण भईरहेको प्रतिष्ठानका सचिव गोपाल गुरागाइँले बताए ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology