दुधेमा स्वास्थ्य जीवन अभिमूखीकरण


हाम्रो दमक
  • प्रकाशित मिति : बुधबार, जेष्ठ २२, २०७६


  • दुधे,२२ जेठ। प्रदेश नं १ ,सामाजिक विकास मन्त्रालयको ‘स्वास्थ्य जीवन’ कार्यक्रम अन्तर्गत शिवसताक्षीमा स्वास्थ्य जीवन अभिमूखीकरण आयोजना गरिएको छ । दूधेमा बुधबार सम्पन्न अभिमुखीकरणमा जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेलले हामीले स्वास्थ्य रहन पूर्वजहरुले पत्ता लगाएको आर्युर्वेद जडिबुटीको प्रयोग र आग्र्यानिक खानपान रहेको बताए । उनले हामी पुराना सस्कार, पद्धतीलाई केही समय भुले पनि अब तिनै पद्धतीले मानव जिवन बाँच्न र बचाउन सकिने जानकारी दिए ।

    “एक घर, पाँच योग, पाँच जडीबुटी, पाँच वटा सकारात्मक व्यवहार”,“मेरो फोहर म आफैँ सफा गर्छु”, “समुदायको सरसफाइमा मेरो दायित्व” नारासहित दैनिक जीवन पद्दति, पोषण, व्यवहार, सरसफाई गरी मानव जीवन आवश्यक बस्तु रहेकाले शिवसताक्षीका नगरबासीका लागि अभिमूखिकरण गरिएको बताइएको छ ।

    कार्यक्रममा नगरप्रमुख चन्द्रकुमार शेर्माले स्वस्थ्य जीवन कार्यक्रम नगर, वडा, हुँदै टोल टोलमा सञ्चालन गरी आम नगरबासीलाई स्वस्थ रहन प्रेरित गर्ने जानकारी दिए । हामीले खान पान र व्यवहारमा मात्र ध्यान दिन सके जीवन स्वस्थ्य र सरल हुने उनको भनाई थियो ।

    कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. रविन्द्र निरौलाले जडीबुडी सम्वन्धी र स्वाथ्यकर्मी कुलबहादुर पौडेलले नसर्ने रोग र दूधे आयुर्वेदका प्रमुख कविराज टेकनाथ अर्यालले जीवन स्वस्थ्य रहने तरिकामा बारेमा सहजीकरण गरेका थिए ।

    अभिमूखिकरणमा शिवसताक्षी नगरपालिकाकी उपमेयर भोजकुमारी नेपाल, जिल्ला समन्यव समिति सदस्य जुुनु मोहोरा, वडाध्यक्ष भैरवकुमार श्रेष्ठ, छविलाल पाठक लगायत १ सय बढी नगरबासीको उपस्थिति रहेको थियो ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology