जनमुक्तिको भ्रष्टचार विरुद्धको हस्ताक्षार अभियान

हाम्रो दमक

दमक,२२ जेठ । राष्ट्रिय जनमुक्ति पार्टीले झापामा बुधबारदेखि पार्टी संगठन सुढिढकरणसंगै भ्रष्टचार विरुद्धको राष्ट्रिय हस्ताक्षार अभियान शुरु गरेका छन् । दमकदेखि औपचारिक रुपमा उक्त एक हप्ते अभियान शुरुवात गरिएको पार्टीका जिल्ला अध्यक्ष पर्शुराम मगरले जानकारी दिए ।


अभियान शुभारंम्भका क्रममा पार्टीका केन्द्रीय सचिव पदम जवेगु, जिल्ला अध्यक्ष मगर ,बहुजातिय सांस्कृतिक मोर्चाका केन्द्रीय अध्यक्ष कैलाश थापा मगर ,पार्टीका नेता पदम कन्दङवा लगायतले देश विकासको मुख्य कारक भ्रष्टचार भएकाले त्यसलाई नियन्त्रण गर्न देशव्यापी हस्ताक्षार अभियानमा पार्टी उत्रिएको वताएका थिए । वक्ताहरुले भ्रष्टचारीलाई आजीवन कारावासको सजाय दिनुपर्ने औल्याएका थिए ।
जिल्लाको दमकसहित सुरुङ्गा,विर्तामोड ,शनिश्चरे लगायतका स्थानहरुमा हस्ताक्षर अभियान सञ्चालन गरिने र त्यसक्रममा संकलित १० हजार बढी हस्ताक्षार सरकारलाई बुझाउने जिल्ला अध्यक्ष मगरले जानकारी दिए ।

बुध, जेष्ठ २२, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

राजनीति बाट अन्य

शिवसताक्षीमा विपीको स्मृति दिवस मनाईयो

दुधे, साउन ६ । महानायक विपी कोईरालाको ३७ औ स्मृति दिवस जिल्लाको शिवसताक्षीमा पनी बिविध कार्यक्रमका साथ मनाइएको छ । महाभारतकालिन ईतिहासमा बर्णित जिल्लाको धार्मिकक तथा पर्यटकीयस्थल सताक्षीधामका साधु र श्रीहरी वेद विद्यालयका विद्यार्थीलाई...

निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपाको टारी भन्ने स्थानमा निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु भएको छ । स्थानीय अर्जुन रिजालका अनुसार आज बिहान करीब ९ बजे निर्माणाधीन मन्दिरको छतको सटिङ खुस्काउने क्रममा मन्दिरको...

सुनसरीमा एकको घाँटी रेटी हत्या

सुनसरी | सुनसरीको देवानगञ्ज गाउँपालिका–२ बजार क्षेत्रमा रहेको रामजानकी मन्दिर नजिक आज बिहान घाँटी रेटी एक भारतीय नागरिकको हत्या भएको छ । भारत अररीया जिल्ला मानिकपुरका करिब ४० वर्षीय बिलु यादवको घाँटी रेटी हत्या गरिएको...

सामुदायिक वनद्धारा उपभोक्तालाई सोलार बत्ती वितरण

बुधबारे । आर्थिक रुपमा विपन्न आफ्ना ३१ उपभोक्ता परिवारलाई आदर्श नमुना सामुदायिक वन उपभोक्ता समिति बुद्धशान्ति–३ ले २ लाख ८८ हजार ३ सय रुपैँया बराबरको सोलार बत्ती वितरण गरेको छ । गरीवी न्यूनिकरण तथा...

प्यारालाइसेस भएका साँवालाई व्हिल प्रदान

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिका–४ स्थित सृजानबस्तीका शेरबहादुर साँवालाई आइतबार एक कार्यक्रमको आयोजना गरि व्हिल चेयर प्रदान गरिएको छ । स्थानीय समाजसेवी डाइमन्ड थेवे (सुरज)ले सृजनशिल महिला समूको सहजिकरणमा उक्त चेयर साँवालाई प्रदान गरेका हुन् ।...

कर नीतिको विरोधमा दमकमा प्रर्दशन

दमक,५ साउन । सरकारले ल्याएको कर सम्बन्धी नयाँ नियम भेईकल कन्साईनमेन्ट ट्रयाकिङ्ग सिस्टम( vcts ) प्रणाणीमा जान तत्काल समस्या हुने दमकका व्यवसायीहरुले बताएका छन् । उनीहरुले सरकाले एक्कासी अव्यवहारिक नीति नियम ल्याएर उद्योगी व्यवसायीलाई...

मेची भन्सारमा मुद्दा फछ्र्योटबाट मात्रै ३ करोड बढी राजस्व

काँकरभिट्टा,५ साउन । गत आर्थिक वर्षमा मेची भन्सार कार्यालय काँकरभिट्टाले दर्ता भएका मुद्दाको फछ्र्योटबाट मात्रै ३ करोड रुपैयाँ भन्दा बढी राजस्व सङ्कलन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७४। २०७५ बाट सरेर आएका १७ तथा...

धरानका राहुल अग्रवाल भए फेस अफ मारवाडी

धरान ,५ साउन । मिस्टर फेस अफ मारवाडीको दोश्रो संस्करणमा धरानका राहुल अग्रवाल विजेता भएका छन् भने मिस फेस अफ मारवाडीको विजेता काठमाण्डौंकी निशा अग्रवाल भएकी छिन् । शनिबार राधानीमा भएको फाइनलमा आफ्नो उत्कृष्ट प्रतिभा...

नेकपाले छान्यो जिल्ला इन्चार्ज र सह इन्चार्ज

काठमाडौं ,५ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जिल्ला इन्चार्ज र सहइन्चार्ज टुंगो लगाएको छ ।बालुवा   टारमा आइतबार बसेको पार्टीको सचिवालय बैठकले ७७ जिल्ला र ६ महानगर कमिटीका इन्चार्ज र सहइन्चार्जहरुको टुंगो लगाएको...

करेन्ट लागेर मृत्यु

विर्तामोड, साउन ५ गते । झापाको मेचीनगरमा आज आइतबार एकजनाको करेन्ट लागेर मृत्यु भएको छ । मुत्यु हुनेमा मेचीनगर–६ का ५५ वर्षीय धनकुमार राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले...