कोषमार्फत डेढ करोड कर्जा प्रवाह


हाम्रो दमक
  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ २१, २०७६


  • दमक,२१ जेठ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले साना युवा व्यवसायीहरुलाई स्वरोजगार वनाउन झापा, दमकका तीन वटा सहकारीलाई रु १ करोड ५० लाख सहुलियत कर्जा प्रवाह गरेको छ ।  दमकको दमक बहुमुखी सहकारी, फाल्गुनन्द बचत तथा ऋण सहकारी र सेतुमारी कृषि सहकारीमार्फत साना व्यवसायीहरुलाई कर्जा प्रवाह गर्न उक्त कर्जा रकम हस्तान्तरण गरिएको कोषका सदस्य सचिव सन्तोष सापकोटाले जानकारी दिए ।


    आज दमक १ स्थित दमक बहुमुखी सहकारी संस्थाको सभाहलमा कर्जा रकमको पहिलो किस्ता वापतको रु ७५ लाख हस्तान्तरण गर्नुका साथै सहभागिहरुलाई कर्जा पूंजीको उपयोगका वारेमा अभिमुखीकरण समेत प्रदान गरिएको थियो । तीनै सहकारीमार्फत छनौट भएका साना व्यवसायीहरुलाई कर्जा पूंजीको उद्देश्य,महत्वका बारेमा कोषका सदस्यसचिव सापकोटाले सहजीकरण गरेका थिए ।
    छनौट सहकारीमार्फत उक्त कार्यक्रममा छनौट भएका साना व्यवसायीहरुलाई कर्जा प्रदान गरिने जनाईएको छ ।
    अभिमुखीकरण उद्घाटनमा झापाका सहायक प्रमुख जिल्ला अधिकारी माधव पोख्रेल, दमक १ का वडाध्यक्ष ताराप्रसाद अधिकारी, जिल्ला सहकारी संघका सदस्य प्रेम कोइराला लगायतले कर्जा पूंजीको उपयोगिताको वारेमा वोलेका थिए । दमक बहुमुखी सहकारीका अध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य फाल्गुनन्द शाकोसका अध्यक्ष संकल्प लिङदेनले स्वागत मन्तव्य राखेका थिए । त्यस अवसरमा अतिथिहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology