हत्याका अभियुक्त तामाङ दमकबाट पक्राउ


हाम्रो दमक
  • प्रकाशित मिति : आइतवार, जेष्ठ १९, २०७६


  • दमक ,१९ जेठ। पाँचथरको हिलिहाङ गाउँपालिकामा घाँटी रेटेर १५ बर्षीय बालिकाको निर्ममतापूर्वक हत्या गर्ने मुख्य अभियुक्तलाई प्रहरीले दमकबाट पक्राउ गरेको छ । घटना पछि फरार रहेका पदम तामाङलाई प्रहरीले दमकबाट आज पक्राउ गरेको हो ।
    गएको बैशाख २९ गते हिलिहाङ गाँउपालिका ४ स्थित कात्तिकेमा १५ बर्षीया शितल योङहाङको घाँटी रेटेर हत्या गरिएको थियो । सोही हत्याका मुख्य आरोपी तामाङलाई प्रहरीको बिशेष टोलीले दमकको एक होटलबाट पक्राउ गरेको हो । उनलाई तीन सातापछि पक्राउ गर्न प्रहरी सफल भएको हो ।
    घटनालाई प्रहरीले गम्भीरतापुर्वक लिदै अभियुक्तलाई पक्राउ गर्न विभिन्न ठाँउबाट २१ जनाको प्रहरी खटिएको पाँचथरका डिएसपी नरेन्द्र कुवँरले जानकारी दिए । उक्त घटनामा संलग्न फाल्गुनन्द २ का भगिरथ बास्तोला भोलिपल्ट नै समातिएका थिए भने मुख्य योजनाकार तामाङ फरार हुदा प्रहरीलाई निक्कै सकस भएको थियो । पक्राउ परेका बास्तोलाले यसअघि नै आफूले समातेको र पदमले घाँटी रेटेको वयान दिइसकेका छन् ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology