संन्यास लिनु अघी देशका लागी केहि गरेरै छोड्छु: मेसी


हाम्रो दमक
  • प्रकाशित मिति : आइतवार, जेष्ठ १९, २०७६


  • एजेन्सी | अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीका कप्तान लिओनेल मेसीले कोपा अमेरिकाको उपाधि जित्नु आफ्नो मुख्य लक्ष्य रहेको बताएका छन् ।

    बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्दै आएका मेसीले राष्ट्रिय टोलीको लागि केहि उपाधि नजिती संन्यास नलिने पनि प्रष्ट पारे । उनले संन्यास कहिले लिने भन्नेप्रश्नमा यस्तो जवाफ दिए । ‘जब मैले खेलमा रम्न छाड्छु, त्यो दिन मैले संन्यास घोषणा गर्नेछु । हाल म प्रशिक्षण र खेल दुवैमा बाल्यकाल जस्तै रमाउन सकिरहेको छु,’ उनले भने ।

    ‘ म अर्जेन्टिनालाई केहि जिताएर मात्र संन्यास लिन चाहन्छु । हरेक पटक मेरो प्रयास राष्ट्रिय टोलीलाई केहि जिताउने हुनेछ । म अर्जेन्टिनी टोलीको सामान्य सदस्य हुँ । मैले अहिलेको प्रशिक्षकलाई पनि यसबारे प्रष्ट पारेको छु,’ मेसीले थपे ।

    अर्जेन्टिनाले कोपा अमेरिकाअन्तर्गत समुह चरणको खेलमा कोलोम्बिया, कतार र पाराग्वेको सामना गर्दैछ । लगातार फाइनलमा पराजित हुँदै आएको अर्जेन्टिना यसपटक उपाधि जित्ने लक्ष्यसहित उत्रिएको छ ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology