एक्सेलको दुइदिने प्रशिक्षण कार्यक्रम समापन

  • प्रकाशित मिति : आइतवार, जेष्ठ १९, २०७६



  • विर्तामोड । जेठ १९,  एक्सेल डेभलपमेन्ट बैंक लि. ले दुइदिने प्रशिक्षण कार्यक्रमको समापन गरेको छ । बैंकले पछिल्लो समय कर्मचारीको बृत्ती विकासका लागी लगातार साप्ताहिक रुपमा प्रशिक्षण कार्यक्रमको आयोजना गरिरहेको छ ।

    त्यसैको निरन्तरता स्वरुप जेठ १७ गते देखी विर्तामोडमा सुरु प्रशिक्षण हिजो सम्पन्न भएको हो । प्रशिक्षण विषेश गरी कर्जा प्रवाह, वित्तिय चुनौती र समाधानका साथै पछिल्लो समय राष्ट्र बैंकद्धारा जारी विभिन्न निति तथा सर्कुलरका विषयमा केन्द्रित रहेको थियो ।

    कार्यक्रमको सहजिकरण बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार पोखरेल, केन्द्रिय कर्जा विभाग प्रमुख चन्द्रप्रसाद आचार्य, शाखा कर्जा व्यवस्थापन विभाग प्रमुख शिवकुमार गिरी, वित्त प्रमुख महेशमान प्रधान र आन्तरिक लेखा परीक्षण विभाग प्रमुख केशव अधिकारीले गर्नुभएको थियो ।

    प्रशिक्षणमा ३३ शाखाका ८० भन्दा बढी कर्जा फाँटमा कार्यरत कर्मचारीहरुको सहभागीता रहेको थियो । समापनको अवसरमा सहभागिहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology