डाक्टर भट्टराईको पुस्तक लोकार्पण

  • प्रकाशित मिति : शनिबार, जेष्ठ १८, २०७६



  • दमक ,१८ जेठ । साहित्यकार डाक्टर अञ्जना वस्ती भट्टराईको पुस्तक ‘जीवनका घुम्ती र देउरालीहरुको’ आज यहाँ लोकार्पण गरिएको छ ।
    साहित्य एकेडेमी पुरस्कारले सम्मानित भारत दार्जिलिङका स्रष्टाद्वय डाक्टर वीणा हङ्गखिम र मणिका मुखियाले संयुक्त रुपमा डाक्टर अञ्जनाले लेखेकी पुस्तकको लोकार्पण गरेका हुन् ।


    त्रिभुवन विश्वविद्यालय अंग्रेजी शिक्षाकी प्राध्यापक समेत रहेकी डाक्टर अञ्जनाले नेपाली साहित्यमा लेखेकी पहिलो पुस्तक आज दमक १ स्थित आप्mनै घरमा बिभिन्न साहित्यकारहरुको उपस्थितिमा लोकार्पण गरेकी हुन् ।
    पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै साहित्यकार डाक्टर तुलसी भट्टराईले कुनै समयमा नेपाली साहित्यमा लाग्ने भनेको नेपाली विषयकका शिक्षकले मात्रै हो भन्ने मान्यता रहेपनि हाल त्यो मान्यता परिवर्तन भएको बताए । अंग्रेजी साहित्यका बिद्यार्थीहरुले पनि नेपाली भाषामा राम्रो सृजना गर्न सक्ने बताउँदै अंग्रेजी साहित्यमा रहेकी डाक्टर अञ्जनाको लेखनबाट नेपाली साहित्यले पृथक खालका सृजना पाउने विश्वास व्यक्त गरे ।
    प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईले सञ्चालन गरेको सो कार्यक्रममा पुस्तकको समिक्षा गर्दै डाक्टर अच्युत कट्टेलले सरल भाषामा लेखिएको पुस्तकमा कमजोरी देखाउन सक्ने ठाउँनै नभएको उल्लेख गरे । कार्यक्रममा साहित्यकारहरु विवस बलिभद्र कोईराला, मल्लिका खतिवडा, बिना अधिकारी लगायतले आ–आप्mनो रचना वाचन गरेका थिए ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology