नेताहरुनै मिल्नु पर्ने कांग्रेस कार्यकर्ताको जोड


हाम्रो दमक
  • प्रकाशित मिति : शनिबार, जेष्ठ १८, २०७६


  • दमक जेठ १८ । पार्टीलाई एक बनाएर लैजान केन्द्रका नेताहरुनै मिल्नु पर्ने कांग्रेस कार्यकर्ताहरुले जोड दिएका छन् ।  जनजागरण कार्यक्रम अन्तर्गत आज दमकमा भएको कार्यक्रमका सहभागिहरुले नेतृत्वलेनै गुट निर्माण गरेर कार्यकर्ताहरुलाई बिभाजन गरेको आरोप लगाए ।

    दमकमा भएको कांग्रेस जनजागरणमा सहभागिहरु

    कांग्रेस एक भएमा जुनसुकै निर्वाचनमा पनि जित्न सकिने अवस्था हुँदाहुँदै आफै भित्रको बेमेलले अरुले फाईदा उठाएको कांग्रेस कार्यकर्ताहरुको धारणा थियो ।
    कार्यक्रममा देवी दाहाल, घनेन्द्रराज योङया, मन्दरा पौडेल, विश्वदिप लिङदेन, रामचन्द्र अधिकारी, लता चपागाईं लगायतका स्थानिय नेताहरुले  आफैभित्रका गुटबन्दिले गर्दा कांग्रेस पराजित हुनुपरेको धारणा  राखेका थिए ।
    दमक नगर सभापति रोशन विष्टको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी केन्द्रिय प्रतिनिधि दिपक बाँस्कोटा, संघिय संसद सदस्य महेन्द्रा कुमारी लिम्बु, पार्टी झापा जिल्ला उपसभापति राम कट्टेलले जागरण अभियानबाट कांग्रेसले नयाँ जीवन पाउने जोड दिएका थिए । कार्यकर्ताको भावना बुझनको लागिनै यो कार्यक्रमको आयोजना गरिएको बताउँदै उनीहरुले कार्यकर्ताले दिएको सुझाव बमोजिम पार्टीको आगामी रणनीति र योजना बन्ने औल्याए ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology