‘सहमतिलाई अतिरञ्जित रुपमा प्रचार गरियो’


हाम्रो दमक
  • प्रकाशित मिति : शनिबार, जेष्ठ १८, २०७६


  • मोरङ,१८ जेठ । नेकपा अध्यक्ष पुष्पकमल दाहालले तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकताको बेला भएका सहमतिलाई आफूले स्मरणमात्र गरेको कुरालाई अतिरञ्जित रुपमा प्रचार गरिएको बताएका छन् । यसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राम्रोसँग बुझेको दाहालले बताए ।

    मोरङको विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै दाहालले आफुले अन्तर्वातामा पार्टी एकताको बेला भएका कुरालाई स्मरण मात्र गरेको ठूलो प्रचार गर्नुपर्ने, होहल्ला गर्नुपर्ने नयाँ विषय नबोलेको स्पष्ट पारे ।

    पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले एक टेलिभिजनलाई दिएको अन्तर्वातामा ओली र आफूबीच आलोपालो प्रधानमन्त्री हुने लिखित सहमति भएको र सो सहमति पालना हुने विश्वास व्यक्त गरेका थिए । अबको १५ महिनापछि ओलीले सत्ता सुम्पिने दाहालको विश्वास थियो ।

    भारतको विदेशमन्त्री एस जयशंकर बनेपछि दुई देशको सम्बन्धमा पर्न सक्ने प्रभावबारे पनि पत्रकारहरुले राखेको जिज्ञासामा दाहालले विदेशमन्त्री जो बने पनि नेपाल÷भारत सम्बन्धमा असर नपर्ने विश्वास व्यक्त गरे ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology