ढिलो आयो कडा आयो ! ‘गलबन्दी’ युट्युबको ट्रेन्डिङ १ मा पुग्‍न सफल

हाम्रो दमक

लोकप्रिय गायक तथा सर्जक प्रकाश सपुत र गायिका शान्ति श्री परियारको गीत ‘गलबन्दी’ युट्युबको ट्रेन्डिङ १ मा पुग्‍न सफल भएको छ। गत जेठ ११ गते सपुतको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको म्युजिक भिडियो एक सातामै ४७ लाख १६ हजार बढी दर्शकले हेरिसकेका छन् भने यो क्रम बढ्दो रहेको छ ।

केही दिन अघि नै ट्रेन्डिङ १ मा पुग्ने आँकलन गरिए पनि नागा चैत्यना, मदहवन र निद्धी अग्रवालको हिन्दी चलचित्र साभाक्षीले कब्जा जमाइरह्यो। तर शनिबार बिहानैबाट चलचित्रलाई पछि पार्दै ट्रेन्डिङ १ मा पुगेको हो।

बियोगान्त ‘बोलमाया’ गीतबाट सर्वाधिक चर्चा कमाएका सपुत त्यसकै प्रिसिक्वेलको रुपमा ‘गलबन्दी’ तयार गरेको बताउँछन्। यस गीत र म्युजिक भिडियोबाट गाउँको पुरानो रोदी घरको मौलिक परम्परालाई सम्झाउन प्रयत्न गरेको छ।

दोहोरी ब्याटल जस्तो दोहोरीकै शैलीमा नयाँ प्रयोग गरेर चर्चा र विवाद दुवै झेलेका प्रकाशलाई लोक दोहोरीको क्षेत्रमा ‘ट्रेन्ड चेन्जर’को रुपमासमेत लिन थालिएको सर्वत्र बताउन थालिएको छ । सपुतको स्वर, शब्द तथा संगीत रहेको गीतमा शान्ति श्री परियारले आवाजमा साथ दिएकी छन्। प्रकाश आफैले निर्देशन गरेको भिडियोमा चर्चित मोडेल अञ्जली अधिकारीको अभिनयले सर्वत्र चर्चा बटुलेको छ।

यता उक्त गीतका केहि अंशहरु टिकटकमा पनि उतिकै रुचाईएका छन्, अर्थात भाइरल भएका छन् । पछिल्लो समय लोक संगीतमा दर्विलो उपस्थिति देखाई सकेकी आवाजकी धनि गायिका शान्ति श्री परियार देश विदेशमा हुने कार्यक्रममा ब्यस्थ रहेकी छिन् कार्यक्रमकै दौडानमा हाल हुने युकेमा रहेकी छिन् भने झापाली समाज इजरायलले आयोजना गर्न लागेको आउदो तिज कार्यक्रम सफल बनाउन इजरायल जाने भएकी छिन् ।

शनि, जेष्ठ १८, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

मनोरञ्जन बाट अन्य

नेपाल आइडल ३ को प्रोमो सार्बजनिक, तयारी भिडियो पठाउन आग्रह

बिर्तामोड । नेपाल आइडल सिजन–३ को प्रोमो सार्वजनिक भएको छ । सिजन–१ र सिजन–२ सम्पन्न गरेको आयोजकले सिजन–३ को प्रोमो सार्वजनिक गरेको हो । प्रोमो सार्वजनिक गर्दै नेपाल आइडल आयोजकले गित संगीत प्रेमीलाई तयार बस्न आग्रह...

बुधबारेकी निशुले ल्याईन नयाँ गीत

बुधबारे । झापा बुद्धशान्ति–३ निवासी गायिका निशु ढकालले बजारमा नयाँ गीत लिएर आएकी छिन् । ‘वर्ष दिन भयो परदेश गाको’ बोलको गीत सार्वजनिक गरेकी छिन् । परदेशमा रहेको श्रीमानलाई घर फर्किन आग्रह गर्दै श्रीमतीले...

बलिउडकी चर्चित गायिका नेहा कक्कर भोलि पहिलो पटक सांगीतिक प्रस्तुतिका लागी नेपाल आउदै

काठमाडौं । बलिउडकी चर्चित गायिका नेहा कक्करले जेठ २५ गते पहिलो पटक काठमाडौंमा आफ्नो प्रस्तुति दिँदै छिन् । सांगीतिक प्रस्तुतिका लागि पहिलो पटक उनी काठमाडौं आउँदै छिन् । जेठ २५ गते शनिबार आयोजना हुने ‘नेहा...

गायक वीरेन्द्र श्रेष्ठको पिरिमको बाढीमा दिलिप र केकीको गज्जब रोमान्स

बिर्तामोड । वीरेन्द्र श्रेष्ठ र अन्जु पन्तको स्वरमा सजिएको गीत पिरिमको बाढीको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । ईन्जिनियरको क्षेत्रमा करिब २ दशकदेखि आफ्नो विशेष पहिचान बनाईसकेका वरिष्ठ ईन्जिनियर श्रेष्ठले आफ्नो गायन यात्राकै सबैभन्दा...

क्रिष्टिनालाई मिस एसईईको उपाधि

विर्तामोड,२० जेठ । इकोम मिस एसईई प्रदेश १ २०१९ को उपाधि झापा,मेचीनगरकी क्रिष्टिना ताम्रकारले जितेकी छिन् । देश बिकास हुन नसक्नुको कारक दक्षता अथवा आर्थिक अवस्था के हो भन्ने प्रश्नमा आफ्नो सर्टिक भनाई राख्दै...

ओलीको गीत ए माया… भाइरल, ४८ घण्टा नबित्तै युटुब #TRENDING मा

इजरायल | नव गीतकार दिपक प्रसाद ओलीको रचनामा बजारमा भर्खरै बजारमा आएको गीत ए माया…. युटुब #TRENDING मा पर्न सफल भएको छ । मे २६ मा युटुब मार्फत रिलिज गरिएको गीतले यो समाचार तयार गर्दा सम्म झन्डै...

पाँचजना इकोम मिस एसर्ईईको सेमिफाइनलिष्टमा

विर्तामोड,१४ जेठ । इकोम मिस एसर्ईई प्रदेश १ को पाँचजना सेमिफाइनलिष्ट छनोट भएका छन् । ड्म्सि वल्र्ड इन्टरटेण्मेटको आयोजनामा भएको प्रतियोगितामा बिभिन्न सब कन्टेष्ट जित्दै उनीहरु सेमिफाइनलका लागि छनौट भएका हुन् । प्रतियोगिनम्बर १ अनुमा...

मिस्टर एण्ड मिस पुर्वको पहिलो अडिसन सम्पन्न

झापा | अनुसन्धान मिडिया प्रा लि ले आयोजना गर्न लागेको मिस्टर एण्ड मिस पुर्वको पहिलो चरणको अडिसन शनिबार इटहरीको होटल रोजम्यारीमा सम्पन्न भएको छ। उल्लेखिय मात्रामा सहभागिता जनाएका प्रतियोगीहरु मध्ये ९ जना सो अडिसन...

ओली गीत सङ्गीतमा लाग्दै ! उनको पहिलो रचनामा बन्यो यस्तो गीत- भिडियो सहित

इजरायल | बैदेशिक राेजगारिका लागी १२ बर्ष पहिले इजरायल प्रवेश गरेका झापाली दिपक प्रसाद ओलीको रचना र हिमाल सागरको स्वरमा रहेको ए माया बाेलकाे बजारमा आएको छ । युटुव मार्फत सार्वजनिक गरिएकाे उक्त गीतको म्युजिक...

सिंखडाको ‘खै कसले माया गरेर हो की’ बोलको नयाँ गीत बजारमा

दमक ५ जेठ–झापाली गायक निशान सिंखडाको नयाँ गीत सार्वजानिक भएको छ् । यस अघि डेराबासीबाट निकै चर्चामा आएका गायक सिंखडाको नयाँ गीतको म्युजिक भिडियो जिएम नेपाल मार्फत युट्युवमा सार्वजनिक गरिएको छ । सिंखडाले ‘खै कसले...