फाल्गुनन्द शाकोसको विर्तामोडमा सेवा केन्द्र


हाम्रो दमक
  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ १७, २०७६


  • दमक,१७ जेठ । झापाको दमक ६ स्थित लिङदेन मार्गमा रहेको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाले जिल्लाको विर्तामोडमा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।  विर्तामोड ५ मा आज एक कार्यक्रम गरि संस्थाले आफनो पहिलो सेवा केन्द्र सञ्चालनमा ल्याएको हो ।

    सेवा केन्द्रको विर्तामोड ५ का वडाअध्यक्ष राजेन्द्र लिङ्देनले उद्घाटन गरे । सेवा केन्द्र उद्घाटनका क्रममा वडाध्यक्ष लिङ्देनले बचत तथा ऋणको कारोवारसंगै समाजका अन्य क्षेत्रमा पनि सहकारीको सक्रिय भूमिकाको खाँचो औल्याएका थिए ।
    विर्तामोड क्षेत्रका शेयर सदस्यहरुको सुविधाका लागि संस्थाले सेवा केन्द्र विस्तार गरेको अध्यक्ष पदम लिङदेन ( संकल्प ) ले जानकारी दिए ।
    २०६८ सालमा स्थापित उक्त संस्थामा शेयर सदस्यको संख्या १ हजारको हाराहारीमा पुगेको छ भने शेयर पूंजी २ करोड बढी पुगेको व्यवस्थापक कुवेर तुम्बापोले जानकारी दिए ।
    सेवा केन्द्र शुभारम्भ कार्यक्रममा संस्थाका सञ्चालक , विभिन्न उपसमितिका प्रतिनिधिहरु,कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology