सरकारको बजेट कामचलाउ मात्र भएको कांग्रेसको टिप्पणी

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ १७, २०७६



  • प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारद्वारा आर्थिक वर्ष २०७६÷७७ का लागि तर्जुमा गरिएको बजेट कामचलाउ प्रकृतिको भएको टिप्पणी गरको छ ।

    बजेटका बारेमा धारणा सार्वजनिक गर्न शुक्रबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दे काग्रेसले नविन कार्यक्रम, दुरगामी लक्ष्य र जोखिम मोल्न सक्ने क्षमताको अभाव भएको कामचलाउ प्रकृतिको बजेट सरकारले ल्याएको टिप्पणी गरेको हो ।

    वर्तमान सरकारको प्रथम बजेटले छाडेको अलमल, अलपत्र योजना र करिव सबै पुरानै अधुरा सपनाहरुको भारी दोस्रो वर्षको बजेटलाई बोकाइएको कांग्रेसको ठहर छ । त्यस्तै काग्रेसले समृद्धिका लागि आवश्यक सन्तुलनलाई गति दिने गरी विषय प्रवेश वर्तमान सरकारको दोस्रो बजेटमा पनि हुन नसको समेत जनाएको छ ।

    विकास खर्चका लागि ३ खर्व विदेशी ऋणको प्रतिक्षा तथा २ खर्व स्वदेशी ऋणको जोहो गर्नुपर्ने स्थिति अत्यन्तै जोखिमपूर्ण रहेको काग्रेस प्रवक्ता बिश्वप्रकाश शर्माले बताउनुभयो । उहाले सैद्धान्तिक अन्र्तविरोधको प्रभावमा परेको स्थितिमा बजेट निर्मित भएको धारणा समेत राख्नुभयो ।

    पत्रकार सम्मेलनमा कांग्रेसका नेता एवं काग्रेस छाया सरकारका अर्थमन्त्री डाक्टर मिनेन्द्र रिजालले बजेट वितरणमुखी भएको बताउनुभयो । विप्रेषणले नेपालको गरिबीको दर घट्न घट्न सहयोग गरिरहेको भन्दै डाक्टर रिजालले त्यही विप्रेषणले सृजना गरेको उपभोगमाथि ३७ प्रतिशत राजस्व लगाएर चालू खर्च गर्ने मनासय सरकारले राखेको आरोप लगाउनुभयो ।

    कांग्रेसले समग्र बजेटको आकार बढ्दा त्यो बढेको अनुपातमा प्रदेश र स्थानीय तहलाई रकम बढाउने संघीयता संवेदनशील मनोविज्ञान बजेटमा नदेखिएको पनि जनाएको छ । बजेटले संघीयतालाई सार्थक बनाउन अघिल्लो वर्षको कमजोरी पहिचान गरेर अघि बढ्ने संकेत नदिएको पनि कांग्रेसको ठहर छ ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology