मेलामा ८ सय ९९ लाई रोजगारी

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ १७, २०७६



  • उदयपुरको गाईघाटमा शुक्रबार भएको बृति परामर्श तथा रोजागार मेलाबाट करिब एक हजार जना बेरोजगारहरुले रोजगारी प्राप्त गरेका छन ।

    रोजगार मेलामा ८ सय ९९ जना बेरोजगार सूचना फारम भरेर ठाउको ठाउँ रोजागर पाएका हुन् । नेपाल सरकारको “समृद्ध नेपाल सुखी नेपाली”को नारालाई सार्थक बनाउन मेलाको आयोजना गरिएको आयोजक त्रियुगा नगरपालिकाले जनाएको छ ।

    मेलामा १ हजार ३ सय युवाहरुले बृत्ति परामर्श सेवा लिएका छन् भने ९ सयजनाले तत्काल रोजगारीको आव्हान गरेका छन् । त्यस्तै १ हजार २ सय युवाहरुले विभिन्न पेशाका तालिम लिने इच्छा व्यक्त गरेका छन् ।

    नीजि क्षेत्र तथा प्रधानमन्त्री रोजगार कार्यक्रमसमेतलाई समेटेर उनीहरुलाई रोजगार प्रदान गर्ने कार्यमा नगरपालिका अगाडि बढ्ने त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले बताउनुभयो ।

    रोजगार मेलामा सीपमुलक तालिम दिने संस्थाहरुको प्रदर्शनी र तालिमबारे जानकारी, रोजगार सम्बन्धी सूचना दिइनुका साथै रोजगारदातासंग प्रत्यक्ष सम्पर्क, स्थानीय उत्पादनको प्रदर्शनी, स्वास्थ्य परिक्षण लगायत भएको थियो ।

    मेलाको १ नं. प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले उद्घाटन गर्नुभएको थियो ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology