एक्सेल बैंकको दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन


हाम्रो दमक
  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ १७, २०७६


  • विर्तामोड । एक्सेल डेभलपमेन्ट बैंक लि. ले आज विर्तामोडमा एक समारोह बिच दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गरेको छ । प्रशिक्षणको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार पोखरेलले गर्नु भएको हो । प्रशिक्षण प्रमुख कार्यकारी अधिकृत पोखरेलका साथै सम्बन्धित विभाग प्रमुखहरुले दिनु हुनेछ ।

    बैंकले पछिल्लो समय कर्मचारीको बृत्ती विकासका लागी लगातार साप्ताहिक रुपमा प्रशिक्षण कार्यक्रमको आयोजना गरिरहेको छ । यसअघि पनि बैंकले जेष्ठ ३ र ४ (शुक्रबार, शनिबार) दुई दिने यस्तै प्रशिक्षणको आयोजना गरेको थियो । त्यसपछि बैकले जेष्ठ १० र ११ (शुक्रबार, शनिबार) पनि यस्तै तालिमको आयोजना गरेको थियो जसमा विभिन्न ३१ शाखाका अपरेसन फाँटमा कार्यरत सय बढी कर्मचारीको सहभागीता रहेको थियो ।

    यस अघिको प्रशिक्षण अपरेसनसँग सम्बन्धित रहे पनि अबको प्रशिक्षण विषेश गरी कर्जा प्रवाह, वित्तिय चुनौती र समाधानका साथै पछिल्लो समय राष्ट्र बैंकद्धारा जारी विभिन्न निति तथा सर्कुलरका विषयमा केन्द्रित रहने बताइएको छ । प्रशिक्षणमा ८० भन्दा बढी कर्जा फाँटमा कार्यरत कर्मचारीहरुको सहभागीता रहेको छ । भोली पनि जारी रहने प्रशिक्षणमा स्वागत कम्पनी सचिव श्याम बहादुर बोहोराले गर्नु भएको थियो भने कार्यक्रमको संञ्चालन कर्जा विभाग प्रमुख शिव कुमार गीरीले गरीरहनु भएको छ ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology