महायज्ञमा २८ लाख बढि आम्दानी

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ १७, २०७६



  • बुधबारे । झापाको मेचीनगर –१२ सहरेडाँगीमा रहेको माधव संस्कृत विद्याश्रम एवम् माधवेश्वर शिव पाञ्चायन मन्दिरमा गत चैत्र २ देखि १० चैतसम्म भएको श्रीमद् आनन्द रामायण धन धान्याञ्चल नवाह ज्ञान महायज्ञको आय व्यय सार्वजानिक गरिएको छ ।

    बिद्याश्रमका अध्यक्ष डिल्लीराम भण्डारीको अध्यक्षतामा आयोेजित आयव्यय सार्वजनिक कार्यक्रममा महायज्ञको प्रतिवेदन सचिब मधु निरौलाले प्रस्तुत गरेका थिए भने आयव्ययको प्रतिवेदन लेखा सदस्य टीकाराम रिजालले गरेका थिए ।

    महायज्ञमा २८ लाख ७१ हजार ६ सय २४ रुपैँया जम्मा आम्दानी भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै ९ लाख ९२ हजार १ सय ९८ खर्च भएको लेखा समितिका सदस्य टीकाप्रसाद रिजालले बताएका छन् । जसमध्ये उठ्न बाँकी रकम १ लाख २० हजार ९ सय २३ रहेको छ भने बैँकमा बचत रकम १७ लाख ५८ हजार ५ सय ३ रहेको जनाइएकोे छ ।

    समितिका कोषाध्यक्ष तिलक गिरिले सानो क्षेत्रफलमा फैलिएको विद्याश्रमले अनेक लक्ष्य लिए पनि आर्थिक अभावका कारण पूरा गर्न नसकिरहेको अवस्थामा विद्याश्रमको निर्माणाधीन भवन पूरा गर्ने, पाकशाला घर र गौशाला निर्माण गर्ने तथा विद्याश्रमको घेराबारा गर्ने आदि लक्ष्य राखेर लगाइएको पुराणमा जहाँबाट जसरी सहयोग पुर्याउने सबैप्रति आँफू कृतज्ञ भएको र पुराण्मा सहयोग पुर्याउने सबैलाई धन्यवाद दिएका थिए ।

    महायज्ञमा आचार्य छन्दुराम भण्डारी प्रमुख वाचक तथा सोही विद्याश्रमका प्राध्यापक युवा पण्डीत पुण्यप्रसाद रिजाल उपवाचक रहेका थिए । हाल बिध्याश्रममा ताप्लेजुङ, पाँचथर, इलाम, झापा, भारतको सिक्कीम र आसाम लगायतका गरी ५५ जना विद्यार्थी अध्ययनरत् छन् ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology