गाजाको कारोवारी राई पक्राउ


हाम्रो दमक
  • प्रकाशित मिति : बुधबार, जेष्ठ १५, २०७६


  • दमक,१५ जेठ । झापा र इलामको सिमा क्षेत्रमा आज एकजना व्यक्ति १ केजी ३ सय ३५ ग्राम गाँजा सहित पक्राउ परेका छन् । इलामको माङ्सेबुङ्ग गाउँपालिका वडा नं. ६ झेपाले बस्ने ६३ बर्षीय प्रतबहादुर राईलाई शसस्त्र प्रहरी निरीक्षक साइमान श्रेष्ठ सहितको टोलीले पक्राउ गरेको हो ।

    प्रहरीले राईको साथबाट गाँजासहित नगद रु १२ हजार १ सय ६०, १ थान कैंची, क्यालकुलेटर समेत फेला परेको शसस्त्र प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।
    दमक र चुलाचुलीको सिमा क्षेत्र उत्तम चौकमा पक्राउ परेका राईलाई शसस्त्रले त्यहाँस्थित अस्थायी प्रहरी पोष्ट बाघखोरमा बुझाएको छ । पक्राउ परेका राई विरुद्ध कारवाहीका लागि आवश्यक अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले जानकारी दिए ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology