बुवाको बारे भिडियो वा फोटो स्टोरी बनाए ‘आप्पा’ ले ५० हजार उपहार दिने

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ १४, २०७६



  • माउन्टेन स्टोरिज र सिनेमा आर्टको ब्यानरमा निर्मित नेपाली कथानक चलचित्र ‘आप्पा’ यही असार १३ गते देश भर एक साथ प्रदर्शन आउने भएको छ । बाबु छोराको सम्बन्ध को बारे मा बनेको फिल्मले एक बाबु ले आफ्नो सन्तान को खुशी को लागि गरेको त्याग, तपस्या, बलिदान र मेहनत को बारे मा बोल्ने छ । असार १३ गतेदेखि नेपालभर प्रर्दशनमा आउन लागेको फिल्म ‘आप्पा’ले प्रचारप्रसारको नयाँ योजना तयार गरेको छ। अभिनेता दयाहाङ राईले भिडियो मार्फत आप्पा स्टोरी च्यालेन्जको बारेमा जानकारी दिएका हुन।

    यस च्यालेन्जमा दुई तरिकाले सहभागी हुन सकिनेछ। फोटो स्टोरी च्यालेन्जमा भाग लिन चाहनेले आफ्नो बुवासँगको फोटो वा बुवाको मात्र फोटोमा राखेर क्यापसनमा उनको बारेमा केही लेख्नुपर्नेछ। उक्त पोस्टलाई आप्पा नेपाली फिल्मको फेसबुक वा इन्स्टाग्रामको अफिसियल पेजमा ट्याग गर्नुपर्नेछ। अन्तिममा उक्त पोस्ट आफ्नो ३ जना साथीलाई ट्याग गरेर च्यालेन्जको लागि आग्रह पनि गर्नुपर्नेछ।

    त्यस्तै भिडियो स्टोरी मार्फत सहभागिता जनाउन चाहनेले पनि फोटो च्यालेन्जमा जस्तै आफ्नो बुवासँगको भिडियो अपलोड गरेर उनलाई भन्न मन लागेको कुरा भिडियोमा भन्नुपर्नेछ। फोटोमा जस्तै ३ जना साथी र आप्पा फिल्मको फेसबुक र इन्स्टाग्राममा भिडियो ट्याग गरेर आप्पा स्टोरी च्यालेन्जको बारेमा बताउनुपर्नेछ।

    च्यालेन्जमा सहभागी मध्ये प्रेरणादायी कथा भएको भिडियो र फोटोलाई विजेता घोषणा गरिने बताइएको छ । फोटो स्टोरीको विजेताले २५ हजार नगद र आप्पा फिल्म प्रिमियरको २ ओटा टिकट प्राप्त गर्नेछन्। यस्तै भिडियो स्टोरी तर्फको उत्कृष्ट एक जनाले ५० हजार नगद र आप्पा फिल्म प्रिमियरको दुईवटा टिकट प्राप्त गर्नेछन्।

    च्यालेन्जमा सहभागी हुन इच्छुकहरुले असार ६ गते भित्र सहभागिता जनाइसक्नु पर्नेछ।फिल्ममा दयाहाङले आप्पाको भूमिका निर्वाह गरेका छन्। सिद्दार्थराज तामाङले दयाहाङको छोराको भूमिका निर्वाह गरेका छन्।अनमोल गुरुङ को लेखन निर्देशन रहेको फिल्म लाई रुदेन सदा लेप्चा ले निर्माण गरेका छन । फिल्ममा अनमोल गुरुङको संगीत, निमेष श्रेष्ठको सम्पादन, शैलेन्द्र डि कार्कीको छायाँकन र योजना प्रधानको कोरियोग्राफी रहेको छ।सिनेमामा तुलसी घिमिरे, अरुणा कार्की, अल्लोना कबो लेप्चा, सम्राट विश्वास र रिंकीको अभिनय छ। चलचित्र ‘आप्पा’ यही असार १३ गते देश भर एक साथ प्रदर्शन आउने भएको छ ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology