खेलकुद बिकासका लागी कानुन बनाउने : मन्त्री कार्की

रतियोगितामा सुर्योदय अंगे्रजी बोडिङ स्कुल प्रथम ,हिमालय माध्यमिक बिद्यालय द्धितीय र पृथ्बी माध्यमिक बिद्यालय तृतीय भएका थिए ।

हाम्रो दमक

दमक,१४ जेठ । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले खेलकुदको समग्र बिकासका लागी प्रदेश सरकार कानुन बनाउने प्रक्रियामा रहेको बताएका छन् । दमकमा सञ्चालित दमक नगर रनिङ शिल्ड खेलकुद प्रतियोगिताको समापन कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दे मन्त्री कार्कीले राष्ट्रलाई चिनाउने माध्यम खेलकुद पनि भएकाले खेलकुद क्षेत्रको समग्र बिकासका लागी कानुन निर्माण गर्नका काम भईरहेको वताए ।

खेलकुदको विकास गर्न प्रदेश सरकार पनि चिन्तित रहेको बताउदै उनले खेलकुदका कतिपय कानुन निर्माण गरेर समग्र खेलकुदलाई विकास गर्न प्रदेश सरकार प्रयत्नशील रहेको उल्लेख गरे ।
दमक नगरले आयोजना गरेको रनिङ शिल्ड प्रतियोगिताको प्रशंसा गर्दे उनले भने , –‘प्रदेश सरकार खेलकुदको बिकासमा योजनाबद्ध रुपले अघि बढ्ने छ ।’ खेलकुदको माध्यमबाट पनि देशलाई विकास गर्न सघाँउ पुग्ने उनको भनाई थियो ।
दमक नगर खेलकुद बिकास समितिको आयोजना तथा दमक नगरपालिकाको सहयोगमा सञ्चालित उक्त प्रतियोगितामा सुर्योदय अंगे्रजी बोडिङ स्कुल प्रथम ,हिमालय माध्यमिक बिद्यालय द्धितीय र पृथ्बी माध्यमिक बिद्यालय तृतीय भएका थिए ।
प्रतियोगितामा विजेता प्रथम हुने विद्यालयले रु २१ हजार,दोश्रोले रु १६ हजार र तेश्राले रु ११ हजार नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक दमक खेलकुद विकास समितिका अध्यक्ष केन्द्र प्रसाईले बताए । प्रतियोगितामा दमक नगर क्षेत्रका निजी तथा सामुदायिक बिद्यालयका कक्षा १ देखि कक्षा १२ सम्मका बिद्यार्थीहरुको सहभागिता रहेको थियो । बिद्यार्थीहरुलाई पढाई संगै खेलकुद क्षेत्रमा पनि बिकास गराउने उद्देश्यले सञ्चालित प्रतियोगितामा एथलेटिक्स, कबड्डी, मार्सल आर्ट, बुद्धिचाल, भलिबल, टेबलटेनिस, दौड लगायतका खेलहरु भएका थिए ।

मङ्ल, जेष्ठ १४, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

फिचर समाचार बाट अन्य

दिदीकै योजनामा बहिनीमाथि बलात्कार

केरावारी,५ असार । मोरङको केराबारी गाउँपालिकास्थित गुराँस होटलमा ६ दिन अघि एक युवतीमाथि भएको बलात्कार घटनाको नयाँ रहस्य खुलेको छ । होटलको १०५ नम्बर कोठामा गत जेठ ३१ गते रातभर राखेर पथरीशनिश्चरे घर भएकी...

विश्वभर १८ हजार नेपाली शरणार्थी

दमक,५ असार । विभिन्न मुलुकमा शरण लिएर बसेका नेपालीको संख्या १८ हजार ६ पुगेको छ । संयुक्त राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्च आयोग (यूएनएचसीआर) को कार्यालयले नेपाली शरणार्थीको तथ्यांक पहिलोपटक सार्वजनिक गरेको हो । ती शरण...

कोपा अमेरिकाको दावेदार मानिएको अर्जेन्टिना समूह चरणको अन्तिममा

एजेन्सी | कोपा अमेरिका २०१९ को समूह ‘बी’ अन्तर्गत अर्जेन्टिना र पाराग्वेको खेल १-१ को बराबरीमा सकिएको छ । पहिलो हाफमा १-० ले पछाडी परेको अर्जेन्टिनाले दोस्रो हाफमा भीएआरको सहायतामा प्राप्त पेनाल्टीमा गोल फर्काएको...

प्रदेश १ स्तरीय मुख्य मन्त्रि कप टि-२० क्रिकेटको सेमिफाइनलमा झापा

सुनसरी । सुनसरीको इनरुवामा जारी प्रदेश १ स्तरीय मुख्य मन्त्रि कप टि-२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ। बुधवार सम्पन्न खेलबाट झापा र सुनसरी सेमिफाइनलमा प्रवेश गरेसंगै प्रतियोगिताको शिर्ष-४ मा पर्ने टोलीको टुंगो लागेको...

कांग्रेसद्धारा १८३ नेतामाथि अनुशासनको कारवाही

    काठमाडौं ,३ असार । नेपाली कांग्रेसले स्थानीय तह, प्रदेशसभा र संघीय संसदका वागी उम्मेदवार ता उनीहरुका प्रस्तावक र समर्थकलाई कारबाही गरेको छ । साथै पार्टीमा गएर उमेदवार बनेकाहरुको नाम पनि पार्टीको अभिलेखबाट हटाउने अनुशासन...

दमकमा सवैभन्दा बढी आत्महत्याका घटना

दमक,२ असार । झापाको दमकमा सवैभन्दा बढी आत्महत्याका घटना भएको पाईएको छ । गएको चार महिनामा जिल्लामा भएका आत्महत्याका घटना विवरण अनुसार दमकमा आत्महत्याको संख्या बढी भएको पाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लाको...

प्रदेश एकको ४२ अर्व २० करोड वजेट सार्वजनिक

विराटनगर,१ असार । प्रदेश एक सरकारले आगामी आर्थिक वर्षका लागि ४२ अर्व २० करोड ४ लाख १२ हजारको बजेट विनियोजन गरेको छ । प्रदेश एक सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्गवोले...

‘दउवासंघ’को नेतृत्वमा आंकाक्षीहरुको चर्चा

दमक,१ असार । दुई महिना पछि दमकमा हुन लागेका व्यवसायीहरुको नेतृत्वदारी संस्था दमक उद्योग वाणिज्य संघको निर्वाचन नजिकिदै गएपछि व्यवसायीहरु माँझ चर्चा हुन थालेको छ ।नेतृत्वका लागि दलीय आकांक्षीहरुको नाम बाहिर आउन थालेको छ...

आदिवासी रंगशाला पूर्ववत निर्णयमा फर्किएको घोषणा

दमक,३२ जेठ । झापाको कमल ५ स्थित आदिवासी रंगशाला स्मृति प्रतिष्ठानले सरकार पक्षसंग भएको सहमति कार्यान्वयन नभएको भन्दै आदिवासी रंगशालाको विकल्प त्तत्काल वन्द भएको जनाएको छ । प्रतिष्ठानले बैठकको निर्णय सार्वजनिक गर्दे विगत केही...

दमकमा प्रथम नगर ब्याडमिन्टन प्रतियोगिता

दमक , ३२ जेठ । प्रथम दमक नगर ब्याडमिन्टन प्रतियोगिताको खुल्ला तर्फको उपाधि दमक ६को बद्री शाहको टिमले हात पारेको छ । बन्द्री र कमल शाहको टिमले वडानम्वर १को डिल्ली श्रेष्ठ र सरोज राईको टिमलाई...