पाँचजना इकोम मिस एसर्ईईको सेमिफाइनलिष्टमा

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ १४, २०७६



  • विर्तामोड,१४ जेठ । इकोम मिस एसर्ईई प्रदेश १ को पाँचजना सेमिफाइनलिष्ट छनोट भएका छन् । ड्म्सि वल्र्ड इन्टरटेण्मेटको आयोजनामा भएको प्रतियोगितामा बिभिन्न सब कन्टेष्ट जित्दै उनीहरु सेमिफाइनलका लागि छनौट भएका हुन् ।

    प्रतियोगिनम्बर १ अनुमा राईले “व्युटी एण्ड परपस”प्रतियोगि नम्बर ३३ प्रिसा खरेलले “मिस इन्टेलेक्च्यर”, प्रतियोगि नम्बर २५ रेनु श्रेष्ठले “टप मोडल कन्टेष्ट”, प्रतियोगि नम्बर ९ दिपिका भट्टराईले “हेड टु हेड च्यालेन्स” र प्रतियोगि नम्बर २२ सजिता तामाङ्गले “मिस ट्यालेण्ट” जित्दै सेमिफाइनलमा आफ्नो स्थान बनाएका हुन् । यि ५ वटै सव कन्टेष्टका लागि भिन्दाभिन्दै प्रतियोगिता फरक फरक निर्णायकको रोहोबरमा गरिएको थियो । प्रतियोगितामा “मिस एथलेटिक” प्रतियोगि नम्बर ८ सबिना राउत बनेकी छिन् । मिस एथलेटिकले भने सेमिफाइनलमा स्थान नपाउने आयोजकले जनाएको छ ।
    प्रतियोगितामा प्रदेश १ का ३४ जना एसईई दिएका किशोरीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको अन्य सेमिफाइनलिष्टको छनौटका लागि आगामी सनिबार होटल फ्लोरिडामा प्रिजजमेण्ट हुने छ भने मिस मल्टि मिडिया जित्दै सेमिफाइनलमा पुग्न पनि सकिने आयोजक कम्पनीका प्रबन्ध निर्देशक प्रणित पुडासैनीले जानकारी दिए । प्रतियोगिताको ग्राण्ड फिनाले आगामी जेष्ठ २० गते बिर्तामोडको चारपाने स्थित फोर सिजन पार्टी प्यालेसमा हुने छ । प्रतियोगिताको मुख्य निर्णयकको रुपमा मिस नेपाल अर्थ २०१८ प्रिया सिग्देल झापा आउने पुडासैनीले जानकारी दिए ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology