दुई दिने एडभान्स प्लम्बर तालिम बिर्तामोडमा सम्पन्न

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ ९, २०७६



  • बिर्तामोड । झापाका प्लम्बरलाई थप दक्ष र सक्षम बनाउन एडभान्स प्लम्बर तालिम दिइएको छ । पञ्चकन्या ग्रुप अन्र्तगत पञ्चकन्या प्लास्टिक डिभिजनको आयोजनामा भएको एडभान्स तालिममा प्लम्बरको कार्यविधि, बाथरुम, किचनलगायत स्थानमा उत्पन्न विभिन्न कठिनाईहरुको उचित समाधानका उपायहरु सिकाईएको सेल्स मेनेजर विकासकुमार कर्णले जानकारी दिएका छन् ।

    कर्णका अनुसार तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई पीके जैन र हरिसचन्द्र सैनीले सहजीकरण गरेका थिए । यसअघि पूर्वाञ्चलका विभिन्न जिल्ला र स्थानहरुमा गरी १६ वटा तालिम दिइसकिएको पनि सेल्स मेनेजर कर्णले जानकारी दिए ।

    झापामा रहेका प्लबरहरु धेरैजसो तालिम बिना नै कार्यरत रहेको बताउँदै बिर्तामोड डिपो इन्चार्ज मोहन थापाले उनीहरुलाई सीपमूलक ज्ञान दिई रोजगारी गर्न व्यवस्थित बनाउन सफल हुने बताए । बिर्तामोड डिपो इन्चार्ज थापाका अनुसार तालिममा सहभागी ८१ जना प्लम्बरहरुबाट तालिमपछि लिएको परीक्षाबाट उत्कृष्ठ ३ जनालाई पुरस्कृत गरिएको छ ।

    पुरस्कृत हुनेमा दिपेश धिमाल प्रथम, भिमबहादुर खड्का द्वितीय र बिनोदकुमार राई तृतिय भएका छन् । प्रथम हुने धिमालले पीपीआर फिटिङ मेसिनसहित मायाको चिनो, द्वितीय हुने खड्कालाई पीपीआर हिटिङ मेसीन र तृतिय हुने राईलाई कटर मेसीन सहित प्रमाणपत्र प्रदान गरिएको छ ।

     

    तालिममा सहभागीलाई सेल्स मेनेजर विकासकुमार कर्ण, बिर्तामोड डिपो इन्चार्ज मोहन थापा, सहजकर्ता पीके जैन र हरिसचन्द्र सैनीले सर्टिफिकेट प्रदान गरेका छन् । यसैबिच बिर्तामोड स्थित सिटि प्यालेसको सभाहलमा आयोजित तालिममा सहभागि प्रशिक्षार्थीले धेरै कुरा सिकेको बताउदै तालिम फलदायि भएको बताएका छन् ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology