विप्लव माओवादीद्धारा झापा बन्द फिर्ता

हाम्रो दमक

बिर्तामोड,९ जेठ । नेपाल कम्युनिस्ट पार्टीले भोलि शुक्रवारका लागि आह्वान गरेको झापा बन्द फिर्ता लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली झापा नआउने भएसंगै विप्लव माओवादीले बन्द फिर्ता लिएको हो । पार्टीमाथि लगाईएको प्रतिबन्ध, गिरफ्तारी र धरपकडका बिरुद्ध नेकपा झापाले जिल्ला बन्दको घोषणा गरेको थियो । सरकारले नेकपा माथि प्रतिबन्ध लगाएपछि सो पार्टीले पनि प्रधानमन्त्री ओली जाने कार्यक्रमलाई प्रतिबन्ध लगाउने जनाएको थियो ।

नेकपा झापाका सेक्रेटरी सुमनसिंहले बिज्ञप्ति जारी गरी पार्टीको केन्द्रीय निर्णय अनुसार नै झापा बन्दको आह्वान गरिएपनि प्रधानमन्त्री ओली नआउनेभएपछि बन्दको कार्यक्रम फिर्ता लिएको जानकारी दिए । नेकपाका जिल्ला कमिटी सदस्यहरुलाई शपथ ग्रहण गराउनका लागि झापा आउन लागेका प्रधानमन्त्री विप्लवको बन्दपछि कार्यब्यस्तता देखाउदै नआउने भएको सुमनसिंहले जानकारी दिए ।

नेकपामाथि गत फागुन २८ गते सरकारले प्रतिबन्ध लगाएपछि सो पार्टीका महासचिव विप्लवले पनि प्रधानमन्त्री ओली जाने सबै कार्यक्रममाथि प्रतिबन्ध लगाउने घोषणासहित कार्यकर्तालाई निर्देशन दिएका थिए ।

साथै झापा सेक्रेटरी सुमनले भोजपुरका जिल्ला स्तरीय नेता तीर्थराज घिमिरेलेको प्रहरीले हत्या गरेको भन्दै भत्सना समेत गरेका छन् ।
यसैबीच प्रधानमन्त्री झापा नआउने भएसंगै शुक्रबारको शपथ ग्रहण कार्यक्रममा उपप्रधानमन्त्री इश्वर पोख्रेल आउने भएका छन् ।

बिहि, जेष्ठ ९, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

राजनीति बाट अन्य

टिफरको ठक्करवाट बालकको मृत्यु

गौरादह,२ असार । टिफरको ठक्करवाट झापाको गौरादहमा सोमबार एक जना बालकको ज्यान गएको छ ।  यसरी ज्यान जानेमा सुनसरीको तरहरा घर हाल गौरादह ७ स्थित आफन्तका घरमा बस्दैआएका १० बर्षिय ओमराज गिरी रहेको इलाका...

डिएसपीको कुर्सीमा बस्ने भारतीय नागरिक जेल चलान

विर्तामोड ,२ असार । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख (डीएसपी) को कुर्सीमा बसेर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्ने म्यानपावर व्यवसायी पुर्पक्षका लागि जेल चलान भएका छन् । भारतको बैङ्ग्लोर घर भई हाल झापाको बिर्तामोडमा...

‘देशमा स्वस्थ्य राजनीतिको खडेरी छ   ’

दमक,१ असार । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीले एक,दुई दशक भित्र देशमा नौलो किसिमको परिवर्तन हुनसक्ने वताएका छन् । समय अनुसार देशमा नसोचिएको परिवर्तन हुदैआएको वताउदै उनले अव छिटटै नौलो परिवर्तन आउने...

जात्रीमा दमकमा सार्वजनिक विदाँ

दमक,१ असार । दमक नगरपालिकाले धिमाल जातिको महान पर्व सिरिजात ( जात्री पर्व )को अवसरमा भोलि एक दिनका लागि विदाँ दिएको छ । नगरपालिकाका कार्यवहाक प्रमुख बोधराज न्यौपानेले आज सूचना निकालेर भोलि सोमबार नगर क्षेत्र...

स्वर्णलक्ष्मी शाकोसद्धारा अग्नीपीडित दुई सदस्यलाई राहत

दमक,१ असार । आगोलागी पीडित आफना दुई जना शेयर सदस्य परिवारलाई दमक ८ को स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले नगद राहत प्रदान गरेको छ ।  दमक ५ स्थित आगलागी पीडित अमित किराना पसलका...

करदाताका लागि राजस्व कार्यालयमै वैक

दमक,१ असार । करदाताहरुको राजस्व लगायतका सुविधाका लागि झापाको दमकस्थित आन्तरिक राजस्व कार्यालयमा प्रभु बैकले एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । कार्यालयमा आज एक कार्यक्रम गरि काउण्टर सञ्चालनमा ल्याइएको बैकका प्रदेश नम्बर १ का...

इष्टुको प्रदेश समिति चयन

दमक,३२ जेठ । संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुको छाता संगठन संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) ले प्रदेश नं. १ प्रदेश कार्यसमिति चयन गरेको छ ।  शिक्षकहरुको पेशागत हकहितमा आवाज उठाउदै आएको इस्टुले यादव अधिकारीको अध्यक्षतामा...

विश्लेषक गिरी दमक आउदै

दमक,३२ जेठ । यूथ नेटवर्कको नियमित श्रृङखलामा सहभागि हुन भोलि नेपाली कांग्रेसका नेता तथा बिश्लेषक प्रदिप गिरी दमक आउदै छन् । स्थानीय गोरखा डिपार्टमेन्टल स्टोरमा भोलि आइतबार दिनको २ः३० वजेदेखि तीन घण्टा लामो सातौ...

दमकमा प्रथम नगर ब्याडमिन्टन प्रतियोगिता

दमक , ३२ जेठ । प्रथम दमक नगर ब्याडमिन्टन प्रतियोगिताको खुल्ला तर्फको उपाधि दमक ६को बद्री शाहको टिमले हात पारेको छ । बन्द्री र कमल शाहको टिमले वडानम्वर १को डिल्ली श्रेष्ठ र सरोज राईको टिमलाई...

गुठीसम्बन्धी विधयेक पास हुन दिदैनौ: देउवा

काठमान्डाैं | नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले गुठीसम्बन्धी विधयेक पास हुन नदिने बताउनुभएको छ । आज हेटौँडामा आयोजित नेपाल सांस्कृतिक सङ्घको जिल्ला सभापति एवं विधागत सङ्घका सभापतिको राष्ट्रिय प्रशिक्षण भेलामा पूर्वप्रधानमन्त्री देउवाले देशमा सांस्कृतिक...