पाँचथर हत्याकाण्डमा ज्यान गुमाएका ९ जनाको अन्त्येष्टि गरिँदै


हाम्रो दमक
  • प्रकाशित मिति : बिहिबार, जेष्ठ ९, २०७६


  • बिर्तामोड । मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा सोमबार राति भएको विभत्स हत्याकाण्डमा ज्यान गुमाएका ९ जनाको अन्त्येष्टि अहिले केहिबेरमा गरिँदै छ ।हत्या गरिएका ९ जना र घटनास्थल नजिकै झुण्डिएर आत्महत्या गरेका भनिएका मानबहादुर माखिमको शव धरानमा पोष्टमार्टमपछि केही समयअघि घटनास्थल आरुबोटेमा ल्याइ पुर्‍याइएको छ ।

    विभत्स हत्या गरिएका ९ जनाको आज दिउँसो अन्त्येष्टि गर्ने तयारी भइरहेको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमर माखिमले बताउनुभयो । हत्या गरिएका दुई परिवारमध्ये बमबहादुर फियाकको परिवारका ४ जनाको आरुबोटेमै अन्त्येष्टि गरिने बताइएको छ ।

    विभत्स हत्याकाण्डमा ७५ वर्षीय बमबहादुर फियाकसँगै उनकी श्रीमती पुर्सिमायाँ फियाक, छोरीहरु २६ वर्षीया मनकुमारी फियाक र १२ वर्षीया श्रेया फियाकको ज्यान गएको थियो ।हत्या गरिएका बमबहादुरका ज्वाँई धनराज शेर्माका परिवारको भने मिक्लाजुङ–२ मा रहेको सराङडाँडाको बतासे भन्ने ठाँउमा अन्त्येष्टि गरिने बताइएको छ ।

    शेर्मा परिवारमा ४१ वर्षीय धनराज शेर्मासहित उनकी ३६ वर्षीया श्रीमती जस्मिता फियाक, छोरीहरु ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा र ८ वर्षीया मुना शेर्माको विभत्स हत्या गरिएको थियो ।

    घटनामा संलग्न हुनसक्ने भनेर प्रहरीको शंकाको घेरामा रहेको बमबहादुरको कान्छा ज्वाईँ मानबहादुर माखिमको पनि मंगलबार दिउँसो घटनास्थल देखि करिब डेढ घण्टा पर झुण्डिएको अवस्थामा शव फेला परेको थियो ।

    उनको शव पनि पोष्टमार्टम गरेर आरुबोटे ल्याइएको छ । तर उनको शव भने परिवारलाई दिइएको छैन । घटनाको बारेमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआइबी० को टोलिले अनुसन्धान गरिरहेको छ ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology