अर्जुनधारा धाममा निःशुल्क रात्रीकालीन भोजन खान पाईने

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ ९, २०७६



  • बिर्तामोड। पूर्वको पशुपति नाथले परिचत अर्जुनधारा जलेश्वरधामले तीर्थयात्री र दीनदुःखीहरुका लागि रात्रीकालीन निःशुल्क भोजन सुरु गरेको छ । धामद्वारा स्थापित अन्नदान अक्षयकोषबाट जलेश्वरधामले रात्रीकालीन भोजन सुरु गरेको धाम समितिका कोषाध्यक्ष मोहन जोशीले बताए ।

    उनले अर्जुनधारा नगरपालिका भित्रका असहाय र गरीबले समेत निःशुल्क सो भोजन ग्रहण गर्न पाउने व्यवस्था गरेको बताए । ‘हाम्रो उद्देश्य भनेको नगरका कोही पनि भोकै नसुतुन् भन्ने हो’, कोषाध्यक्ष जोशीले भने, ‘सँगै मन्दिरमा आउने भक्तजन र अतिथिका लागि समेत भोजनको व्यवस्था गरेका छौं ।’

    हालसम्म दाताहरुको सहयोगबाट अक्षयकोषको रकम रु। ३५ लाख बढी भइसकेको उहाँले जानकारी दिनुभयो । भविष्यमा रु १ करोडको अक्षयकोष बनाउने धामको लक्ष्य रहेको छ ।
    अर्जुनधारा धाम तीर्थयात्रीहरुको पछिल्लो समय ट्रान्जिट पोइन्ट जस्तै भएको बताउँदै धाम समितिका सदस्य शेखर प्रधानले भने, ‘ताप्लेजुङको पाथीभरा र भारतको कामाक्षादेवीलगायतका धामहरु जाने यात्रु यही आएर बास बस्नुहुन्छ । उहाँहरुको लागि भोजन र आवास दुवैको व्यवस्था छ ।’

    ‘कोही भोकै नसुतुन्’ भन्ने नाराका साथ यही जेठ ५ गतेदेखि सुरु गरिएको भोजन दैनिक साँझ ७ः३० बजेदेखि ९ बजेसम्म खुवाइने सदस्य प्रधानले जानकारी दिए । उनका अनुसार धाम परिसरमै अतिथि गृहको समेत निर्माण भइरहेको छ ।
    रासस

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology