बुद्धशान्ति गाउँपालिकामा साहसिक खेल जीप फ्लाईङको संम्भावना पनि देखियो

  • प्रकाशित मिति : बुधबार, जेष्ठ ८, २०७६



  • बुद्धशान्ति । जीप फ्लाइङ एउटा साहसिक खेल हो । विशेष गरी यो खेल खेल्न विदेशी नागरिक मनपराउँछन् । नेपालमा पनि केही ठाउँमा जीप फ्लाईङ सञ्चालनमा छन् ।

    झापाको बुद्धशान्तिमा पनि जीप फ्लाईङको संम्भावना देखिएको छ । वडा नम्बर ७ र वडा नम्वर ६ लाई जोड्ने गरी जीप फ्लाईङ सञ्चालन गर्न सकिने संम्भावना देखिएको हो । वडा नम्वर ७ को जरेबरबाट वडा नम्वर ६ सम्मको दूरीमा यो खेल सञ्चालन गर्न सकिने इन्जिनियर अर्जुन घिमिरेले बताएका छन् ।

    टिमाई खोलाको वारीपारि गरेर यो खेल सञ्चालन गर्न सकिने सम्भावना छ । ‘यस क्षेत्रमा जीप फ्लाईङको संम्भावना छ, यसलाई अध्ययन गरेर यकिन गर्न सकिन्छ।’– इन्जिनियर घिमिरेले भने । नेपालमा जीप फ्लाईङका लागि भारत, अमेरीका लगायत यूरोपियन मुलुकका पर्यटकहरु बढी आउने तथ्याङ्कले देखाएको छ । यस क्षेत्र भारतको सिमाना नजिक भएकाले भारतीय पर्यटक अत्यधिक आउन सक्ने छन् ।

    जीप फ्लाईङ गर्नेमा आन्तरिक पर्यटकहरु पनि अत्यधिक हुने तथ्याङ्कमा देखाइएको छ । जीप फ्लाईङ सञ्चालन गर्न विजुलीको पनि आवश्यकता पर्दैन । जसले सञ्चालन लागत कम हुन्छ । डोरीको सहायताले यो खेल बसेर अथवा सुतेर खेल्न सकिन्छ ।

    यो खेल गुरुत्व आर्कषण बलको सहायताले खेलिने हुँदा अन्य बाहिरी इन्धनको प्रयोग गर्नुपर्दैन । खेल्ने व्यक्तिले हेन ब्रेकको सहायताले उडान नियन्त्रण गर्नुपर्ने हुन्छ । साहसिक खेलका रुपमा मात्र होइन यसलाई सामान ओसार प्रसार गर्न पनि प्रयोग गरिन्छ ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology