कमलमा प्रधानमन्त्री रोजगार कार्यक्रमकालागि एक हजार बढीको आवेदन

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ ७, २०७६



  • प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत झापाको कमल गाउँपालीकामा एक हजार २ सय भन्दा बढीको आवेदन परेको छ ।

    प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन चाहाने व्यक्तिले २०७६ साल बैशाख मसान्त सम्ममा आबेदन दिनुपर्ने थियो जस अन्तर्गत कमल गाउँपालिका का ७ वटा वडा मध्ये सबै भन्दा धेरै वडा नम्वर २ बाट तिनसय र सबै भन्दा कम वडा नम्बर ५ बाट ७४ जना गरी जम्मा एक हजार २ सय ७० जानको निवेदन दर्ता भएको कमल गाउँपालिकाले जनाएको छ ।

    पहिलो चरणमा छनौट भएका कामदार लाई सडक निर्माण, स्वस्थ्य शिक्षा, कृषि तथा सिचाई, कुलो पैनि, फलफुल बगैचा, वन तथा जलाधार जस्ता क्षेत्र काम गर्नु पर्ने छ ।

    कमल गाउँपालिकामा आएको २२ लाख रुपैया मध्ये ७० प्रतिशत रकम अनिवार्य रुपमा श्रमिकको ज्याल वापत खर्चगर्नु पर्ने हुन्छ । सबै वडाले आफुले छानेका ५ लाख सम्मका योजनामा अवको दिनमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत दर्ता भएका जनशक्ति मार्फत काम सम्पन्न गर्नु पर्ने हुन्छ ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology