बिकास बजेट हचुवाका भरमा खर्च नगरौ– नेता सिंह

  • प्रकाशित मिति : सोमवार, जेष्ठ ६, २०७६



  • नेपाली काग्रेसका नेता प्रकाशमान सिंहले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि बिनियोजन हुने बजेटको विरोध गर्नुको कुनै अर्थ नरहेको बताउनुभएको छ ।

    सोमबार काठमाडौको घट्टेकुलोमा निर्माण हुन लागेको बीर गणेशमान सिंह जेष्ठ नागरिक भवनको शिलन्यास पछि नेता सिंहले सांसदलाई आउने बिकास बजेट हचुवाका भरमा खर्च नहुने भन्दै यसको विरोध गर्नुको कुनै अर्थ नै नभएको बताउनुभयो ।

    उहाले बिकास बजेट कार्यक्रम र प्रक्रियाका आधारमा मात्र खर्च हुने बताउनुभयो । जनताबाट चूनिएका जनप्रतिनिधिले जनताको चाहनाअनुसारको विकास गर्नका लागी बिकास बजेट महत्वपूर्ण हुने उहाकोे भनाई छ ।

    कार्यक्रममा काठमाडौ महानगरका मेयर विद्यासुन्दर शाक्यले आफुले महानगरको एक पैसापनि आफ्नो व्यक्तिगत खातामा नरहेको दाबी गर्नुभयो । उहाले आफुमाथि भ्रम फैलाउन विरोधीहरुले हल्ला फैलाएको स्पष्ट पार्नुभयो ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology