माओबादको बैचारिक त्रुटी र आलोचनात्मक दृष्ट्रिकोण

  • प्रकाशित मिति : आइतवार, जेष्ठ ५, २०७६



  • २६ December १९८३ मा हुनान प्रान्तमा जन्मिएका माओ सन् १९११ को क्रान्ति पश्चात छ महिना सैनिकमा कार्यरत भए । जहाँ उनले सैनिक दर्शनबारे यथेस्ट ज्ञान प्राप्त गरे । पछि १९१८ मा एक बिश्वबिद्यालयबाट स्नातक परीक्षा पास गरे । र पछि १९२२ । १९२३ मा एक प्राथमिक शिक्षालयको प्रिन्सीपलको रुपमा कार्य गरे।


    १९२० , १९२१ मा chen tu shinको पहलमा एक साम्यबादी सम्मेलनको आयोजना हुदै दलको निर्माण भयो। त्यस पश्चात १९२७ को क्रान्तिमा उनी सक्रियताका साथ लागे। यसै बिच chu tehसंग मिलेर red army को स्थापना गरे । तात्कालिन चिनको परिस्थिति अत्यन्त भयाभय थियो । जाङकायीसँगको आन्तरिक मतभेदका साथै जापानले पटकपटक चिनलाई हमला गरिरहेका थिए । यसैवीच माओले कोमिन्ताङको पहाडमा हजारौ लाल सेनाका साथ तीन हजार माइलको यात्रा गरे । तत पश्चात उनी चिनिया साम्यबादी दलको प्रमुख नेता बने ।

    माओ माक्र्सबादको नविन प्रयोगकर्ता थिए । उनले माक्र्सवादका सबै दृष्ट्रिकोणलाई नयाँ उचाईमा लगे यद्दपी उनका रणनीति र विश्लेषण प्राचीन चिनिया संस्कृति इतिहास अन्तरगत नै थियो । एकपटक माओले भनेका थिए –‘रुसको इतिहासले रुसी ब्यवस्थालाई जन्मदियो , चिनको व्यवस्थालाई चिनको इतिहासले जन्म दिने छ । चिनिया साम्यबादी पहिले चिन अनी मात्र साम्यबाद हो ।’

    माओ एक अध्ययनशील ब्यक्ती थिए । चिनमा आदिमकाल देखी चलिआएको सस्कृति, बिचार पद्धती, ब्यवहारबारे उनमा राम्रो दखल थियो।अत उनको साम्यबादीधारा चिनिया सस्कृतिको माक्र्सबादी बिस्लेषण थियो।
    चिनमा इशा पूर्व चौथो शताब्दीमा shang yang नामक विचारक र

    कन्फ्युसियस विच बैचारीक द्वन्द्ध थियो। shang yangको दर्शनमा राज्यको निरङकुशता, राज्य ब्यवस्थामा एकरूपता, शिक्षाको केन्द्रिकरण, साहित्यमा नियन्त्रण आदिपक्ष थिए । जसलाई माओले साम्यबादी विचारमा कलात्मक ढङगले ब्याख्या गरेका थिए । आजपनि जनवादी गणतन्त्रको चिनको सैद्धातिक ढाँचा त्यहि नै छ ।

    हाम्रो संस्कृति, इतिहास चिनभन्दा धनी छ । यद्यपी पूर्वीय दर्शन र इतिहासको बिश्लेषण भन्दा कोर माक्र्सबादी पुस्तक कै धेरै विश्लेषण भयो । पूर्विय इतिहासमा श्रीकृष्ण देखी बुद्ध, महाविर चाणाक्य सम्मका ब्यक्तिका महान विचारका सयौ दार्शनिक चिन्तन रहेका छन् । जसको गहन बिश्लेषण गरे क्रान्ति, सङघर्षको आधार तय गर्न सकिन्थियो । ओशो रजनिशले कृस्णको त्यो पुर्ण स्वरुपलाई व्याख्या गरेका छन्, जसले शान्ति र क्रान्तिलाई सँग सँगै आत्मसात गर्न अदभुत क्षमता थियो ।

    चिनिया इतिहासमा चिन हुनु पूर्व middle kingdom को नामबाट प्रसिद्व थियो जहा हजारौ नगर राज्यहरू निरङकुश शासकको अधीनमा थिए । त्यस बेलाhundred school of philosophy नामक विचार चिनमा प्रचलित थियो। उक्त दर्शनले मानब र समाज तथा ब्रम्हाणको व्याख्या गरेको थियो। माओको ‘सयौ फुल, सयौ बिचार सम्प्रदाय’ सिद्धान्त त्यही विचारको माक्र्सवादी ब्याख्या थियो।

    माओको प्रमुख राजनैतिक सिद्धान्त नया लोकतन्त्र new democracy जर्मन या रुसी साम्यबादबाट लिएको थिएन् ।उनको यो सिद्धान्त प्राचीन wang mang -9 23 Ad साम्राज्यको विचार नयाँ राजबंश new dynstyबाट लिएका थिए। नया राजवंश विचारधार अन्तरगत सम्पूर्ण भूमिका राज्यको अधिकार रहने,कृषकलाई कम कर लगाउने, कृषकलाई सहुलियतमा ऋण दिने, उत्पादनका पक्षमा राज्यको एकाधिकार रहने जस्ता प्रमुख सिद्धान्त थिए । जसलाई माओले कृषि क्रान्तिमा कलात्मक ढङ्गबाट ब्याख्या गरेका थिए ।

    माओद्वारा प्रतिबादित सैनिक रणनीति बोलशेविकहरूबाट लिएको थिएन । कन्फ्युसियसका समकालिन shun tzu चिनमा सैनिक रणनीतिका प्रतिपादक मानिन्छ । उनका अनुसार ‘युद्ध गरेर विजय प्राप्त गर्नु मात्र पुरूषार्थ हैन, युद्व नगरी शत्रुका सबै सामथ्य नस्ट गर्नुपर्दछ । यदि शत्रु र आफ्नो क्षमताको सहि बिस्लेषण गरे ठुलाभन्दा ठुला युद्वमा पराजयको मुख देख्नु पर्देन।’ माओद्वारा प्रतिपाद्धित red army को मुख्य रणनीति नै यहि थियो ।

    नेपाली परिपेक्षमा bernsten परस्त मदन भण्डारीले कम्युनिष्ट आन्दोलनलाई बिसर्जनबादमा लगे पश्चात बर्ग सङघर्ष युगको आवश्यकता थियो। फलस्वरुप ०५२ सालमा माओबादलाई सैद्धान्तिक आधार मान्दै एउटा बामपन्थी खेमा युद्धमा गयो । दुर्भाग्यवस त्यो खेमाले बर्ग बिश्लेषण त गरयो तर रणनितिक तवरमा बिश्लेषण गर्न चुक्यो। माओबादी धेरै भए माओ कोहि भएनन । हाम्रो संस्कृति, इतिहास चिनभन्दा धनी छ । यद्यपी पूर्वीय दर्शन र इतिहासको बिश्लेषण भन्दा कोर माक्र्सबादी पुस्तक कै धेरै विश्लेषण भयो । पूर्विय इतिहासमा श्रीकृष्ण देखी बुद्ध, महाविर चाणाक्य सम्मका ब्यक्तिका महान विचारका सयौ दार्शनिक चिन्तन रहेका छन् । जसको गहन बिश्लेषण गरे क्रान्ति, सङघर्षको आधार तय गर्न सकिन्थियो । ओशो रजनिशले कृस्णको त्यो पुर्ण स्वरुपलाई व्याख्या गरेका छन्, जसले शान्ति र क्रान्तिलाई सँग सँगै आत्मसात गर्न अदभुत क्षमता थियो ।

    तथापी नेपाली क्रान्तिको बिश्लेणमा यी व्यक्तिको चिन्तनले कहिले स्थान पाएन। जातिय रूपमा गरिएको विश्लेषण पनि गलत थिएन । हामीकहा बर्ण ब्यवस्था कुहिएर चरम असमानता थिए । तथापी यसको हलका निम्ति सङघर्ष र विवेकानन्दको बैदिक समाजबादको समन्वय भएन । फलस्वरुप यसका बिकृतीहरू देखा परे।जातिय प्रतिशोध र मतभेदहरू देखा परे ।

    समग्रमा मदन भण्डारीले द्यचभलकतयल विचारधारालाई नेपाली कम्युनिष्ट आन्दोलनमा प्रयोग गरेसँगै निस्तेज माक्र्सबादी क्रान्तिकारी चिन्तनमा माओबादी विचारधाराले पुर्नजागरण अवश्य गरयो।यद्दपी १९९० मा berlin wall भत्किएर रुसी सत्ता टुटेसँग रक्षात्मक कम्युनिष्ट आन्दोलनलाई साङगठानिक आधार दिनुमा जबजकै मुख्य योगदान रह्यो ।

    तसर्थ आजको आवश्यकता जबजको निभमा रहेको सङगठनमा माओबादले ल्याएको क्रान्तिकारी पूर्नजागरण र संस्कृति, इतिहासको बिश्लेषण सहितको आधुनिक समाजबादी बिचारको प्रतिपादन गर्नु नै बर्तमान कम्युनिष्ट पार्टीको मार्गचित्रण हुनुपर्छ ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology