दुबईमा कोसेली ट्राभल एन्ड टुरिजमको उदघाट्न

हाम्रो दमक

बरदुबई- युएईको दुबईस्थित मुख्य सहर बरदुबईमा नेपाली युवाहरुको अग्रसरतामा स्थापित कोसेली ट्राभल एन्ड टुरिजमको उदघाटन यही मे १७ मा भएको छ ।

उक्त कार्यक्रमको उदघाटन वैदिक विधिबाट पुजाआजा र मंगलमन्त्रोचारणका साथमा स्थानीय अरबी नागरिक ७ बर्सिया बालिकाद्वारा रिबन काटेर गरिएको हो ।

उक्त कार्यक्रममा युएईमा रहेका नेपाली सामाजिक संघसस्थाका वरिष्ठ ब्यक्तित्वहरुका साथसाथै ब्यवसाहिक ब्यक्तित्वहरु र सर्वसाधारण नेपालीहरु लगायत अन्य मुकुकका ब्यतित्वहरुको पनि बाक्लो उपस्थिति देखिएको थियो ।

साथै नेपाल तथा अन्य थुप्रै हवाइ क्षेत्रका (नेपाल एयर लाइन्स, डानटा, फ्लाइदुबई, एयर अरेबिया, लगाएत) थुप्रै अन्तर्राष्ट्रिय उडानका प्रतिनिधिहरुको पनि राम्रो उपस्थितिमा कोसेली ट्राभल एन्ड टुरिजमले आफ्नो सेवा शुभारम्भ गरेको छ ।

नेपालीहरुको भेटघाटको केन्द्रबिन्दु मानिने बरदुबईमा उलेख्य नेपालीका बिचमा उदघाटन गरेको यस ट्राभलले हवाई टिकट, भिजिट भिसा आन्तरिक तथा बाह्य टुरिजम लगायत सेवाहरुमा विशेष छुट सहितको प्रमोसन अफरको ब्यवस्था गरेको छ ।

बरदुबई बसपार्क एरियाको अल रफा पुलिस स्टेसन अगाडिको भवनमा रहेको यस ट्राभलले नेपाल र नेपालीहरुलाई पहिलो प्राथमिकतामा राखेर सेवा सन्चालन गर्दै तुलनात्मक रूपमा अन्य ट्राभलहरुभन्दा सस्तोमा हवाई टिकट, भिजिट भिसा, होटेल बुकिङ, र फस्टाउदै आएको आन्तरिक पर्यटन जस्तै: धौ क्रुज, डेजर्टसफारी,बुर्ज खलिफा दुबई सिटि टुरका अतिरिक्त विदेशीहरुलाई नेपाल भ्रमण प्याकेज र नेपाल भ्रमण वर्ष २०२० को परिप्रेक्ष्यमा युएईमा स्थापित कोसेली ट्राभलले युएईबाट नेपालका लागि आकर्षक भ्रमण प्याकेज सार्वजनिक गर्ने र नेपाल बर्षलाई सफल बनाउन र पर्यटन भित्र्याउन आफ्नो क्षेत्रबाट सक्दो प्रयास गरिने कोशेली ट्राभल एन्ड टुरिजम सन्चालन समितिले जनाएको छ ।

यो पनि हेर्नुहोस

बरदुबईमा खुल्यो नयाँ नेपाली ट्राभल- कोसेली ट्राभल एन्ड टुरिजम

आइत, जेष्ठ ५, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

प्रवास खबर बाट अन्य

अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायलको अध्यक्षमा कादम्बरी दाना श्रेष्ठ

तेलअविव | नेपाली कला, संस्कृति र साहित्यलाई बिश्वभर स्थापित गराउने हेतुले स्थापना भएको संस्था अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाको सातौं वार्षिक उत्सव तथा साधारणसभा गत शुक्रबार इजरायलको तेल अविभमा सम्पन्न भएको छ । निबर्तमान अध्यक्ष...

नमस्ते नेपाल इजरायलको साधारण सभा सम्पन्न, अध्यक्षमा भिमा थापा

इजरायल । मनोंरन्जन, परोपकार, लगानि क्षेत्रको पहिचान, नमस्ते नेपाल हातेमालो सामाजिक सस्थाको अभियान भन्ने मुल नाराको साथ स्थापना भएको सामाजिक संस्था नमस्ते नेपाल हातेमालो सामाजिक सस्था समन्वय समिति इजरायलको पाचौ अधिबेसन तथा साधारण सभा...

नेफिन इजरायलको अध्यक्षमा काउचा

तेलअविव | नेपाल आदिवासी जनजाति महासंघ इजरायलको सातौं बार्षिकोत्सव तथा साधारण सभा गत शुक्रबार १४ जुन २०१९ मा सम्पन्न भएको छ । नेफिन इजरायलको अध्यक्ष नरेश कुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि नेफिन इजरायलको...

इजरायलमा भब्य तीज महोत्सव २०७६ आयोजना हुदै, चर्चित नेपाली ५ कलाकार जाने

इजरायल | नेपाली नारीहरुको महानपर्व हरितालिका तिज २०७६ को अवसरमा इजरायलमा तीज महोत्सव २०७६ कार्यक्रमको आयोजना हुने भएको छ । झापाली समाज इजरायलको मुख्य आयोजना तथा इजरायलमा स्थापित बिभिन्न नेपाली संगठन र समाजहरुको आयोजनामा बृहत...

असोजमा अन्तराष्ट्रिय झापाली समाजको महाधिबेशन

दमक,३१ जेठ । अन्तराष्ट्रिय झापाली समाजको दोश्रो महाधिबेशन आगामी असोज २४ र २५ गते झापामा हुने भएको छ । प्रत्येक दुई वर्षमा हुने समाजको महाधिबेशन जिल्लामा गर्न लागिएको समाजका कार्यवहाक अध्यक्ष छत्र सुब्बाले वताए...

कतारमा हुने विश्वकप २०२२ स्टेडियम बनाउने क्रममा हाल सम्म करिब १४ सय नेपालीको मृत्यु भएको डरलाग्दो खुलासा [भिडियो]

काठमाडौं । आगामी सन् २०२२ मा कतारमा हुने विश्वकप फुटवल प्रतियोगिताका लागि स्टेडियम बनाउने क्रममा ठुलो संख्यामा नेपाली कामदारको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ । जर्मनीको एक टेलिभिजनका अनुसार हालसम्म करिब १४ सय...

फोरम र नयाँ शक्ति एकताको खुशीमा इजरायलमा कार्यक्रम

इजरायल | सङघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालका प्रवास भातृसंगठन बिच भेटघाट हुदै । सङघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपाल बिच पार्टी एकता भएको खुसियालीमा दुई प्रवास भातृसंगठन नेपाली...

उभौली सिली मनाउन शम्भु राई र ब्रबिम लिम्बु इजरायल आउदै

इजरायल | उभौली सिली कार्यक्रम (यले दोङ) ५०७९ कार्यक्रम मनाउन राष्ट्रिय कलाकारहरु शम्भु राई र ब्रबिम लिम्बु इजरायल आउने भएका छन् । विश्वका किरात राईहरु एक हौ,आफ्नु भाषा, लिपि, कला संस्कृति, संरक्षण र सम्बर्धन गरौ...

इजरायलमा २५६३ औ बुद्ध जयन्ती कार्यक्रमको अन्तिम तयारी, Super Monk फ्लिम पनि देखाइने

इजरायल | शान्तीका अग्रदुत नेपालकाे राष्ट्रिय गाैरव तथा एसियाका ज्याेती भगवान गाैतम बुद्धकाे २५६३ औ जन्म जयन्ती इजरायलकाे तेलअभिवमा भव्य रूपमा मनाउने तैयारी अन्तिम चरणमा पुगेकाे छ । इजरायलमा कार्यरत नेपालीहरूकाे सक्रियतामा स्थापित बिभिन्न सामाजिक,...

बरदुबईमा खुल्यो नयाँ नेपाली ट्राभल- कोसेली ट्राभल एन्ड टुरिजम

दुबई | बरदुबई- वैदेशिक रोजगारीको क्रममा युएई आएका चार जना नेपाली मिलेर दुबईमा कोसेली ट्राभल खोल्ने भएका छन् । नेपालीहरुको भेटघाटको केन्द्र मानिने बरदुबईमा आगामी मे १७ शुक्रबारबाट कोसेली ट्राभल संचालनमा आउन लागेको हो...