बुधबारे जेसीजको आयोजनामा दन्त शिविर सम्पन्न


हाम्रो दमक
  • प्रकाशित मिति : शनिबार, जेष्ठ ४, २०७६


  • बुधबारे । बुधबारे जेसीजले शनिबार एक दिने दन्त शिविरको आयोजना गरेको छ । शिविरमा जेष्ठ नागरिक सहित ७० बढीले सेवा लिएका छन् ।

    न्यू अष्ट डेन्टल क्लिनिक विर्तामोडको प्राविधिक सहयोगमा बुद्धशान्ति १ को जेष्ठ नागरिक तथा अपाङ्ग भेटघाट चौतारीको सभा हलमा भएको कार्यक्रममा सो क्षेत्रका जेष्ठ नागरिक सहित विभिन्न व्यक्तिले सेवा लिएका हुन् ।

    बुधबारे जेसीजका अध्यक्ष जेसी हेमन्त बरालको अध्यक्षता तथा जेष्ठ नागरिक वडा मञ्च बुद्धशान्ति एकका अध्यक्ष रामप्रसाद रिजालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जेसी अनिल वाग्लेले स्वागत मन्तव्य सहित कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए । कार्यक्रममा न्यु अष्ट डेन्टल क्लिनिकका संस्थापक सुमन दास, जेष्ठ नागरिक तथा अपाङ्ग भेटघाट चौतारीका अध्यक्ष मोहन तिम्सिना, प्रमुख अतिथि रिजाल लगायतले मन्तव्य राखेका थिए ।

    बुधबारे जेसीजका अध्यक्ष जेसी बरालले जेसीजले जेष्ठ नागरिकका लागि सेवा मुलक कार्य गर्न पाउँदा आफूहरुलाई खुसी लागेको बताए । कार्यक्रममा बुधबारे जेसीजका निर्वतमान अध्यक्ष जेसी प्रकाश भण्डारी, डा. स्मृति साह, डेन्टल टेक्निसियन ओमचरण राजवंशी, बुधबारे जेसीजका कार्यकारिणी उपाध्यक्ष जेसी दीपेन सिटौला, महासचिव मुकेश भट्टराई, होक्से युवा क्लबका अध्यक्ष बालकुमार राई लगायतको आतिथ्यता थियो ।

    होक्से युवा क्लबको सहआयोजनामा भएको कार्यक्रम बुधबारे जेसीजका कार्यकारिणी उपाध्यक्ष अनिल वाग्लेको संयोजकत्वमा भएको थियो भने कार्यक्रमको सञ्चालन जेसी चन्द्र कटवालले गरेका थिए ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology