स्कुलमा हाउस क्याप्टेन निर्वाचन कार्यक्रम सम्पन्न


हाम्रो दमक
  • प्रकाशित मिति : शनिबार, जेष्ठ ४, २०७६


  • बिर्तामोड । बिर्तामोडस्थित मनकामना सेकेन्डरी स्कुलमा हाउस क्याप्टेन निर्वाचन कार्यक्रम सम्पन्न भएको छ । बिद्यार्थीहरुलाई चुनावी ज्ञान दिने उदेश्यले सञ्चालन गरेको उक्त निर्वाचन कार्याक्रममा १८ जना बिद्यार्थीले उमेद्धारी दर्ता गराएका छन् । जस मध्ये ४ जना क्याप्टेन र ४ जना भाइस्क्याप्टेन गरी जम्मा ८ जना उमेद्धार निर्वाचनबाट निर्वाचित हुने स्कुलका प्रिन्सिपल केसव ढुगांनाले जानकारी दिनुभयो ।

    निवाचन कार्यक्रममा पुल ए र पुल बि गरी २ वटा पुल बनाईएको छ । पुल ए अधिकृत बन्दना अधिकारी र पुल बि को अधिकृत किसोर नेपाल लाई चयन गरिएको छ । बैशाक २७ गते उमेद्धारको नाम दर्ता गरी ३० गते उमेद्धारी नामावलि फिर्ताको अन्तिम समय राखिएको थियो । जसबाट ३ जना उमेद्धारले नाम फिर्ता गराई १८ जना उमेद्धार चुनावी मैदानमा रहेको निर्वाचन अधिकृत शिक्षक ओम कडरियाले जानकारी दिनुभयो । यसरी सम्पुर्ण प्रकृया पुरा गरी शुक्रबार निर्वाचन सम्पन्न भएको छ ।

    निर्वाचनमा जम्मा ४ सय ४० जना बिद्यार्थीले मतदान गरेकाछन् । प्रत्येक बर्ष विद्यार्थीहरु आ( आफ्नै सदनको मतदान प्रक्रिया बाट नेतृत्व चयन गरिदै आएको छ।कक्षा ४ देखि १० सम्मका विद्यार्थी बिचमा प्रतिस्पर्धा गराइने गरिएको हो। निर्वाचन प्रक्रिया बाट छनोट गरिएको नेतृत्वले विद्यार्थीहरुमा सकारात्मक नेतृत्व प्रणाली स्थापित हुने बिद्यालयमा रहेको उज्यालो मनकामना बाल क्लबका सल्लाहकार ध्रुव गौतमले बताउनु भयो। शुक्रबार सम्पन्न निर्वाचनबाट यल्लो हाउसको क्याप्टेनमा नबिना खत्री ,भाइस क्याप्टेन अर्पण घिमिरे ,ब्लु हाउसमा रोशन ढुङेल,स्वरुप बि।क ,ग्रीन हाउसमा श्रेया ढुंगाना ,डेनिका पाठक ,रेड हाउसमा ,अर्पण घिमिरे,अर्चना पौडेल र स्कुल क्याप्टेनमा अनुसा नेङ्माङ र भाइस क्याप्टेनमा अस्मिन दङाल निर्वाचित भएका हुन् ।

    बिजयी सबैलाई बिधालयका प्रधानाध्यापक ढुंगानाले दोसल्ला तथा ब्याज बितरण गर्दै पराजित साथीहरु सगं सहयात्रा गर्दै अगि बड्न सुझाव दिनु भएको थियो।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology