हेपिएको मुलाको क्यान्सर समेतबाट बचाउने यी १० गुण

हाम्रो दमक

धेरैले मुलालाई निकै सामान्य तरकारी वा सलादको रुपमा बुझेका हुन्छन् त्यसैले मुला खाने कुरामा खासै ध्यान दिँदैनन्। खासै महत्व नभएको वा बेतुकको मानिसलाई मूला भनेर गाली गर्ने हाम्रो प्रचलनले पनि मूलाप्रतिको हेलत्व दर्शाउँछ।नेपालीमा एउटा उखान नै छ ‘अदुवा खाई सभा बस, मूला खाई बन पस ।’ यसको अर्थ मूला खाएपछि आउने डगारको गन्धले वरपर बसेका मानिसलाई भगाउँछ । मुलाको प्रयोग सहि तरिकारले गर्न सकियो भने वरपर बसेका मान्छेलाई चाहि होइन, शरिरमा रहेका रोगलाई भने पक्कै भगाउछ ।

तर यो उखानमा भने जस्तो मुला खाएमा वन पस्नु भने पदैँन हैं, यो असाध्यै गुणकारी खाद्य बस्तु हो ।त्यसैले आउनु होस आज हामी प्राय नेपालीको भान्सामा नटुट्ने मूलाका बारेमा जानकारी लिऔँ ।

१. क्यान्सरबाट बचावट : क्यान्सर जस्ता असाध्य रोगसँग लड्नु असम्भव मानिन्छ। त्यसैले यस्ता रोगबाट बच्नु नै सबैभन्दा उत्तम उपाय हो। मूलाको नियमित सेवनले क्यान्सरको जोखिम घटाउने विभिन्न अध्ययनहरुले देखाएका छन्। मूलामा भिटामिन सी हुने हुँदा यसले सरीरका लागि चाहिने एन्टी अक्सिडेन्टको पनि पर्याप्त आपूर्ति गर्दछ जसका कारण कोषका डिएनए नष्ट हुनबाट बचाउँछ।

मूला तथा सागपातको सेवनले खासगरी पेट र आन्द्राको क्यान्सरको जोखिम कम गर्ने विशेषज्ञहरुले बताएका छन्।

२. यसले रक्तचाप सन्तुलित बनाउन मद्दत गर्छ। मूलामा पर्याप्त पोटासियम तत्व हुने भएकाले यसले सरीरमा सोडियम पोटासियम लवणको सन्तुलन कायम राख्न मद्दत गर्छ।

३. रगतमा ग्लुकोजको मात्रा नियन्त्रित गरी मधुमेहको जोखिम पनि कम गर्छ।

४. वजन नियन्त्रणका साथै मोटोपना घटाउन समेत सहयोग गर्छ। मूलामा निकै कम क्यालोरी र पर्याप्त फाइबर हुन्छ। १ सय ग्रामको मुलामा १६ क्यालोरी मात्र इनर्जी हुन्छ। त्यसैले मूला अघाउँजी खाँदा पनि बढि क्यालोरी भएर मोटोपना बढ्ने जोखिम हुँदैन।

५. दमका रोगीका लागि समेत मूलाको सेवन हितकर हुन्छ। मूलाको सेवनले स्वासनलीमा हुने एलर्जीको समस्या समेत क मगर्ने बताइन्छ।

६. मूलाको नियमित सेवनले छालामा हुने विभिन्न खाले संक्रमणको जोखिम घटाउनुका साथै अनुहार र छालालाई स्वस्थ राख्न मद्दत गर्छ।

७. मूलामा प्रसस्त फाइबर हुने भएकाले यसले पाचन प्रक्रियालाई नियमति गर्ने तथा कब्जियतको समस्या कम गर्छ।

८. दाँतलाई स्वस्थ र चम्किलो बनाउन पनि मूलाको सेवन उपयोगी हुन्छ।

९. मूलामा प्रसस्त मात्रामा पानी हुने भएकाले यसको सेवनले सरीरमा पानीको आपूर्ति पर्याप्त बनाएर मृगौलाजन्य रोगको जोखिम पनि घटाउँछ।

१०. गिजाबाट रगत आउने समस्या भएकाहरुका लागि मूलाको सेवन निकै फाइदाजनक हुन्छ। मूलाको रस सेवन गर्ने र मूलाकै रसले मुख कुल्ला गर्ने गर्नाले जिवाणुहरु नष्ट गर्न सहयोग गर्छ। जसले मुख गन्हाउने तथा गिजामा संक्रमण भै रगत बग्ने समस्या समेत कम हुन्छ।

बुध, जेष्ठ १, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

शिक्षा/स्वास्थ्य बाट अन्य

कमलको बाँसवारी स्कुलमा जुरेस

कमल ,१० जेठ । झापाको कमल गाँउपालिका वडा नम्बर १ स्थित बाँसवारी माध्यमिक विद्यालयमा रेडक्रस गठन गरिएको छ । नेपाल रेडक्रस सोसाईटी लखनपुर  उपशाखाको अगुवाईमा शुक्रवार जुनियर रेडक्रस सर्कल (जुरेस ) गठन गरिएको उपशाखा...

रतुवामाईको सौठामा अस्पताल निर्माण हुने

९ जेठ–मोरङको रतुवामाई नगरपालिका वडा नम्वर ६ सौठामा विपी नेत्र प्रतिष्ठान नाक, कान, घाटि, आँखा अस्पतालको भवन शिलान्यास गरिएको छ । विपी नेत्र प्रतिष्ठान भक्तपुरले रतुवामाई नगरपालिकाको सौठामा निर्माण गर्ने अस्पताल भवनको आज एक कार्यक्रमका...

दमकको वातावरण संरक्षणकालागि नगरबासीबाट सुझाब संकलन

झापाको दमक नगरपालिकाले वातावरणलाई स्वच्छ राख्ने सम्बन्धी सुझाव संकलन गरेको छ । वातावरण तथा बिपत् व्यवस्थापन समिति दमकले आयोजना गरेको कार्यक्रममा बिभिन्न क्षेत्रका नागरिक तथा सरोकारवालाबाट सुझाव संकलन गरिएको हो । नगरका १० वटै वडाका जनप्रतिनिधी,...

नवदुर्गा युवा क्लबको सहुलियत काड

बिर्तामोड | झापाको बिर्तामोड स्थित नवदुर्गा युवा क्लबले आफ्ना सदस्यहरुलाइ उपचार सहुलियत काड बितरण गरेको छ। मनमोहन सामुदायिक अस्पताल बिर्तामोडको सहकार्यमा सो काड बितरण गरेको हो। सहुलियत कार्ड प्राप्त गरेका सदस्यले १० देखि २० प्रतिशत...

बुधबारे जेसीजको आयोजनामा दन्त शिविर सम्पन्न

बुधबारे । बुधबारे जेसीजले शनिबार एक दिने दन्त शिविरको आयोजना गरेको छ । शिविरमा जेष्ठ नागरिक सहित ७० बढीले सेवा लिएका छन् । न्यू अष्ट डेन्टल क्लिनिक विर्तामोडको प्राविधिक सहयोगमा बुद्धशान्ति १ को जेष्ठ नागरिक...

स्कुलमा हाउस क्याप्टेन निर्वाचन कार्यक्रम सम्पन्न

बिर्तामोड । बिर्तामोडस्थित मनकामना सेकेन्डरी स्कुलमा हाउस क्याप्टेन निर्वाचन कार्यक्रम सम्पन्न भएको छ । बिद्यार्थीहरुलाई चुनावी ज्ञान दिने उदेश्यले सञ्चालन गरेको उक्त निर्वाचन कार्याक्रममा १८ जना बिद्यार्थीले उमेद्धारी दर्ता गराएका छन् । जस मध्ये...

दमक सरकारी अस्पतालमा पहिलो प्रसुती

दमक,३१ बैशाख । एकसाता अघि प्रसुती सेवा दिन सुरु गरेको झापा,दमकको सरकारी अस्पताल दमक अस्पतालमा आज पहिलो पटक एक महिलाको प्रसुती गराएको छ । कमल ७ निवासी निर्मला घिमिरेले आज दमक अस्पतालमा सामान्य अवस्थमा...

स्कुलले क्याप्टेन तथा भाइस क्याप्टेन निर्वाचन प्रक्रियाबाट छनौट गरेपछि..

दमक । झापाको दमक ८मा रहेको झापा मोड्ल सेकेन्डरी स्कुलले क्याप्टेन तथा भाइस क्याप्टेन निर्बाचन प्रक्रिया बाट छनौट गरेको छ । १ महिला १ पुरुष क्याप्टेन र १ महिला १ पुरुष भाइस क्याप्टेनको लागी १४...

दमकमा स्वस्थ्य शिविर

दमक | झापाको दमक १० नम्बर वडाकार्यलयले आयोजना आज सम्पन्न निःशुल्क स्वास्थ्य शिबिरमा ४ सय ६२ जनले स्वस्थ्य जाँच गराएका छन । वडाकार्यलको बार्षिक कार्यक्रम अन्र्तगत शिविरको आयोजन गरिएको बडा अध्यक्ष बोधराज न्यौपानेले बताए ।...

न्यू कञ्चनको बिषादी न्यूनिकरण तथा माटो परिक्षण तालिम सम्पन्न

बुद्धशान्ति । न्यू कञ्चन कृषि सहकारी संस्था बुद्धशान्ति ३ को आयोजना तथा बुद्धशान्ति गाउँपालिका कृषि शाखाको सहयोगमा एकदिने बिषादी न्यूनिकरण तथा माटो परिक्षण सम्बन्धी तालिम सम्पन्न भएको छ । न्यू कञ्चन कृषि सहकारी संस्थाका अध्यक्ष...