विधेयक फिर्ता लिन माग गर्दै प्रेस युनियन झापाले बुझायो ज्ञापनपत्र

हाम्रो दमक

बिर्तामोड । सरकारले सदनमा पेश गरेको मिडिया काउन्सिल, आमसञ्चार लगायतका पत्रकारितालाई नियन्त्रण गर्ने प्रकृतिको प्रावधान रहेका विधेयक फिर्ता लिन माग गर्दै नेपाल प्रेस युनियनले ज्ञापनपत्र बुझाएको छ । नेपाल प्रेस युनियनको देशव्यापी विरोध कार्यक्रम अन्तरगत देशभरका सबै जिल्ला प्रशासनमार्फत राष्ट्रियसभाका सभामुख र संघीय संसदका सभामुखलाई ज्ञापन पत्र बुझाइएको हो ।

देशव्यापी कार्यक्रम अन्तरगत नेपाल प्रेस युनियन झापाले पनि जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापन पत्र पठाएको छ ।

नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य गोविन्दचन्द्र क्षेत्री, झापा अध्यक्ष इन्दु पूर्वेली, पूर्व केन्द्रीय सचिव चिन्तामणि दाहाल, पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी, प्रदेश–१ का सदस्य रेजिना गौतम, प्रेस युनियनका केन्द्रीय पार्षद यज्ञप्रसाद पाठक, शुशिला संग्रौला, पत्रकार दिपक अधिकारी, नागरिक समाजका लीला नेपाल लगायतको टोलीले सहायक प्रमुख जिल्ला अधिकारीद्वय माधवप्रसाद पोखरेल र कृष्णचन्द्र पौडेललाई ज्ञापन पत्र बुझाएको हो।

विज्ञप्तिमा ‘मन्त्रीपरिषदबाट पारित भई संसदमा पेश भएको नेपाल मिडिया काउन्सिल सम्वन्धि विधेयक, संसदमा बिचाराधीन रहेको विज्ञापन नियमन गर्न बनेको विधेयक, सूचना प्रविधिका सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक र संसदमा लैजाने तयारी भएको आमसञ्चार विधेयक लगायत पाइपलाइनमा रहेका अन्य विधेयकमा गरिएको जरिवाना तथा क्षतिपूर्ती सम्वन्धि व्यवस्था नेपालको स्वतन्त्र पत्रकारिताको घाँटी थिच्ने, पत्रकारितालाई घुमाउरो तरिकाले निरुत्साहित गर्ने तथा सत्ता र शक्तिमा रहेकाहरुको भक्तिगानमा पत्रकारितालाई लैजाने नियत देखिनु निन्दनीय रहेको उल्लेख छ ।

सरकारले ल्याउने अन्तिम तयारी रहेको यी विधेयकका व्यवस्थाहरुमा गम्भीर असहमति जनाउँदै विज्ञप्तिमा पत्रकारिताको अन्तर्राष्ट्रिय अभ्यास, मूल्य र मान्यता तथा संविधानको प्रस्तावनामा भएको पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी हुने प्रावधान विपरित रहेकाले तत्काल फिर्ता लिएर प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारसँग माग गरिएको छ ।

विधेयकको ब्यवस्थाले खासगरी साना लगानीका मिडियालाई निरुत्साहित गर्नेगरी ल्याइएको ठहर गर्दै ज्ञापनपत्रमा यो विधेयक जस्ताको तस्तै पारित भए बहुसंख्यक पत्रकार पेशाबाट विस्थापित हुने र पत्रकारिता पनि भजनमण्डलीमा रुपान्तरित हुने खतरा देखिएकोले तत्काल विधेयक फिर्ता लिन प्रेस युनियन झापाले सरकारसँग माग गरेको छ ।

सरकारले ल्याउन लागेको विधेयकको दफा ५० मा प्रकाशन तथा प्रसारण गर्न नहुने र ५९ मा उल्लेख भएको जरिवानाको व्यवस्था हाल अभ्यास गरिदै आएको व्यवस्थाभन्दा नियन्त्रणमुखी भएको भन्दै पत्रकारहरु देशब्यापी विरोेधमा उत्रिएका हुन् ।

मङ्ल, बैशाख ३१, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

दमक आसपास १० हजार सवारी कारवाहीमा

दमक,१० जेठ । ट्राफिक प्रहरी कार्यालय दमकले चालु आर्थिक वर्षको १० महिनाको अवधिमा ट्राफिक सवारी नियम उलङघन गर्ने ९ हजार वढी सवारी साधनहरुलाई कारवाही गरि रु ६४ लाख बढी राजस्व संकलन गरेको छ । कार्यालयका...

कमलको बाँसवारी स्कुलमा जुरेस

कमल ,१० जेठ । झापाको कमल गाँउपालिका वडा नम्बर १ स्थित बाँसवारी माध्यमिक विद्यालयमा रेडक्रस गठन गरिएको छ । नेपाल रेडक्रस सोसाईटी लखनपुर  उपशाखाको अगुवाईमा शुक्रवार जुनियर रेडक्रस सर्कल (जुरेस ) गठन गरिएको उपशाखा...

रंगशालाका बारेमा सरोकारवालापक्ष संग अन्तरकृया

दमक,१०जेठ । झापाको कमल गाँउपालिका ५ स्थित आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानले विहिबार रंगशालाका बारेमा सरोकारवाला हरुसंग अन्तरकृयाको आयोजना गरेको छ ।  रंगशालाका वारेमा भईरहेका गतिविधिहरुका सम्बन्धमा विस्तृत जानकारी दिने उद्देश्यले सरोकारवालाहरुसंग अन्तरकृया गरिएको...

दुई दिने एडभान्स प्लम्बर तालिम बिर्तामोडमा सम्पन्न

बिर्तामोड । झापाका प्लम्बरलाई थप दक्ष र सक्षम बनाउन एडभान्स प्लम्बर तालिम दिइएको छ । पञ्चकन्या ग्रुप अन्र्तगत पञ्चकन्या प्लास्टिक डिभिजनको आयोजनामा भएको एडभान्स तालिममा प्लम्बरको कार्यविधि, बाथरुम, किचनलगायत स्थानमा उत्पन्न विभिन्न कठिनाईहरुको उचित...

जनप्रतिनिधिले धनकुटामा तिरिदिए विद्यालयको ऋण

धनकुटा नगरपालिका वडा नम्बर तिनका बडाध्यक्ष बिकास घिमिरेले अहिले सम्म आफु प्राप्तगर्ने सरकारी सेवा सुबिधावाट स्थानीय एक बिद्यालयको ऋण तिरिदिनु भएको छ । घिमिरेले ज्वालादेबी अधारभुत बिद्यालय ब्यबस्थापन गर्दा लागेको तिन लाख १८ हजार रुपैया...

रतुवामाईको सौठामा अस्पताल बन्ने

मोरङको रतुवामाई नगरपालिका वडा नम्वर ६ सौठामा विपी नेत्र प्रतिष्ठान नाक, कान, घाटि, आँखा अस्पतालको भवन शिलान्यास गरिएको छ । विपी नेत्र प्रतिष्ठान भक्तपुरले रतुवामाई नगरपालिकाको सौठामा निर्माण गर्ने अस्पताल भवनको बुधबार एक कार्यक्रमका विच...

विप्लव माओवादीद्धारा झापा बन्द फिर्ता

बिर्तामोड,९ जेठ । नेपाल कम्युनिस्ट पार्टीले भोलि शुक्रवारका लागि आह्वान गरेको झापा बन्द फिर्ता लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली झापा नआउने भएसंगै विप्लव माओवादीले बन्द फिर्ता लिएको हो । पार्टीमाथि लगाईएको प्रतिबन्ध,...

रतुवामाईको सौठामा अस्पताल निर्माण हुने

९ जेठ–मोरङको रतुवामाई नगरपालिका वडा नम्वर ६ सौठामा विपी नेत्र प्रतिष्ठान नाक, कान, घाटि, आँखा अस्पतालको भवन शिलान्यास गरिएको छ । विपी नेत्र प्रतिष्ठान भक्तपुरले रतुवामाई नगरपालिकाको सौठामा निर्माण गर्ने अस्पताल भवनको आज एक कार्यक्रमका...

भोलि शुक्रबार झापा बन्दको आह्वान

बिर्तामोड,९ जेठ ।नेपाल कम्युनिष्ट पार्टीले भोलि शुक्रवार झापा बन्दको घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली जिल्ला आउने कार्यक्रम तय भएपछि पार्टीमाथि लगाईएको प्रतिबन्ध, गिरफ्तारी र धरपकडका बिरुद्ध नेकपा झापाले जिल्ला बन्दको घोषणा...

पाडाजुंगीलाई व्यवस्थित गरिदै

दमक,९ जेठ । कमल गाँउपालिका ५ को पाडाजुंगी चौंकलाई व्यवस्थित बनाउन थालिएको छ । वडा कार्यालयले गाँउपालिकाकै नमुना वार्डका रुपमा विकास गर्ने उद्देश्यले वडाको मुख्य क्षेत्र पाडाजुंगी चौंकलाई व्यवस्थित बनाउन थालिएको वडाध्यक्ष डम्बरवहादुर निरौलाले...