नेरेसो उपशाखा कपको उपाधि खुदुनावारीलाई

हाम्रो दमक

दमक, ३१ बैशाख । झापाको कमल गाँउपालिकामा आयोजित एकदिवसीय जिल्लास्तरिय नेरेसो अन्तर उपशाखा कपको उपाधि खुदुनावारी उपशाखाले जितेको छ । सोमबार सम्पन्न प्रतियोगितामा खुदुनावारीले हल्दिवारी उपशाखालाई शुन्यका विरुद्ध २ गोल गरि उपाधि चुमेको हो ।
उपाधिसंगै खुदुनवारी उपशाखाले नगद रु २५ हजार,ट्रफि ,प्रमाणपत्र प्राप्त गरे भने उपविजेता बनेको हल्दिवारी उपशाखाले नगद रु १५ हजारमा चित्त बुझाउनुपरेको थियो ।


प्रतियोगितामा वेष्ट डिफेन्सबाट हल्दिवारीका प्रदिप राजवंशी, वेष्ट स्टाइगर हल्दिवारीकै अर्जुन राई,उत्कृष्ट गोलकिपरबाट हल्दिवारीका राजेन्द्र योङहाङ, हाइस्कोरर तर्फ हल्दिवारीकै चुडामणी श्रेष्ठ,म्यान अफ दि सिरिजवाट रणबहादुर जवेगु र म्यान अफ दि म्याचबाट खुदुनावारीका रोमनाथ घिमीरे पुरस्कृत भए । विजेता ,उपविजेतालाई प्रदेशसभा सदस्य अर्जुन राई, कमल गाँउपालिकाका उपाध्यक्ष वेणु शिवाकोटी, कमल ६ का वडाध्यक्ष नरेन्द्र भट्टराई, रेडक्रसका प्रदेश कोषाध्यक्ष ओमप्रकाश गौतम, सुर्य दर्शन शाकोस दमकका अध्यक्ष टिकाराज सापकोटा,रेडक्रसका सल्लाहकार पिएन शर्मा लगायतले संयुक्त रुपमा पुरस्कार प्रदान गरे ।
नेपाल रेडक्रस सोसाईटी लखनपुर उपशाखाले जिल्लामा पहिलोपटक अन्तर उपशाखाहरुवीच मैत्रीपूर्ण फूटवल प्रतियोगिता गरिएको सभापति चन्द्र शाहले जानकारी दिए ।
कमल ५ स्थित आदिवासी रंगशालामा भएको प्रतियोगितामा जिल्लाका ८ वटा उपशाखाले भाग लिएका थिए । प्रतियोगिताको पहिलो पुरस्कार दमकको सुर्यदर्शन शाकोस र दोश्रो पुरस्कारको राशी दमककै राष्ट्रिय बहुमुखी सहकारीले सौजन्र्य गरेको थियो । त्यस्तै कमल गाँउपालिका, वडा कार्यालय कमल ५ ले पनि प्रतियोगिता सम्पन्न गर्न आर्थिक सहयोग गरेको थियो ।
त्यस्तै, कमलका चन्द्रदर्शन शाकोस,सुम्निमा कृषि सहकारी, लगनशील कृषि सहकारी, दमकको दमक किचन गुड्स,माँ शक्ति सप्लायर्स, आदिवासी रंगशला तथा स्मृति प्रतिष्ठान लगायतका संस्थाहरुले समेत सहयोग पुरयाँएको सचिव पारसमणि राईले जनाएका छन् ।

मङ्ल, बैशाख ३१, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

दमक आसपास १० हजार सवारी कारवाहीमा

दमक,१० जेठ । ट्राफिक प्रहरी कार्यालय दमकले चालु आर्थिक वर्षको १० महिनाको अवधिमा ट्राफिक सवारी नियम उलङघन गर्ने ९ हजार वढी सवारी साधनहरुलाई कारवाही गरि रु ६४ लाख बढी राजस्व संकलन गरेको छ । कार्यालयका...

कमलको बाँसवारी स्कुलमा जुरेस

कमल ,१० जेठ । झापाको कमल गाँउपालिका वडा नम्बर १ स्थित बाँसवारी माध्यमिक विद्यालयमा रेडक्रस गठन गरिएको छ । नेपाल रेडक्रस सोसाईटी लखनपुर  उपशाखाको अगुवाईमा शुक्रवार जुनियर रेडक्रस सर्कल (जुरेस ) गठन गरिएको उपशाखा...

रंगशालाका बारेमा सरोकारवालापक्ष संग अन्तरकृया

दमक,१०जेठ । झापाको कमल गाँउपालिका ५ स्थित आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानले विहिबार रंगशालाका बारेमा सरोकारवाला हरुसंग अन्तरकृयाको आयोजना गरेको छ ।  रंगशालाका वारेमा भईरहेका गतिविधिहरुका सम्बन्धमा विस्तृत जानकारी दिने उद्देश्यले सरोकारवालाहरुसंग अन्तरकृया गरिएको...

दुई दिने एडभान्स प्लम्बर तालिम बिर्तामोडमा सम्पन्न

बिर्तामोड । झापाका प्लम्बरलाई थप दक्ष र सक्षम बनाउन एडभान्स प्लम्बर तालिम दिइएको छ । पञ्चकन्या ग्रुप अन्र्तगत पञ्चकन्या प्लास्टिक डिभिजनको आयोजनामा भएको एडभान्स तालिममा प्लम्बरको कार्यविधि, बाथरुम, किचनलगायत स्थानमा उत्पन्न विभिन्न कठिनाईहरुको उचित...

जनप्रतिनिधिले धनकुटामा तिरिदिए विद्यालयको ऋण

धनकुटा नगरपालिका वडा नम्बर तिनका बडाध्यक्ष बिकास घिमिरेले अहिले सम्म आफु प्राप्तगर्ने सरकारी सेवा सुबिधावाट स्थानीय एक बिद्यालयको ऋण तिरिदिनु भएको छ । घिमिरेले ज्वालादेबी अधारभुत बिद्यालय ब्यबस्थापन गर्दा लागेको तिन लाख १८ हजार रुपैया...

रतुवामाईको सौठामा अस्पताल बन्ने

मोरङको रतुवामाई नगरपालिका वडा नम्वर ६ सौठामा विपी नेत्र प्रतिष्ठान नाक, कान, घाटि, आँखा अस्पतालको भवन शिलान्यास गरिएको छ । विपी नेत्र प्रतिष्ठान भक्तपुरले रतुवामाई नगरपालिकाको सौठामा निर्माण गर्ने अस्पताल भवनको बुधबार एक कार्यक्रमका विच...

विप्लव माओवादीद्धारा झापा बन्द फिर्ता

बिर्तामोड,९ जेठ । नेपाल कम्युनिस्ट पार्टीले भोलि शुक्रवारका लागि आह्वान गरेको झापा बन्द फिर्ता लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली झापा नआउने भएसंगै विप्लव माओवादीले बन्द फिर्ता लिएको हो । पार्टीमाथि लगाईएको प्रतिबन्ध,...

रतुवामाईको सौठामा अस्पताल निर्माण हुने

९ जेठ–मोरङको रतुवामाई नगरपालिका वडा नम्वर ६ सौठामा विपी नेत्र प्रतिष्ठान नाक, कान, घाटि, आँखा अस्पतालको भवन शिलान्यास गरिएको छ । विपी नेत्र प्रतिष्ठान भक्तपुरले रतुवामाई नगरपालिकाको सौठामा निर्माण गर्ने अस्पताल भवनको आज एक कार्यक्रमका...

भोलि शुक्रबार झापा बन्दको आह्वान

बिर्तामोड,९ जेठ ।नेपाल कम्युनिष्ट पार्टीले भोलि शुक्रवार झापा बन्दको घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली जिल्ला आउने कार्यक्रम तय भएपछि पार्टीमाथि लगाईएको प्रतिबन्ध, गिरफ्तारी र धरपकडका बिरुद्ध नेकपा झापाले जिल्ला बन्दको घोषणा...

पाडाजुंगीलाई व्यवस्थित गरिदै

दमक,९ जेठ । कमल गाँउपालिका ५ को पाडाजुंगी चौंकलाई व्यवस्थित बनाउन थालिएको छ । वडा कार्यालयले गाँउपालिकाकै नमुना वार्डका रुपमा विकास गर्ने उद्देश्यले वडाको मुख्य क्षेत्र पाडाजुंगी चौंकलाई व्यवस्थित बनाउन थालिएको वडाध्यक्ष डम्बरवहादुर निरौलाले...