ऋण असुल्न दाहाल चारदिनदेखि आमरण अनसनमा

ऋण असुल्न कुनै उपाय नभएपछि आमरण अनसन बस्नुपरेको गुनासो

हाम्रो दमक

गौरादह,३० वैशाख । सावाँ,व्याज रु ३७ लाख भन्दा बढी रुपैया एक ऋणीले सर्त बमोजिम फिर्ता नगरेको भन्दै झापा, गौरादह नगरपालिका वडा नम्बर १ का किराना व्यवसायी यामबहादुर दाहालले विगत चार दिनदेखि गौरादह बजारमा आमरण अनशनमा बसिरहेका छन् ।


गौरादह १ निवासी ६५ बर्षिय दाहालले स्थानीय सिर्जना घिमीरेलाई तीन वर्ष अघि दिएको ऋण रकम फिर्ता गर्न ऋणी अनिच्छुक भएपछि आफना ऋण असुल्न दवाव दिनका लागि दाहालले अनिश्चितकालीन आमरण अनसन जारी राखेका हुन् ।

दाहालले छिमेकी घिमीरेलाई सामान्य लिखतको आधारमा पटक पटक नगद,गरहनासहित रु२६ लाख ७२ हजार दिएका थिए । २०७३ चैत १७ गते यता साँवा,व्याज अहिले रु ३७ लाख बढी पुगेको दाहालको दावी छ ।

गौरादह उद्योग वाणिज्य संघले आज अनसनस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा दाहालले ऋण असुल्न कुनै उपाय नभएपछि आमरण अनसन बस्नुपरेको गुनासो पोखे । व्याज आउला भनेर दिएको ऋण उठाउन विन्ती,गुहार गरेपनि कतैवाट सुनुवाई नभएपछि सडकमा अनशन बस्न बाँध्य हुनुपरेको उनको भनाई थियो । उनले आफूलाई प्रलोभनमा पारेर घिमीरेले सम्पति हत्याएको र अहिले अदालतसम्म जान आफूसंग सार्मथ्य नै नभएको बताए ।

श्रीमती मनमाया र दुई छोरीसहित स्लाईनसहित अनशनमा भेटिएका दाहालले भने, –‘ ऋण दिएको रकम नउठेसम्म बरु आफू सडकमा नै मर्न पनि तयार छु । ’ न्यायका लागि कतै पहल नभएपछि उनले त्यस्तो आमरण अनसनमा बस्नुपरेको सुनाए ।

विभिन्न सामाजिक संघसंस्था,व्यवसायीहरुको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा घिमीरेलाई ऋण दिदाँ ऋण वैकबाट लिएको रकम तिर्न नसक्दा ९ धुर जग्गामा बनेको घरसहितको जग्गानै विक्री गरेर सुकुम्बासी हुनुपरेको दाहालकी श्रीमती मनमायाले गुनासो राखिन् । भाडामा बस्दैआएका दाहालले जिवन निर्वाहका लागि श्रीमानले सिटी सफारी चलाउन बाँध्य हुनुपरेको मनमायाले वताईन् ।

पत्रकार सम्मेलनमा संघले व्यवसायी दाहाल र घिमीरे वीचको लेनदेन व्यवहार मिलाउन नगरपालिकाको न्यायिक समितिको ध्यानाकर्षण गराउदै अव अनसनरत दाहालको जीवन रक्षा र न्यायका लागि चरणवद्ध आन्दोलनमा उत्रनु परेको जनाएकोछ ।

पीडित दाहालको माग प्रति ऐक्यवद्धता जनाउदै संघका अध्यक्ष जीवन राईले संघका साधारण सदस्य दाहालको जीवन रक्षासहित न्यायका लागि स्थानीय सरकार जवाफदेहि बन्नुपर्ने माग राखेका थिए । उनले माग पूरा नभए आजदेखि नै जेठ २ गतेसम्म चरणवद्ध दबाबमूलक आन्दोलनको कार्यक्रम घोषणा गरे ।

आन्दोलनका क्रममा आज संघले दिउँँसो १२ वजेदेखि २ वजेसम्म २ घण्टा वजार वन्द गराएको थियो भने माग सुनुवाई नभए भोलि नगरपालिका कार्यालयमा पाँच घण्टे धर्ना, जेठ १ मा डिपु चौकमा १ घण्टा चक्काजाम र २ जेठमा भने अनिश्चतकालीन यातायात ठप्प पार्ने संघद्धारा जारी विज्ञप्तिमा जनाईएको छ ।

यसैवीच, रकमका बारेमा आरोपी घिमीरेलाई सम्पर्क गर्न खोज्दा उनी संग सम्पर्क हुन सकेन् । साँझ फोन सम्पर्कमा आएका बखत आफू अहिले जरुरी अन्यत्र काम भएको भन्दै पन्छिएकी थिईन् । उनले भरै सम्पर्क गर्ने भन्दै तर्किएकी थिईन् ।

सोम, बैशाख ३०, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

दमक आसपास १० हजार सवारी कारवाहीमा

दमक,१० जेठ । ट्राफिक प्रहरी कार्यालय दमकले चालु आर्थिक वर्षको १० महिनाको अवधिमा ट्राफिक सवारी नियम उलङघन गर्ने ९ हजार वढी सवारी साधनहरुलाई कारवाही गरि रु ६४ लाख बढी राजस्व संकलन गरेको छ । कार्यालयका...

शिक्षिकाको कुटाईबाट झापामा एक बालिकाको कानको जालि फुट्यो

शिक्षिकाको कुटाईबाट झापाको कमल गाउँपालिका ५ मा रहेको लिटल एन्जल बोर्र्डिङ स्कुलमा अध्ययनरत पाँच वर्षकी बालिका एस्तर राईको कानको जाली फुटेको छ । एस्तर सो विद्यालयमा कक्षा १ मा अध्ययनरत विद्यार्थी हुन । सोमबार विद्यालय...

रंगशालाका बारेमा सरोकारवालापक्ष संग अन्तरकृया

दमक,१०जेठ । झापाको कमल गाँउपालिका ५ स्थित आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानले विहिबार रंगशालाका बारेमा सरोकारवाला हरुसंग अन्तरकृयाको आयोजना गरेको छ ।  रंगशालाका वारेमा भईरहेका गतिविधिहरुका सम्बन्धमा विस्तृत जानकारी दिने उद्देश्यले सरोकारवालाहरुसंग अन्तरकृया गरिएको...

जनप्रतिनिधिले धनकुटामा तिरिदिए विद्यालयको ऋण

धनकुटा नगरपालिका वडा नम्बर तिनका बडाध्यक्ष बिकास घिमिरेले अहिले सम्म आफु प्राप्तगर्ने सरकारी सेवा सुबिधावाट स्थानीय एक बिद्यालयको ऋण तिरिदिनु भएको छ । घिमिरेले ज्वालादेबी अधारभुत बिद्यालय ब्यबस्थापन गर्दा लागेको तिन लाख १८ हजार रुपैया...

रतुवामाईको सौठामा अस्पताल बन्ने

मोरङको रतुवामाई नगरपालिका वडा नम्वर ६ सौठामा विपी नेत्र प्रतिष्ठान नाक, कान, घाटि, आँखा अस्पतालको भवन शिलान्यास गरिएको छ । विपी नेत्र प्रतिष्ठान भक्तपुरले रतुवामाई नगरपालिकाको सौठामा निर्माण गर्ने अस्पताल भवनको बुधबार एक कार्यक्रमका विच...

रतुवामाईको सौठामा अस्पताल निर्माण हुने

९ जेठ–मोरङको रतुवामाई नगरपालिका वडा नम्वर ६ सौठामा विपी नेत्र प्रतिष्ठान नाक, कान, घाटि, आँखा अस्पतालको भवन शिलान्यास गरिएको छ । विपी नेत्र प्रतिष्ठान भक्तपुरले रतुवामाई नगरपालिकाको सौठामा निर्माण गर्ने अस्पताल भवनको आज एक कार्यक्रमका...

पाडाजुंगीलाई व्यवस्थित गरिदै

दमक,९ जेठ । कमल गाँउपालिका ५ को पाडाजुंगी चौंकलाई व्यवस्थित बनाउन थालिएको छ । वडा कार्यालयले गाँउपालिकाकै नमुना वार्डका रुपमा विकास गर्ने उद्देश्यले वडाको मुख्य क्षेत्र पाडाजुंगी चौंकलाई व्यवस्थित बनाउन थालिएको वडाध्यक्ष डम्बरवहादुर निरौलाले...

आमा र छोरीको हत्या प्रयास

झापा, जेठ ९ गते । झापाको मेचीनगर नगरपालिका–१० प्रशंसा टोलमा तीन महिला मात्र बस्दै आएको एक घरमा राति बाहिरबाट घुसेको अज्ञात आक्रमणकारीले आमा र नाबालिका छोरीको हत्या प्रयास गरेको छ । जिल्ला प्रहरी कार्यालयका...

पाँचथर हत्याकाण्डमा ज्यान गुमाएका ९ जनाको अन्त्येष्टि गरिँदै

बिर्तामोड । मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा सोमबार राति भएको विभत्स हत्याकाण्डमा ज्यान गुमाएका ९ जनाको अन्त्येष्टि अहिले केहिबेरमा गरिँदै छ ।हत्या गरिएका ९ जना र घटनास्थल नजिकै झुण्डिएर आत्महत्या गरेका भनिएका मानबहादुर माखिमको शव धरानमा...

अर्जुनधारा धाममा निःशुल्क रात्रीकालीन भोजन खान पाईने

बिर्तामोड। पूर्वको पशुपति नाथले परिचत अर्जुनधारा जलेश्वरधामले तीर्थयात्री र दीनदुःखीहरुका लागि रात्रीकालीन निःशुल्क भोजन सुरु गरेको छ । धामद्वारा स्थापित अन्नदान अक्षयकोषबाट जलेश्वरधामले रात्रीकालीन भोजन सुरु गरेको धाम समितिका कोषाध्यक्ष मोहन जोशीले बताए । उनले...