मेरो नजरमा राष्ट्रिय विभूति महानन्द– भारती न्यौपाने

भारती न्यौपाने

भारती न्यौपाने-शान्तिनगर

“चाहिँदैन स्वर्ग किं वा वैकुण्ठको बास
नेपालको सेवा गरौँ रहुन्जेल सास” – महानन्द सापकोटा

नेपालको पूर्वी जिल्ला इलामको इरौंटार गाविसअन्तर्गत पर्ने देवन छापको सापकोटा परिवारमा जन्मिएका महानन्द सापकोटा (विसं १९५३–२०३५) पूर्वका मात्र नभएर राष्ट्रकै विभूति हुन् । नेपाली वाङ्मयको श्रीवृद्धिका लागि सापकोटाको महत्त्वपूर्ण, अविस्मरणीय तथा प्रेरणादायी योगदान रहेको छ ।

सापकोटाले गाउँको परिवेशमा गाई गोठालाको जीवनमा अँगारले पोतेको पाटीमा कमेरोले सिलोक कोर्दै अध्ययन आरम्भ गरेका हुन् । धुलौटोमा अक्षर चिन्ने जमानामा रहेर पनि इलामको त्यस विकट गाउँ देवन छापबाट उदाएका सापकोटाले उदाउँदो सूर्यले छरेको तेजिलो किरण झैँ ज्ञानको ज्योति छरिरहे । महानन्द एघार वर्षको उमेरमा बुबाबाट टुहुरो भएपछि आमाको पछि लागेर भारतको तेजपुरमा सरकारी स्कुलमा पढ्न पुगे । दुःख गरेर कमाएको आमाको कमाइले उनको पढाइ जेनतेन चलेको थियो । उनले १६ वर्षको उमेरमा अङ्ग्रेजी भाषा पनि सिके । उनी असमिया, बङ्गाली, हिन्दी र नेपाली भाषा राम्ररी बोल्न सक्थे । उनले जहाज कम्पनीमा काम गरेर आमालाई सहयोग गरे । यसरी उनी मेट्रिकसम्मको अध्ययन गरेपछि नेपाल आएर विभिन्न दुःख कष्ट खप्दै पनि नेपालीका भलाइका लागि बाँचे ।

महानन्दले सारा जीवन नेपाल र नेपालीका निम्ति बिताए । नेपाली राष्ट्रियता बचाउन उनले धेरै कोसिस गरे । नेपाली जनता शिक्षित बनुन्, राष्ट्रको समुन्नत विकास होस्, बुद्धि र विवेकले काम गरियोस्, कसैले नेपाली भनेर अपहेलना गर्न नपाउन् भन्ने उनको दृढ इच्छा थियो । उनले गरिबी, भोक, प्यास खेपे तर नेपाली राष्ट्रियता र भाषाको अस्मितालाई कहिल्यै छोडेनन् ।

मेरो सम्झनामा अहिले पनि ताजा हुन्छ, म सानै छँदा पुगेको देवन छाप । कति रमाइलो, तर साह्रै विकट थियो त्यो ठाउँ । देवनछापको माटोमा मैले साहित्यको वासना मगमगाएको भेटेकी थिएँ, जुन वासना महानन्द सापकोटाले छरेर जानुभएको थियो । धेरै वर्ष भयो । म आठ, नौ कक्षामा पढ्दा स्काउटको कार्यक्रमा त्यहाँ गएकी थिएँ गुरुहरूको साथमा । अझै ताजा छ मनमस्तिष्कमा, देवनछाप स्कुलमा तीन रात बिताएको र त्यही कान्लो र आली नाघेर परेड खेलेको ।

आदरणीय गुरु शिवकुमार पौड्यालज्यूले औँल्याउँदै भन्नुभएको थियो  “यो भाषाशास्त्री महानन्द सापकोटाको जन्मस्थल हो ।” आहा ! साहित्यकार अनि भाषाशास्त्री महानन्द सापकोटाको पवित्र जन्मस्थल देवनछापमा पाइलो राख्दा मात्र पनि आफू गर्वले आनन्दित भएकी थिएँ । सानैदेखि साहित्यप्रति लगाव थियो क्यार मेरो । त्यसैले त त्यो माटोको सुगन्धले मलाई झस्काइरह्यो । तर, लेखन अभ्यास नभएकाले होला त्यसबेला मैले यस्तो भावनालाई लेखनमा उतार्न सकिनँ ।

सापकोटाका साहित्यिक कृतिले हामीलाई लेखनमा प्रेरणा त दिएकै छन् सँगसँगै राष्ट्रियताको बारेमा सचेत गराउने, जातीय हिंसाको विरुद्ध आवाज उठाउने, सामाजिक सञ्चेतना जगाउने, आफ्नो भाषाप्रति सचेत रहने जस्ता कुरा समेत हामीलाई समर्पित गरेका छन् ।

देशभित्रका विभिन्न साहित्यिक राजनीतिक आन्दोलनदेखि लिएर भाषाको झर्रो स्वरूपलाई सुदृढ पार्ने कार्यको योगदान महानन्द सापकोटाले गरेका छन् । राष्ट्रभाषा र राष्ट्रिय संस्कृतिको जगेर्ना गर्ने, भाषा र संस्कृतिमा कतैबाट आँच आउन नदिने जस्ता कार्यमा उनको योगदान रहेको छ । पूर्वाञ्चलमा शिक्षाको प्रचार गर्नु, सामाजिक सुधार ल्याउनु, अछुत मानिएका वर्गका केटाकेटीलाई स्कुल भर्ना गराउनु जस्ता सम्मानित र जोखिमपूर्ण कार्य उनले गरेका छन् । मेची अञ्चलको झापामा पहिलो छापाखानाको स्थापना पनि उनैले गराएका हुन् ।

नेपाली साहित्यमा प्रशस्त कृति रचना गरिसकेका सापकोटालाई सार्वजनिक चर्चामा खास ल्याइने गरिएको छैन । केन्द्रमा रहेका लेखक र कविका विषयमा बढी नै चर्चा गरिने हुनाले पनि उनी ओझेल परेका देखिन्छन् । नेपाली साहित्यमा देवकोटा, सम, पौड्याल, घिमिरेजत्तिकै उत्कृष्ट रचनाका धनी महानन्दलाई कुनै पनि साहित्यिक सभाहरूमा चर्चाको विषय बनाइँदैन । तर, उनमा साहित्यिक प्रतिभा बेजोड रहेको कुरा उनका कृतिहरूको अध्ययनबाट पुष्टि हुन्छ ।

दर्जनौँ कृतिका रचनाकार महानन्दका रचनाहरूमा सरलता र सहजता पाइन्छ । उनका ‘मनलहरी’, ‘आहुति’, ‘अपुङ्गो’, ‘अन्न’, ‘आशा’, ‘आँसु’ (लोकलयका वार्णिक कविता), ‘हाम्रो नेपाल’, ‘आँटे’, ‘विशाल नेपाल’ आदि कविता कृति र ‘सुखको बाटो’ र ‘नेपाल कस्तो हुनुपर्छ’ (लेख), ‘हाम्रो साहित्य’ भाग १ देखि ५ (सम्पादन), ‘नेपाली भाषा’ (लेख सङ्ग्र्रह, सम्पादन), ‘सरिशब्द’ (कोश), ‘चानचुन’ (भाषिक निबन्ध), ‘नेपाली धातु परिचय’, ‘जनजिब्रो’ (भाषा), ‘खस र खस भाषा’ (भाषा), ‘नेपाली निर्वचनको रूपरेखा’ (भाषा), ‘सापकोटाको निबन्धावली’, ‘स्त्री शिक्षा परिषद् कीर्तिराना’, ‘नेपाली शब्द परिचय’, ‘क्रियान्वयी व्यञ्जना र कीर्तिराना’ आदि कृतिहरू पुस्तकाकारका रूपमा रहेका छन् ।

यति धेरै कृतिका सष्टा महानन्द सापकोटा नेपाली साहित्य तथा भाषा जगत्का एक विभूति हुन् । उनले देश र राष्ट्रको हितमा धेरै कार्य गरेका छन् । उनलाई राष्ट्रिय स्तरबाट सम्मानसहित उपाधि दिनुपर्ने ठाउँमा अहिलेसम्म कुनै विशेष सम्मान पनि गरिएको छैन र ओझेलमा पारिएको देखिन्छ । राष्ट्रकै विभूतिको रूपमा महानन्द सापकोटालाई स्वीकार गरियोस् । उनको १२३ औँ जन्मजयन्तीको अवसरमा साहित्यिक अमरत्वको शुभेच्छा प्रकट गर्दछु ।

जय साहित्य !

सोम, बैशाख ३०, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

विचार/ब्लग बाट अन्य

आन्तरिक राजस्व कार्यालय दमकले लक्ष्य भन्दा बढि राजश्व उठायो

दमक, ८ साउन । यहाँस्थित आन्तरिक राजश्व कार्यालय दमकले गत आर्थिक वर्षमा लक्ष्य भन्दा बढि राजश्व संकलन गरेको छ । कार्यालयले रु ५१ करोड ६० लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो ।...

मायादेखि सेक्ससम्मका कुराकानीमा यसरी इमोमा फसे झापाका एक व्यवसायी, घटनामा संलग्न पक्राउ

झापा । बिर्तामोडका एक व्यवसायीलाई उनको नम्बरमा एक साता अघि फोन आउँछ । को बोल्नु भएको ?–व्यवसायीले प्रश्न गरे । नम्र स्वरमा महिलाको आवाज आएपछि ब्यवसायीसँंग परिचय आदानप्रदान भयो । त्यही चिनजानपछि सामाजिक सञ्जाल इमोमा...

फिदिम नगरपालिका–१ का वडाध्यक्ष मोक्तानको निधन

पाँचथर,७ साउन । पाँचथरको फिदिम नगरपालिका वडा नम्बर–१ का वडाध्यक्ष हर्क मोक्तानको निधन भएको छ । मोक्तानको सोमबार साँझ ७२ वर्षको उमेरमा फिदिम–१, मा रहेको निजी निवासमा निधन भएको हो । वडाध्यक्ष मोक्तान मधुमेहसहित विभिन्न रोगको...

खोेल्सीमा डुवेर वृद्धको ज्यान गयो

दमक,७ साउन । झापाको दमक नगरपालिका वडा नम्बर २ स्थित खरखरे खोल्सीमा डुवेर दमकका एक जना वृद्धको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाका अनुसार यसरी ज्यान जानेमा...

 इस्टु भद्रपुर अध्यक्षमा अधिकारी

भद्रपुर,६ साउन । संस्थागत बिधालय शिक्षक युनियन (इस्टु) भद्रपुरको नगर अधिबेशन सम्पन्न भएको छ । द्रोण अधिकारीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति घोषणा गर्दै अधिबेशन सम्पन्न गरिएको हो । कार्यक्रममा धारणा राख्दै कार्यक्रमका प्रमुख अतिथि तथा...

शिवसताक्षीमा विपीको स्मृति दिवस मनाईयो

दुधे, साउन ६ । महानायक विपी कोईरालाको ३७ औ स्मृति दिवस जिल्लाको शिवसताक्षीमा पनी बिविध कार्यक्रमका साथ मनाइएको छ । महाभारतकालिन ईतिहासमा बर्णित जिल्लाको धार्मिकक तथा पर्यटकीयस्थल सताक्षीधामका साधु र श्रीहरी वेद विद्यालयका विद्यार्थीलाई...

निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपाको टारी भन्ने स्थानमा निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु भएको छ । स्थानीय अर्जुन रिजालका अनुसार आज बिहान करीब ९ बजे निर्माणाधीन मन्दिरको छतको सटिङ खुस्काउने क्रममा मन्दिरको...

सुनसरीमा एकको घाँटी रेटी हत्या

सुनसरी | सुनसरीको देवानगञ्ज गाउँपालिका–२ बजार क्षेत्रमा रहेको रामजानकी मन्दिर नजिक आज बिहान घाँटी रेटी एक भारतीय नागरिकको हत्या भएको छ । भारत अररीया जिल्ला मानिकपुरका करिब ४० वर्षीय बिलु यादवको घाँटी रेटी हत्या गरिएको...

नेपाल आइडल ३ को प्रोमो सार्बजनिक, तयारी भिडियो पठाउन आग्रह

बिर्तामोड । नेपाल आइडल सिजन–३ को प्रोमो सार्वजनिक भएको छ । सिजन–१ र सिजन–२ सम्पन्न गरेको आयोजकले सिजन–३ को प्रोमो सार्वजनिक गरेको हो । प्रोमो सार्वजनिक गर्दै नेपाल आइडल आयोजकले गित संगीत प्रेमीलाई तयार बस्न आग्रह...

सामुदायिक वनद्धारा उपभोक्तालाई सोलार बत्ती वितरण

बुधबारे । आर्थिक रुपमा विपन्न आफ्ना ३१ उपभोक्ता परिवारलाई आदर्श नमुना सामुदायिक वन उपभोक्ता समिति बुद्धशान्ति–३ ले २ लाख ८८ हजार ३ सय रुपैँया बराबरको सोलार बत्ती वितरण गरेको छ । गरीवी न्यूनिकरण तथा...