मैनाचुलीमा फाल्गुनन्दको मन्दिर र पत्थरको शालिक निर्माण

  • प्रकाशित मिति : आइतवार, बैशाख २९, २०७६



  • चुलाचुली, २९ बैशाख । ईलामको चुलाचुलीमा रहेको मैनाचुलीमा किरात समूदायका महागुरु फाल्गुनन्दको मन्दिर र पत्थरको शालिक निर्माण  गरिएको छ । गाउँपालिकाको ९ लाख रुपैयाँको लागतमा निर्मीत मन्दिरसहित शालिकको इलाम इलाम क्षेत्र नं २ ख का प्रदेश सभाषद धिरेन्द्र शर्मा रमण र चुलाचुली गाउउँपालिका अध्यक्ष प्रदिप चन्द्र राईले संयुक्त रुपमा उद्घाटन गरे ।


    आज झापाको शिवसताक्षी नगरपालिका, इलामको चुलाचुली गाऊँपालिका र माई नगरपालिकाका जनप्रतिनिधि धर्मावलम्वीहरुको बृहत भेलाका बीच मन्दिर उद्घाटन गर्दै पूजाआज समेत सम्पन्न गरिएको मन्दिर निर्माण समितिका अध्यक्ष पृथ्वीराज राईले जनाएका छन् ।
    कार्यक्रममा प्रदेश सभाषद शर्माले चुरे क्षेत्रमा बनाउने तयारी गरेको मदन भण्डारी चुरे मार्ग समेत सोही स्थान नजिक भएर जाने भएकाले ऐतिहासिक धार्मिक भूमि मैनाचुली पर्यटकीय क्षेत्रको रुपमा स्थापना गर्न सकिने औल्याए ।सभापतित्वमा भएको कार्याक्रममा ३ वटै स्थानीय तह र काठमाण्डौंबाट समेत धर्मानुरागीहरुको उपस्थिति रहेको थियो ।
    अति विकट र महत्वपूर्ण स्थानको रुपमा मान्दै आएको मैनाचुलीमा पाथिभराको मन्दिर समेत निर्माण गरिएको छ । मैनाचुली समुद्र सतह देखि ५ सय ७८ मिटर अग्लो रहेको गुगल म्यापमा उल्लेख छ ।
    झापाको पूर्व पश्चिम महेन्द्रराजमार्ग देखि करिव ६ किलामिटर उत्तरमा रहेको मैनाचुलीमा किरातीहरुको महागुरु फाल्गुनन्दले केही समय ध्यान गरी बसोबास गरेको किरातीहरुका अगुवाहरुले बताएका छन् ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology