दर्शकको व्यग्र प्रतिक्षाको फिल्म ‘जात्रै जात्रा’ जेठ ३ मा प्रदर्शन हुने


हाम्रो दमक
  • प्रकाशित मिति : आइतवार, बैशाख २९, २०७६


  • बर्षा राउत अभिनीत हिट फिल्म ‘जात्रा’ को सिक्वेल अर्थात ‘जात्रै जात्रा’ यही जेठ ३ गते देस भर एक साथ प्रदर्शन मा आउँदै छ ।

    ‘शत्रु गते’ र ‘जात्रा’ जस्तो सफल चलचित्र निर्देशन गरेका निर्देशक प्रदिप भट्टराई को लेखन र निर्देशन रहेको छ । अघिल्लो सिरिज ‘जात्रा’ एक सफल चलचित्र हो । उक्त फिल्म म पनि युवाहरु को समस्या लाई कमेडीमा राम्रो सँग प्रस्तुत गरिएको थियो । तीन भिन्न युवाहरु हराएको सुनको पछी लागेको र उक्त सुन पत्ता लगाउन भिलेनको रुपमा भने दयाहाङ् राइको यस फिल्ममा इन्ट्री भएको छ ।

    बेरोजगार युवाहरुको अन्नगिन्ती सपनाहरु कमेडी र कतै पारिवारिक असन्तुस्टीलाई गज्जबले प्रस्तुत गरिएको छ । यो फिल्मको टिजर आए देखी नै सबै दर्शकले अत्यधिक मन पराएका थिए । यस फिल्ममा रहेको गीत एक एक जोडे दुई आखिर कुरा उही, टाइटल गीत जीवन जात्रा हो को चर्चा अझै सेलाउन सकेको छैन ।

    ‘शत्रु गते’ र ‘जात्रा’ जस्तो सफल चलचित्र निर्देशन गरेका निर्देशक प्रदिप भट्टराईको लेखन र निर्देशन रहेको सिक्वेल फिल्म ‘जात्रै जात्रा’ मा सिङे लामा र यज्ञस्वर पौडेलको लगानी छ । नेपाली समाजको युवा हरुको समस्या लाई फिल्म कमेडी जनरा मा जिबन साचिकै जात्रा हो भनेर प्रस्ट्याउन खोजिएको छ ।

    ‘जात्रै जात्रा’ मा एक भिलेनको भूमिकामा भने दयाहाङ राइ को इन्ट्री भएको छ भने काली प्रसाद बास्कोटा र कृष्ण भार्द्वाज को संगीत रहेको फिल्म मा कबिराज गहतराज र प्रविन सिङ को कोरीयोग्राफि रहेको छ । दर्शकको प्रतिक्षा को फिल्म बनेको ‘जात्रै जात्रा’ मा बर्षा को अलवा, बिपिन कार्की, दयाहाङ राइ, रबिन्द्र झा, रबिन्द्र सिङ बानिया, राजाराम पौडेल, प्रकाश घिमिरे, सोहित मानन्धर, कलु राणा, अंसु महर्जन, (हात्ती) कृष्ण भक्त महर्जन, कबिन्द्र त्रिपाठी, प्रेम पाण्डे, सजन थापा मगर, प्रियंक झा, शर्मा जि, लक्सी श्रेष्ठ, अर्बिन खड्का लगायत रहेका छन ।

    हिट फिल्म ‘जात्रा’ को सिक्वेल भएका कारण यो फिल्मप्रति दर्शकमा निकै ठूलो अपेक्षा छ । यस फिल्म कि नायीका बर्षा राउत ले आफू हिट हुन फिल्म ‘जात्रै जात्रा’ सफल हुनु पर्ने पनि उनको भनाई छ । उनले फिल्म ‘जात्रै जात्रा’ महाजात्रा रहेको बताउँदै अगाडि भनिन्, ‘जति पनि दर्शकले पहिलो जात्रा हेर्नुभयो उहाँहरुलाई सिक्वेल झनै मनपर्छ । किनकि, यसमा हामीले डबल डोज दिएका छौं ।’ बर्षा यो चलचित्र –‘जात्रै जात्रा’को कथावस्तुले दर्शकलाई छुने कुरा मा ढुक्क छिन ।

    जेठको ३ गतेबाट रिलिज हुन लागेको चलचित्रमा बर्षा नायक विपिन कार्कीको श्रीमतीको भूमिकामा देखिएकी छिन् ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology