भाषाशास्त्री सापकोटाको १२३ औं जन्मजयन्ति मनाँइदै

भाषाशास्त्री सापकोटाको जन्मजयन्तिको दिन रोङ गाउँपालिकामा सार्वजनिक विदा

हाम्रो दमक

शान्तिनगर । भाषाशास्त्री महानन्द सापकोटाको १२३ औं जन्मजयन्ति बैशाख ३० गते सोमवार विभिन्न कार्यक्रम गरि मनाउँदै छ । इलामको रोङ गाउँपालिका-५ (साबिक इरौंटार-८) देवनछापमा निर्मित महानन्द सापकोटाको सालिक परिषरमा उनको जन्मजयन्ति मनाउन लागिएको हो । महानन्द स्मृति प्रतिष्ठानले हरेक बर्ष उनको सम्झनामा विविध कार्यक्रमको आयोजना गर्दै आएको छ ।

भाषाशास्त्री महानन्द सापकोटाको जन्मजयन्तिलाई रोङ गाउँपालिकाले समेत सहयोग र सहकार्य गर्दै आएको छ ।

जन्मजयन्तिको अवसरमा भाषाशास्त्री सापकोटाको विषयमा कार्यपत्र प्रस्तुत र सोही कार्यपत्रमाथि टिप्पणी, रोङ गाउँपालिका भित्रका सामुदायिक विद्यालयको तर्फबाट २०७५ सालको एसईई परिक्षामा सहभागि भई उच्च अंक ल्याउने १० जना छात्र÷छात्रालाई महानन्द स्मृति छात्राबृत्ति पुरस्कारबाट पुरस्कृत गरिने महानन्द स्मृति प्रतिष्ठानका महासचिव सोमनाथ पौड्यालले जानकारी दिए । कार्यक्रम अनुसार महानन्द सापकोटाको बारेमा बरिष्ठ पत्रकार चन्द्र भण्डारीले कार्यपत्र प्रस्तुत गर्ने र सो कार्यपत्रमाथी कार्यपत्रमाथी मेची क्याम्पस भद्रपुरका प्राध्यापक तारा विविध पौडेलले टिपपणी गर्नुहुने छ ।

उनीहरुलाई जनही ५० हजार रुपैयाँको दरले छात्राबृत्ति वितरण गरिने छ । उक्त अक्षयकोष रोङ गाउँपालिकाले गत बर्ष स्थापना गरेको हो । सोही कार्यक्रममा साहित्यिक कार्यक्रम, रोङ गाउँपालिका भित्रका सामुदायिक विद्यालयका विद्यार्थीहरुको स्थलगत कविता लेखन प्रतियोगिता, सोरठी कला केन्द्रको तर्फबाट विभिन्न सांस्कृतिक कार्यक्रम समेत रहेको महासचिव पौड्यालले बताए । भाषाशास्त्री सापकोटाको जन्मजयन्तिको दिन रोङ गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय समेत गरिसकेको छ ।

भाषाशास्त्री सापकोटाले नेपाली भाषा, साहित्य, संस्कृति र जनजागरणमा अग्रणी भूमिका निर्वाह गरेका थिए । १९५३ बैशाख ३० गते इलामको (साविक इरांैटार– गाबिस) को देवगाउँको, पहाडको थुम्कामा उनको जन्म भएको थियो । घरैमा संस्कृतका पुस्तक, रामायण र महाभारतको अध्ययन गरेका सापकोटाले भारतको दार्जिलिङमा कक्षा ८ मा भर्ना भएर कक्षा १० सम्मको औपचारिक शिक्षा लिएको बताइएको छ । उनले देवानछापमा धेरैजसो समय गाईवस्तु पालनमा बिताएका थिए । घरमै कखरा सिकेका सापकोटाले भाषा र साहित्यको क्षेत्रमा अतुलनीय योगदान पु¥याएका छन् ।

तर, राज्यले उनको योगदानको कदर गर्न सकेको छैन् । देवानछाप डाँडामा उनको २३ बर्षअघि अर्धकदको शालिक निर्माण गरिएको छ । महानन्द स्मृति प्रतिष्ठानले भने बर्षमा एकपटक भए पनि उनलाई सम्झने गरेको छ । सालिक परिषर रहेको स्थानमा खेल मैदान, खानेपानी र शौचालय समेतको ब्यवस्था गरिएको छ । पर्यटकीय, ऐतिहासिक र सामाजिक तवरबाट त्रिकोणात्मक सम्बन्ध बनाएको शालिक परिसरबाट झापा झर्ने बिभिन्न मार्गहरु बन्ने क्रममा छन् ।

स्वर्गीय रामचन्द्र सापकोटा र सरस्वती सापकोटाको सुपुत्र महानन्दको न्वारनको नाम यज्ञनिधि थियो । सापकोटाको निधन २०३५ साल असार १ मा भएको थियो ।

आइत, बैशाख २९, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

फिचर समाचार बाट अन्य

आन्तरिक राजस्व कार्यालय दमकले लक्ष्य भन्दा बढि राजश्व उठायो

दमक, ८ साउन । यहाँस्थित आन्तरिक राजश्व कार्यालय दमकले गत आर्थिक वर्षमा लक्ष्य भन्दा बढि राजश्व संकलन गरेको छ । कार्यालयले रु ५१ करोड ६० लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो ।...

कमल खोला बस्तीमा पस्यो,सयौं विगाहा जमीन डुवानमा

दमक,८ साउन । झापाको कमल गाउँपालिका र शिवसताक्षीमा वीचमा पर्ने कमल खोलामा आएको बाढीले स्थानीय सानो केर्खामा खोला पसेको छ । लगातार परेको वर्षाका कारण कमल खोलामा आएको बाढीले दुई दिन अघि त्यहाँ वस्दैआएका...

दमकको एक मात्र सरकारी अस्पताल आफै बिरामी, भिडियो एक्स रे एक महिना देखी बन्द

दमक | झापा दमकको एक मात्र सरकारी अस्पताल दमक अस्पतालमा विगत ३ सातायता देखि भिडियो एक्स—रे मेसिन विग्रिएपछि सेवाग्राहीहरु मारमा परेका छन । अस्पतालको भिडियो एक्स रे मेशिन बिग्रिएपछि नेपाल सरकारको स्वास्थ्य विमा गराएका विमक...

मायादेखि सेक्ससम्मका कुराकानीमा यसरी इमोमा फसे झापाका एक व्यवसायी, घटनामा संलग्न पक्राउ

झापा । बिर्तामोडका एक व्यवसायीलाई उनको नम्बरमा एक साता अघि फोन आउँछ । को बोल्नु भएको ?–व्यवसायीले प्रश्न गरे । नम्र स्वरमा महिलाको आवाज आएपछि ब्यवसायीसँंग परिचय आदानप्रदान भयो । त्यही चिनजानपछि सामाजिक सञ्जाल इमोमा...

फिदिम नगरपालिका–१ का वडाध्यक्ष मोक्तानको निधन

पाँचथर,७ साउन । पाँचथरको फिदिम नगरपालिका वडा नम्बर–१ का वडाध्यक्ष हर्क मोक्तानको निधन भएको छ । मोक्तानको सोमबार साँझ ७२ वर्षको उमेरमा फिदिम–१, मा रहेको निजी निवासमा निधन भएको हो । वडाध्यक्ष मोक्तान मधुमेहसहित विभिन्न रोगको...

खोेल्सीमा डुवेर वृद्धको ज्यान गयो

दमक,७ साउन । झापाको दमक नगरपालिका वडा नम्बर २ स्थित खरखरे खोल्सीमा डुवेर दमकका एक जना वृद्धको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाका अनुसार यसरी ज्यान जानेमा...

 इस्टु भद्रपुर अध्यक्षमा अधिकारी

भद्रपुर,६ साउन । संस्थागत बिधालय शिक्षक युनियन (इस्टु) भद्रपुरको नगर अधिबेशन सम्पन्न भएको छ । द्रोण अधिकारीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति घोषणा गर्दै अधिबेशन सम्पन्न गरिएको हो । कार्यक्रममा धारणा राख्दै कार्यक्रमका प्रमुख अतिथि तथा...

शिवसताक्षीमा विपीको स्मृति दिवस मनाईयो

दुधे, साउन ६ । महानायक विपी कोईरालाको ३७ औ स्मृति दिवस जिल्लाको शिवसताक्षीमा पनी बिविध कार्यक्रमका साथ मनाइएको छ । महाभारतकालिन ईतिहासमा बर्णित जिल्लाको धार्मिकक तथा पर्यटकीयस्थल सताक्षीधामका साधु र श्रीहरी वेद विद्यालयका विद्यार्थीलाई...

निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपाको टारी भन्ने स्थानमा निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु भएको छ । स्थानीय अर्जुन रिजालका अनुसार आज बिहान करीब ९ बजे निर्माणाधीन मन्दिरको छतको सटिङ खुस्काउने क्रममा मन्दिरको...

सुनसरीमा एकको घाँटी रेटी हत्या

सुनसरी | सुनसरीको देवानगञ्ज गाउँपालिका–२ बजार क्षेत्रमा रहेको रामजानकी मन्दिर नजिक आज बिहान घाँटी रेटी एक भारतीय नागरिकको हत्या भएको छ । भारत अररीया जिल्ला मानिकपुरका करिब ४० वर्षीय बिलु यादवको घाँटी रेटी हत्या गरिएको...