कनकाई पुलमा बम फेला, डिस्पोजको तयारी

बम राखिएको नजिकै गोर्खा जनमुक्ति मोर्चा लेखिएको पर्चा फेला परेको छ। पर्चामा सुगौली सन्धीमार्फत नेपालले गुमाएको भूमि फिर्ता, विदेशीलाई दिइएको अंगिकृत नागरिकता खारेज, संघीयता खारेज लगायतमा माग राखिएको छ । 

हाम्रो दमक

माइधार, २९ बैशाख । पूर्वपश्चिम राजमार्ग अन्तगर्त झापाको कनकाई नगरपालिकाको कोटीहोमस्थित कनकाई पुलमा आज आइतबार बिहान बम फेला परेको छ । कनकाई नदीको पूर्वीतर्फ पुलको प्रवेशद्धारमा नै शंकास्पद अवस्थामा एउटा झोला फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।


जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हाल सो स्थानमा नेपाल प्रहरीको टोलीले घेरा हालेर अनुसन्धान गरिहेको छ । त्यस्तैं, नेपाली सेनाको डिस्पोजल टोलीसमेत घटनास्थल आइपुगेको छ । बम कसले राखेको हो भन्ने बारेमा कुनै जानकारी छैन । बम राखिएको नजिकै गोर्खा जनमुक्ति मोर्चा लेखिएको पर्चा फेला परेको छ। पर्चामा सुगौली सन्धीमार्फत नेपालले गुमाएको भूमि फिर्ता, विदेशीलाई दिइएको अंगिकृत नागरिकता खारेज, संघीयता खारेज लगायतमा माग राखिएको छ ।
कनकाई नदीमा बम फेला परेसंगै स्थानीयहरु त्रसित छन । यता, सोही पुल भएर पुर्वपश्चिमतर्फ सञ्चालन हुने लामो तथा छट्टो दुरीका यातायातका सवारी साधनहरु चल्न सकेका छैनन् ।
पूर्वबाट पश्चमतर्फ लाग्दै गरेका यातायताहरु प्रहरीले सुरुङ्गामा रोकेका छन भने पश्चिमबाट पूर्वतर्फ आउने सवारीसाधनहरुलाई माइधारबाट अघि बढ्न दिएका र्छैनन् ।

आइत, बैशाख २९, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

फिचर समाचार बाट अन्य

शिक्षिकाको कुटाईबाट झापामा एक बालिकाको कानको जालि फुट्यो

शिक्षिकाको कुटाईबाट झापाको कमल गाउँपालिका ५ मा रहेको लिटल एन्जल बोर्र्डिङ स्कुलमा अध्ययनरत पाँच वर्षकी बालिका एस्तर राईको कानको जाली फुटेको छ । एस्तर सो विद्यालयमा कक्षा १ मा अध्ययनरत विद्यार्थी हुन । सोमबार विद्यालय...

आमा र छोरीको हत्या प्रयास

झापा, जेठ ९ गते । झापाको मेचीनगर नगरपालिका–१० प्रशंसा टोलमा तीन महिला मात्र बस्दै आएको एक घरमा राति बाहिरबाट घुसेको अज्ञात आक्रमणकारीले आमा र नाबालिका छोरीको हत्या प्रयास गरेको छ । जिल्ला प्रहरी कार्यालयका...

पाँचथर हत्याकाण्डमा ज्यान गुमाएका ९ जनाको अन्त्येष्टि गरिँदै

बिर्तामोड । मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा सोमबार राति भएको विभत्स हत्याकाण्डमा ज्यान गुमाएका ९ जनाको अन्त्येष्टि अहिले केहिबेरमा गरिँदै छ ।हत्या गरिएका ९ जना र घटनास्थल नजिकै झुण्डिएर आत्महत्या गरेका भनिएका मानबहादुर माखिमको शव धरानमा...

अर्जुनधारा धाममा निःशुल्क रात्रीकालीन भोजन खान पाईने

बिर्तामोड। पूर्वको पशुपति नाथले परिचत अर्जुनधारा जलेश्वरधामले तीर्थयात्री र दीनदुःखीहरुका लागि रात्रीकालीन निःशुल्क भोजन सुरु गरेको छ । धामद्वारा स्थापित अन्नदान अक्षयकोषबाट जलेश्वरधामले रात्रीकालीन भोजन सुरु गरेको धाम समितिका कोषाध्यक्ष मोहन जोशीले बताए । उनले...

विद्युत चुहिएर किरानामा आगोलागी ,लाखौको क्षति

दमक,९ जेठ । बिद्युत चुहिएर गएराती झापाको दमक चौकमा रहेको एउटा किराना पसलमा आगोलागी हुदाँ लाखौंको क्षति भएको छ । दमक ५ स्थित मनोज साहको किराना पसलमा राती करिव ११ : ३० बजे आगोलागी हुँदा...

बिभत्स हत्याकाण्डबाट बाँच्न सफल खजुमको उपचार प्रदेश सरकारले गर्ने

पाँचथरको आरुबोटेनजिकै नौ जनाको हत्या हुँदा भागेर बाँचेकी बालिकाको उपचार १ नम्बर प्रदेश सरकारले गर्ने भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै उनको उपचार गर्ने जनाएको हो ।...

प्रदेश १ मा मानब हत्याको श्रृंखला बढयो

पछिल्लो समय प्रदेश नम्बर १ मा मानब हत्याको श्रृंखला बढेर गएको प्रहरीको तथ्याङ्कले देखाएको छ । प्रदेश १ का कुल १४ जिल्लाका बिभिन्न स्थानमा बितेका १० महिनामा ६७ जनाको हत्या भएको १ नम्बर प्रदेश प्रहरी...

भागेर बाँचेकी सीताको दमकमा उपचार शुरु

दमक, ७ जेठ । गएराती पाँचथर, मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेका दुई परिवारका नौ जनाको हत्या हुँदा भागेर बाँच्न सफल १२ वर्षीया सीता खजुमको दमकमा उपचार शुरु गरिएको छ । उनलाई आज मंगलबार अपरान्ह दमक ल्याई दमकस्थित...

पाँचथर हत्या प्रकरण : झुण्डिएको अवस्थामा फेला परेकामाथि प्रहरीको शंका

पाँचथर । पाँचथरको मिक्लाजुङ–३ मा नौ जनाको हत्या भएकै दिन घटनास्थलभन्दा ३ घण्टा परको दुरीमा अर्का एक ब्यक्ति झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । झुण्डिएको अवस्थामा फेला पर्नेमा मानबहादुर माखिम रहेको बताइएको छ...

पाँचथरमा दुई परिवारका नौ जनाको हत्या

फिदिम, ७ जेठ । पाँचथरको मिक्लाजुङ गाँउपालिका वडा नं. ३ आरुबोटेमा गत राती दुई परिवारका नौ जनाको विभत्स हत्या गरिएको छ । घट्नास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङका अनुसार गत राती स्थानीय धनराज शेर्मा...