इलाम उवासंघमा फराकिलो मतान्तरसहित प्रजातान्त्रिक प्यानल विजयी

  • प्रकाशित मिति : आइतवार, बैशाख २९, २०७६



  • इलाम,२९ बैशाख । इलाम उद्योग वाणिज्य संघ इलाममा नेपाली कांग्रेस निकटका प्रजातान्त्रिक प्यानल फराकिलो मतान्तरसहित विजयी बनेको छ । हिजो सम्पन्न संघको आठौं अधिवेशनको निर्वाचनबाट नेकपा निकट प्रगतिशील प्यानललाई हराउदै प्रजातान्त्रिक प्यानलको बिजयी भएको हो ।


    मतगणनाको सुरुवातदेखि अग्रता लिएको प्रजातान्त्रिक प्यानलले निरन्तर अग्रता कायम राखी बिजयी बनेको हो । निर्वाचनबाट अध्यक्षमा प्रजातान्त्रिक प्यानलका इश्वर चिपालुले ६३४ ल्याई विजयी भए भने उनका प्रतिष्पर्धी प्रगतिशीलका देवेन्द्र शंकरले ३९३ मत प्राप्त गरेका थिए ।
    यस्तै वरिष्ठ उपाध्यक्ष कृष्ण पौडेल (प्रजातान्त्रिक ) ६१६ ल्याई विजयी भए भने र प्रगतिशीलका भक्तबहादुर लुङ्गेलीले (प्रगतिशील ) ३९० मत पाएका थिए । वाणिज्य उपाध्यक्षमा दीपेश श्रेष्ठले ( प्रजातान्त्रिक ) ६२७ मत ल्याई विजयी भएका थिए भने प्रगतिशीलका भगिरथ कट्टेलले ३८७
    मत पाए । उता उद्योग उपाध्यक्षमा प्रजातान्त्रिकका दुर्गा श्रेष्ठ (मदन) ले ६०३ मत प्राप्त गरि विजयी भए भने प्रगतिशीलका प्रविणकुमार श्रेष्ठले ४२२ ल्याएका थिए ।
    यसैगरि संघको महिला महिला उपाध्यक्षमा प्रजातान्त्रिककी अनुजा गजुरेल (सुवेदी) ले ५६५ मत ल्याएर विजयी वनिन् भने उनका प्रतिष्पर्धी प्रगतिशीलकी कमला बाँस्कोटाले (रिजाल ) ४४१ म्त पाएकी थिईन् । महासचिवमा प्रजातान्त्रिककै हेमन्त गौतम (अत्री) ले ५८७ मत ल्याई विजयी भए भने प्रगतिशीलका प्रकाश चापागाईले ४२६ मत प्राप्त गरेका थिए । सचिवमा श्रीबहादुर विष्टले ५६० मत पाएर विजयी भने प्रतिष्पर्धी प्रगतिशीलका केशव खनालले ४५३ मत पाए । यस्तै ,कोषाध्यक्षमा प्रजातान्त्रिकका सन्तोष भक्तराजले ५७९ मत ल्याएर विजयी वने भने उनका प्रतिष्पर्धी प्रगतिशीलकी दिव्या भट्टराईले ४३५ मत पाईन ।
    निर्वाचनको मतपरिणाम अनुसार तीन सदस्यीय महिला सदस्यमा प्रजातान्त्रिकककै खिनामाया (खिना) बस्नेत ( ५५६ ), देवीकला पोखरेल (निरौला ) ५३३ र दिपा गुरुङ ( ५०२ ) विजयी भइन् । उनका प्रतिष्पर्धीहरु कौशिला राई ( ४५३ ), गंगादेवी पाठक ( उप्रेती) (४२९) र रमादेवी थापाले (पराजुली) ४२० मत पाएकी थिइन् ।
    यस्तै पाँच जना खुल्ला सदस्यमा पनि प्रजातान्त्रिककै कर्णबहादुर साम्पाङ ५४४,बालकुमार श्रेष्ठ ६०५ ,देवीप्रसाद पौडेल ५४६ , सुमन दास ५५४ र सुमन (धर्मेन्द्र) सुवेदीले ५७७ मत ल्याई विजयी भए । उनका प्रतिष्पर्धीहरु प्रगतिशीलका रेशमबहादुर बराइली ४८३, नेत्रप्रसाद पोख्रेल ४१२, ठाकुरप्रसाद कट्टेल ४२६ र चन्द्रबहादुर निरौला (मदन)ले ३८१ म्त पाएका थिए ।

    शनिबार बिहान ८ बजेदेखि साँझ पाँच बजेसम्म सदरमुकामको गौतमबुद्ध सभागृहमा भएको निर्वाचनमा जम्मा एकहजार दुईसय ५९ सदस्य मतदातामध्ये एक हजार ६८ मत खसेकोमा आज आइतबार बिहान चार बजेतिर मतगणना सकिँदा २० मत बदर भएको थियो । यसअघि सङ्घको आठौँ अधिवेशनअन्तर्गतकै साधारण सभा बैशाख ७ गते सम्पत्र भइसकेको छ ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology