धुलाबारी खानेपानी समितिको पद हस्तान्तरण

  • प्रकाशित मिति : शनिबार, बैशाख २८, २०७६



  •  धुलाबारी,२८ बैशाख । यहाँस्थित धुलाबारी खानेपानी उपभोक्ता समिति मेचीनगरको नवनिर्वाचित समितिको पद हस्तान्तरण गरिएको छ । शुक्रवार यहाँ एक कार्यक्रम गरि हालै सम्पन्न निर्वाचनबाट विजयी कार्यसमितिको औपचारिक रुपमा पदहस्तान्तरण गरिएको हो । निवर्तमान अध्यक्ष इन्द्रबहादुर बुढाथोकीले नवनिर्वाचित अध्यक्ष अजयकुमार घिमिरेलाई अध्यक्षको ब्याच लगाएर तथा अध्यक्षको कुर्सीमा बसाएर पद हस्तान्तरण गराएका थिए । बाँकी पदाधिकारीहरूलाई निवर्तमान पदाधिकारीहरूले पद हस्तान्तरण गराएका थिए ।


    आगामी ३ वर्षे कार्यकालको नेतृत्व चयनका लागि भएको निर्वाचनमा नेकपा र नेपाली काङ्ग्रेसको संयुक्त प्यानल लोकतान्त्रिक प्रगतिशील समूहका सवै उम्मेद्वार विजयी भएका थिए ।

     

    समितिको अध्यक्षमा अजय घिमिरे, उपाध्यक्षमा चेतराज विष्ट, सचिवमा कञ्चन तामाङ विजयी भएका थिए । यसैगरी, सदस्यहरूमा धनकाजी खत्री, हिमालय आङ्देम्बे, केशव दाहाल, कृष्ण अधिकारी, राजेश खड्का र लक्ष्मीप्रसाद उप्रेती विजयी भएका थिए । महिला सदस्यहरूमा अम्बिका सङ्ग्रौला भण्डारी र लक्ष्मी श्रेष्ठ विजयी भएकी थिईन् ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नम्बर १ का प्रदेश सभा सदस्य गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा नवनिर्वाचित अध्यक्ष घिमिरेले प्रतिबद्धता मन्तव्य तथा निवर्तमान अध्यक्ष बुढाथोकीले बिदाइ मन्तव्य राखेका थिए ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology