हुसैनलाई आजीवन कारावासको फैसला

कमल गाउँपालिका–६ मंगलबारेका कपडा व्यापारी खेमराज पौडेलको हत्यामा संलग्न सद्दाम हुसेन मियालाई आजीवन कारावासको फैसला भएको हो । उनलाई मुलुकी अपराध संहिता २०७४ को दफा २११ ९१० विपरीत ऐन दफा २१३ बमोजिम सात वर्ष कैद र ७० हजार रुपैयाँ जरिवाना, सोही ऐनको १७७९१० को कसुरमा सोही ऐनको १७७ ९२० बमोजिम जन्मकैदको सजाय तोकिएको श्रेष्तेदार खनालले बताए ।

हाम्रो दमक

दमक,२७ बैशाख । मुलुकी अपराध संहिता ऐन २०७४ लागू भएसँगै झापामा एक व्यक्तिलाई अदालतले आजीवन कारावासको फैसला गरेको छ । नयाँ कानून कार्यान्वयनमा आएसँगै झापामा पहिलोपटक आजीवन कारावासको फैसला भएको अदालतका श्रेष्तेदार दुर्गाप्रसाद खनालले जानकारी दिए ।


उनका अनुसार कमल गाउँपालिका–६ मंगलबारेका कपडा व्यापारी खेमराज पौडेलको हत्यामा संलग्न सद्दाम हुसेन मियालाई आजीवन कारावासको फैसला भएको हो । उनलाई मुलुकी अपराध संहिता २०७४ को दफा २११ ९१० विपरीत ऐन दफा २१३ बमोजिम सात वर्ष कैद र ७० हजार रुपैयाँ जरिवाना, सोही ऐनको १७७९१० को कसुरमा सोही ऐनको १७७ ९२० बमोजिम जन्मकैदको सजाय तोकिएको श्रेष्तेदार खनालले बताए ।
उनका अनुसार अपहरण गरी पोडैलको हत्यामा कसुर ठहर गर्दै सोही ऐनको दफा ४३ ९२० बमोजिम ज्ञ्ेठी दफा ४१ बमोजिम हुसेनलाई आजीवन कैदको सजाय सुनाइएको हो । सोही ऐनको दफा २१७ तथा ज्यान मार्नेतर्फ १८६ बमोजिम प्रतिवादीबाट पत्नी जाहेरवालालाई एक लाख क्षतिपूर्ति भराइदिने आदेश समेत भएको बताइएको छ ।
हुसेनले पौडेलको गतवर्ष भदौं २६ गते घाँटी र टाउकोमा छुरा प्रहार गरी हत्या गरेका थिए । सद्दामले आफै पौडेललाई पैसा लिन आउन भनी गौरीगन्ज बोलाएर एकान्तमा लगि हत्या गरेका थिए । मृतक पौडेलको घाँटी र टाउकोमा छुरा प्रहार भएको थियो । पौडेलको हत्यापछि प्रहरीले घटनास्थलमा उनको मे ७ प १९०४ नम्बरको मोटरसाइकल, मोबाइल फोन र व्याग फेला परेको थियो ।

शुक्र, बैशाख २७, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

फिचर समाचार बाट अन्य

शिक्षिकाको कुटाईबाट झापामा एक बालिकाको कानको जालि फुट्यो

शिक्षिकाको कुटाईबाट झापाको कमल गाउँपालिका ५ मा रहेको लिटल एन्जल बोर्र्डिङ स्कुलमा अध्ययनरत पाँच वर्षकी बालिका एस्तर राईको कानको जाली फुटेको छ । एस्तर सो विद्यालयमा कक्षा १ मा अध्ययनरत विद्यार्थी हुन । सोमबार विद्यालय...

आमा र छोरीको हत्या प्रयास

झापा, जेठ ९ गते । झापाको मेचीनगर नगरपालिका–१० प्रशंसा टोलमा तीन महिला मात्र बस्दै आएको एक घरमा राति बाहिरबाट घुसेको अज्ञात आक्रमणकारीले आमा र नाबालिका छोरीको हत्या प्रयास गरेको छ । जिल्ला प्रहरी कार्यालयका...

पाँचथर हत्याकाण्डमा ज्यान गुमाएका ९ जनाको अन्त्येष्टि गरिँदै

बिर्तामोड । मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा सोमबार राति भएको विभत्स हत्याकाण्डमा ज्यान गुमाएका ९ जनाको अन्त्येष्टि अहिले केहिबेरमा गरिँदै छ ।हत्या गरिएका ९ जना र घटनास्थल नजिकै झुण्डिएर आत्महत्या गरेका भनिएका मानबहादुर माखिमको शव धरानमा...

अर्जुनधारा धाममा निःशुल्क रात्रीकालीन भोजन खान पाईने

बिर्तामोड। पूर्वको पशुपति नाथले परिचत अर्जुनधारा जलेश्वरधामले तीर्थयात्री र दीनदुःखीहरुका लागि रात्रीकालीन निःशुल्क भोजन सुरु गरेको छ । धामद्वारा स्थापित अन्नदान अक्षयकोषबाट जलेश्वरधामले रात्रीकालीन भोजन सुरु गरेको धाम समितिका कोषाध्यक्ष मोहन जोशीले बताए । उनले...

विद्युत चुहिएर किरानामा आगोलागी ,लाखौको क्षति

दमक,९ जेठ । बिद्युत चुहिएर गएराती झापाको दमक चौकमा रहेको एउटा किराना पसलमा आगोलागी हुदाँ लाखौंको क्षति भएको छ । दमक ५ स्थित मनोज साहको किराना पसलमा राती करिव ११ : ३० बजे आगोलागी हुँदा...

बिभत्स हत्याकाण्डबाट बाँच्न सफल खजुमको उपचार प्रदेश सरकारले गर्ने

पाँचथरको आरुबोटेनजिकै नौ जनाको हत्या हुँदा भागेर बाँचेकी बालिकाको उपचार १ नम्बर प्रदेश सरकारले गर्ने भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै उनको उपचार गर्ने जनाएको हो ।...

प्रदेश १ मा मानब हत्याको श्रृंखला बढयो

पछिल्लो समय प्रदेश नम्बर १ मा मानब हत्याको श्रृंखला बढेर गएको प्रहरीको तथ्याङ्कले देखाएको छ । प्रदेश १ का कुल १४ जिल्लाका बिभिन्न स्थानमा बितेका १० महिनामा ६७ जनाको हत्या भएको १ नम्बर प्रदेश प्रहरी...

भागेर बाँचेकी सीताको दमकमा उपचार शुरु

दमक, ७ जेठ । गएराती पाँचथर, मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेका दुई परिवारका नौ जनाको हत्या हुँदा भागेर बाँच्न सफल १२ वर्षीया सीता खजुमको दमकमा उपचार शुरु गरिएको छ । उनलाई आज मंगलबार अपरान्ह दमक ल्याई दमकस्थित...

पाँचथर हत्या प्रकरण : झुण्डिएको अवस्थामा फेला परेकामाथि प्रहरीको शंका

पाँचथर । पाँचथरको मिक्लाजुङ–३ मा नौ जनाको हत्या भएकै दिन घटनास्थलभन्दा ३ घण्टा परको दुरीमा अर्का एक ब्यक्ति झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । झुण्डिएको अवस्थामा फेला पर्नेमा मानबहादुर माखिम रहेको बताइएको छ...

पाँचथरमा दुई परिवारका नौ जनाको हत्या

फिदिम, ७ जेठ । पाँचथरको मिक्लाजुङ गाँउपालिका वडा नं. ३ आरुबोटेमा गत राती दुई परिवारका नौ जनाको विभत्स हत्या गरिएको छ । घट्नास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङका अनुसार गत राती स्थानीय धनराज शेर्मा...