कमलमा जारी वडा स्तरिय फुटबल प्रतियोगिताको उपाधी वडा नम्बर ४ लाई

  • प्रकाशित मिति : बिहिबार, बैशाख २६, २०७६



  • दमक । झापाको कमल गाउपालीकामा जारी दोस्रो वडा स्तरिय फुटबल प्रतियोगिताको उपाधी वडा नम्बर ४ ले जितेको छ ।

    प्रतियोगिता अन्तरगत बिहिबार भएको फाइनल खेलमा वडा नम्बर ४ ले २ लाई ट्राईबेकरमा ३–१ गोल अन्तरले पाखा लगाउदै उपाधी चुमेको हो । खेलको निर्धारित समयमा दुबै तर्फबाट गोल रहित बराबरी भए पछि ट्राईबेकरबाट खेलको छिनोफानो भएको हो ।

    बिहिबारको खेलको म्यानअफ दी म्याच बिजयी टिमका अनिश राई घोषित भए । खेलमा गाउपालीकाका ७ वटै वडा र वाडा नम्बर ४को २ टिम गरि ८ टिमको सहभागीता रहेको थियो । त्यसैगरि खेलको उत्कृष्ट डिफेन्स पराजित टिमका नरेश हस्दा ,उत्कृष्ट मिडफिल्डरमा बिजयी टिमका निशान गुरुङ उत्कृष्ट गोलकिपर बिजयी टिमका अमन तामाङ , सर्बोउत्कृष्ट खेलाडी बिजेता टिमका लक्षमण लिम्बु घोषित भए ।

    उनिहरुलाई कार्यक्रमको प्रमुख अतिथि कमल गाृपालीकाकी अध्यक्ष मेन्का काफ्लेले नगद सहित ट्रफीले प्रदान गर्नुभयो । प्रतियोगिताको बिजेताले नगद ३० हजार रुपैया र उपबिजेताले नगद १५ हजाररुपैया, मेडल ट्रफी र प्रमाण पत्र प्रप्त गरेको खेल संयोजक धिरज श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिताको गत बर्षको संस्करणको उपाधी पनि वडा नम्बर ४ ले जितेको जनाइएको छ ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology