लिभरपुल वा बार्सिलोना ? को पुग्ला फाइनल !

हाम्रो दमक

एजेन्सी | च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेगमा इंग्लिस क्लब लिभरपुल र स्पेनिस क्लब बार्सिलोनाबीच मंगलबार राति पौने १ बजे खेल हुँदै छ । पहिलो लेगमा ३–० ले अघि रहेको बार्सिलोनालाई लिभरपुलको मैदानमा अग्रता जोगाउने चुनौती हुनेछ ।

मोहम्मद सलाह र रोबर्टो फर्मिनो घाइते रहेकाले लिभरपुल समस्यामा देखिएको छ । लिभरपुलका युवा स्ट्राइकर रियान ब्रेस्टर खेलका लागि तयार रहेको प्रशिक्षक जर्गेन क्लोपले बताएका छन् । ‘उनी तयार छन् । यो ठूलो मौकामा उनले राम्रो गर्ने छन् भन्ने विश्वास लिएको छु’ १८ वर्षका ब्रेस्टरबारे क्लोपले भने ।

३–० ले पछि रहेको अवस्थामा पनि खेलमा फर्किएर आफूहरु च्याम्पियन्स लिग फाइनलमा पुग्ने विश्वास क्लोपमा देखिए पनि सहज भने छैन । बार्सिलोना प्रशिक्षक एर्नेस्टो भालभर्दे पनि आफूहरुले अग्रता बनाएका छौँ भन्ने नसोची जित्नकै लागि खेल्ने बताउँछन् ।

शनिबार ला लिगामा सेल्टाभिगोसँग हारेको खेलमा महत्वपूर्ण ११ खेलाडीलाई आराम दिएका भालभर्देले लिभरपुलकै मैदानमा आफूहरुलाई कठिन हुने बुझेका छन् । किनभने च्याम्पियन्स लिगको पछिल्लो १३ खेलमा घरेलु मैदानमा लिभरपुल हारेको छैन ।

अन्तिम १६ को खेलमा लिभरपुलले बायर्न म्युनिखलाई र क्वाटरफाइनलमा पोर्टोलाई हराउँदा पनि देखिएको टिम गेम बार्सिलोनासँगको खेलमा पनि निरन्तर गर्नेमा प्रशिक्षक क्लोप विश्वस्त छन् । पहिलो लेगमा लिभरपुल पराजित हुँदा पनि सम्हालिएको खेल नै देखाएको थियो ।

अन्तिम १६ मा लियोनलाई हराएको बार्सिलोनाले क्वार्टरफाइनलमा म्यानचेस्टर युनाइटेडलाई हराएको थियो । पहिलो लेगमा लियोनल मेस्सीको दुई र लुइस स्वारेजको एक गोलमा बार्सिलोनाले अग्रता बनाएको थियो ।

मेस्सीमा बढी निर्भर हुने आरोप खेपिरहेको बार्सिलोना यो सिजन नै उत्कृष्ट लयमा छ । हुन पनि मेस्सीले इंग्लिस विपक्षी टिमविरुद्धको ३३ च्याम्पियन्स लिग खेलमा २६ गोल गरिसकेका छन् ।

के भन्छन् प्रशिक्षक ?

जर्गेन क्लोप (लिभरपुल) – दोस्रो लेग सुरु हुनुअघि नै ३–० ले पछाडि पर्नु हामीले सोचेजस्तो अवस्था होइन । बार्सिलोनाविरुद्धको खेलमा विश्वका उत्कृष्ट दुई स्ट्राइकर हामीसँग हुने छैनन् र पनि ४ गोल गर्नुपर्ने छ । सजिलो त पक्कै छैन तर मैदानमा हामीसँग ११ खेलाडी नै हुने छन् । उनीहरुलाई हराउन हामी सबै रुपमा उत्कृष्ट हुनुपर्छ ।

एर्नेस्टो भालभर्दे (बार्सिलोना) – यदि हामीले गएको हप्ताको नतिजामा धेरै ध्यान दियौँ भने त्यो गल्ती हुनेछ । हामीले यो फाइनल खेल हो भन्ने ठानेर खेल्नुपर्छ । हामीले सहज हुने छैन किनभने उनीहरुसँग उनीहरुका समर्थक पनि हुने छन् । हामीले खेलमा नियन्त्रण बनाउन सक्छौं भन्ने विश्वास छ । उनीहरुले आक्रामक खेल्ने छन्, त्यसमा कुनै शंका छैन । त्यसैले हामीले आफैमा संयमता अपनाउनुपर्छ ।

लिभरपुलको रणनीति

लिभरपुलका स्टार फरवार्डद्वय मोहमद सलाह र रोबर्टो फिर्मिनोले चोटका कारण बार्सिलोनाविरुद्ध च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेग गुमाउने भएका छन् । यससँगै लिभरपुलले यी दुईको विकल्पका रुपमा नयाँ रणनीति बनाउने भएको छ ।

सलाह र फिर्मिनोले मिलेर यस सिजन लिभरपुलका लागि ४२ गोल गरेका छन् । २६ गोल गरेका सलाह न्युकासलविरुद्ध टाउकोको चोटका कारण बाहिरिएका हुन् । फिर्मिनो भने अघिल्लो सातादेखि नै चोटले गर्दा विश्राममा थिए । सलाह र फिर्मिनोको अनुपस्थितिमा प्रशिक्षक योर्गेन क्लोपले ४ विकल्प रोज्न सक्छन् ।

डिभोक ओरिगी:

ओरिगीले यस सिजन खासै खेल्ने समय पाएका छैनन् । तर अवसर पाएको बेलामा उनले लिभरपुलका लागि महत्त्वपूर्ण भूमिका भने निर्वाह गरेका छन् । बेल्जियन युवा फरवार्डए एभरटन र न्युकसलविरुद्ध अन्तिम मिनेटमा गोल गरेका थिए । दुवै गोल लिभरपुललाई जित दिलाउन पर्याप्त रहेको थियो ।

जेर्डान साकिरी:

जारी सिजन साकिरीले ६ गोल र ४ असिस्ट प्रदान गर्दै माध्यम सिजन रहेको संकेत दिएका छन् । पछिल्लो सिजनको तुलनामा उनको प्रदर्शन केहि खस्किएको छ । न्युकासलविरुद्ध जित दिलाउन भने उनले महत्त्वपूर्ण भूमिका खेले । ओरिगीले हेडरमार्फत विजयी गोल गर्दा साकिरीले नै फ्रिकिक प्रहार गरेका थिए ।

ड्यानीएल स्टरिज:

लिभरपुलका लागि सिजन २०१३/१४ मा स्टरिजले २४ गोल गर्दै उपाधि भिडन्तमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । त्यसपछि चोटले सताएका स्टरिजले पहिलो रोजाइमा आफूलाई स्थापित गर्न सकेनन् । यस सिजन उनले ४ गोल गरेका छन् । न्युकासलविरुद्ध उनले सुरुवाती रोजाइमा खेलेका थिए ।

४ मिडफिल्डर खेलाउने ?

पहिलो लेगमा ३-० ले पछाडी परेको लिभरपुलले दोस्रो लेगमा निकै मिहिनेत गर्नुपर्छ । नाबी केइटा पनि चोटका कारण बाहिर रहेकाले ४ मिडफिल्ड खेलाउने सम्भावना कम छ । आक्रामक रणनीतिका लागि ४ मिडफिल्ड खेलाउनु उचित हुँदैन । तर फाबिन्हो, जेम्स मिल्नर, जोर्डन हेन्डरसन र जिओर्जिनियो वाईनाल्डमको मिडफिल्ड निकै मजबुत भने हुनेछ ।

मङ्ल, बैशाख २४, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

खेलकुद बाट अन्य

सन्दिप बार्बाडोसबाट सिपिएल खेल्न ७० हजार डलरमा अनुबन्ध

बिर्तामोड । नेपालका लेग स्पिनर सन्दिप लामिछानेले लगातार दोस्रो वर्ष क्यारेबियन प्रिमियर लिग सिपिएल क्रिकेट खेल्ने भएका छन् । लेग स्पिनर सन्दिपलाई यसपटक बार्बाडोस ट्राइडेन्टले आफ्नो टोलीमा आबद्ध गरेको हो । अघिल्लो सिजन उनले सेन्ट...

राष्ट्रपति रनिङशिल्डको स्थानीय तह र जिल्लास्तरीय छनौटको मिति तय

बिर्तामोड । झापा जिल्लास्तरीय ११ औं राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिको बैठक मंगलबार सम्पन्न भएको छ । उक्त समितिका संयोजक एवँ जिल्ला समन्वय समिति प्रमुख सोमनाथ पोर्तेलको अध्यक्षतामा बसेको बैठकले स्थानीय...

यूएफसीका एक्ला नेपाली खेलाडी युकी 

दमक,७ जेठ । झापा, दमक २ घर भई हाल वेलायतमा बस्दै आएका २० बर्षिय युकी आङ्गदेम्बेले अन्तराष्ट्रिय स्तरको यूएफसी खेलमा विभिन्न पदक जित्दैआाएका छन् । अल्टिमेट फाइटिङ च्याम्पियनसीप ( यूएफसी ) मा एक वर्षदेखि आवद्ध...

धरान उपमहानगरपालिकाद्धारा खेलाडी प्रोत्साहन

खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले धरान उपमहानगर नगरपालिकाले यस वर्ष पनि एक जनालाई बर्ष खेलाडीको रुपमा एकजानलाई सम्मानगर्ने भएको छ । धरान उपमहानगरपालिका अन्र्तगतको नगर खेलकुद विकाश समितिले २०७४ देखि शुरु गरिएको ‘धरान बर्ष खेलाडी’ को...

जेठ १० बाट प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता हुदै

तेस्रो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता जेठ १० गतेबाट सुरु हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद राखेपले शनिबार पत्रकार सम्मेलन गर्दै नेपालय इन्टरनेशनलको व्यवस्थापनमा जेठ १० गतेबाट २५ गतेसम्म प्रतियोगिता हुने...

जर्मन बुन्डेस लिगा उपाधिको आज अन्तिम खेल, बायर्न म्युनिख र बोरुसिया डर्टमुन्ड कसले लग्ला !

एजेन्सी | झन्डै एक दशकपछि जर्मन बुन्डेस लिगाको उपाधि छिनोफानो अन्तिम लिग खेलमा हुँदैछ । शीर्षस्थानमा रहेको बायर्नलाई उपाधि जित्न मात्र १ अंक आवश्यक छ । उपाधि होडमा रहेका दुई टोली बायर्न म्युनिख र बोरुसिया...

विश्वकपका दाबेदार ४ टोली, इंग्ल्यान्डको सम्भावना धेरै

एजेन्सी | एकदिवसिय विश्वकप आउन अब मात्र तीन साता बाँकी छ । इन्डियन प्रिमियर लिग (आईपीएल) गत आइतबार देखि सकिएपछि अब सबैको ध्यान इंग्ल्यान्ड र वेल्समा ३० मे देखि सुरु हुने वान डे विश्वकपमा...

दमकमा नगरस्तरिय खेलकुद प्रतियोगिता शुरु

दमक नगर रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुक्रबारबाट शुरु भएको छ । दमक नगर खेलकुद बिकास समितिको आयोजना तथा दमक नगरपालीकाको सहयेग रहेको प्रतियोगिता १५ गते चल्ने छ । प्रतियोगिता दमकका ३ स्थानमा संचालन हुने प्रतियोगितामा...

नेरेसो उपशाखा कपको उपाधि खुदुनावारीलाई

दमक, ३१ बैशाख । झापाको कमल गाँउपालिकामा आयोजित एकदिवसीय जिल्लास्तरिय नेरेसो अन्तर उपशाखा कपको उपाधि खुदुनावारी उपशाखाले जितेको छ । सोमबार सम्पन्न प्रतियोगितामा खुदुनावारीले हल्दिवारी उपशाखालाई शुन्यका विरुद्ध २ गोल गरि उपाधि चुमेको हो...

कमलमा जारी वडा स्तरिय फुटबल प्रतियोगिताको उपाधी वडा नम्बर ४ लाई

दमक । झापाको कमल गाउपालीकामा जारी दोस्रो वडा स्तरिय फुटबल प्रतियोगिताको उपाधी वडा नम्बर ४ ले जितेको छ । प्रतियोगिता अन्तरगत बिहिबार भएको फाइनल खेलमा वडा नम्बर ४ ले २ लाई ट्राईबेकरमा ३–१ गोल अन्तरले...