न्यू कञ्चनको बिषादी न्यूनिकरण तथा माटो परिक्षण तालिम सम्पन्न

  • प्रकाशित मिति : सोमवार, बैशाख २३, २०७६



  • बुद्धशान्ति । न्यू कञ्चन कृषि सहकारी संस्था बुद्धशान्ति ३ को आयोजना तथा बुद्धशान्ति गाउँपालिका कृषि शाखाको सहयोगमा एकदिने बिषादी न्यूनिकरण तथा माटो परिक्षण सम्बन्धी तालिम सम्पन्न भएको छ ।

    न्यू कञ्चन कृषि सहकारी संस्थाका अध्यक्ष इश्वरीराज ढकालको सभापतित्वमा भएको तालिममा बुद्धशान्ति गाउँपालिका वडा नं ३ का वडाध्यक्ष कमलप्रसाद उप्रेतीको प्रमुख आतिथ्य रहेको थियो ।

    कृषि तथा माटो प्राविधिक फणिन्द्र ढुंगानाले सहजीकरण गरेको तालिममा गाउँपालिका कृषि शाखा अधिकृत भुपेन्द्रकुमार यादव, पशु सेवा शाखा बुधबारेका प्रम्ुख कैलाश सिंह लगायतले किसानले सोधेका प्रश्नको सहजीकरण गरेका थिए ।

    १६ वटा भन्दा बढी कृषि समूहका करिव ७५ जनाले लिएको तालिममा बिषादीको असर, न्यूनिकरण, तथा माटो परिक्षण गर्ने बिधि, माटोको संकलन तथा नमूना परिक्षण आदिका बारेमा जानकारी गराईएको थियो ।

    तालिममा सहभागी अधिकांशले तालिम समय छोटो भएतापनि उपलब्धीमूलक भएको बताए । तालिमको संचालन संस्थाका व्यवस्थापक तीर्थ तिम्सिनाले गरेका थिए ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology