पुलिसलाई मेचीनगर गोल्डकपको उपाधि

  • प्रकाशित मिति : शनिबार, बैशाख २१, २०७६



  • काँकडभिट्टा,२१ बैशाख । सडनडेथमा भाग्यमानी सावित हुँदा मेची नेत्रालय मेचीनगर गोल्डकपको उपाधि नेपाल पुलिस क्लबको पोल्टामा परेको छ । आज शनिवार भएको उपाधि खेलमा सडन डेथको सहायताबाट पुलिसका खेलाडी मानबहादुर परियारले प्रहार गरेको बल त्रिभुवन आर्मी क्लबका गोलरक्षक बिकेस कुथुलाई ठोक्किदै जाली चुमेको थियो ।
    प्रतियोगिताको बिजेता पुलिसले १० लाख १ हजार रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र पायो । उपबिजेता आर्मीले ५ लाख १ हजारमा चित्त बुझायो ।

    भर्खरै सम्पन्न आठौ राष्ट्रिय खेलकुद अन्तर्गत भएको फुटबल प्रतियोगितामा आर्मी बिजेता बनेको थियो भने पुलिस उपबिजेतामा सिमित भएको थियो । गत बर्ष भएको तेस्रो सिजनको मेचीनगर गोल्डकपमा पनि आर्मीले पुलिसलाई सेमिफाइनलमा पाखा लगाएको थियो । उपाधि रक्षासँगै पुलिसले आर्मीसँग बिगतमा भोगेको हारको बदला लिएको छ ।
    निर्धारित ९० मिनेटभर दुबै टीमबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा दुबै टीमबाट ३–३ को बराबरी भएपछि खेलको निर्णय सडनडेथबाट गरिएको थियो । सडन डेथमा त्रिभुवन आर्मी क्लबका बिकास तामाङको प्रहार आकाशिएको थियो भने पुलिसका मानबादुर परियारको प्रहार पोष्टमा लागेर फर्किएको थियो । पोष्टमा लागेर फर्किएको बलले गोलरक्षक कुथुको शरिरमा ठोक्किएपछि पोष्टको दिशा लिएको थियो ।
    परियारको निर्णायक गोलको मदतले पुलिसले उपाधि हात पारेको हो । टाइब्रेकरमा पुलिसका सुमन लामा, कप्तान भरत शाह, रेजिन सुब्बाले गोल गरेका थिए भने अजित भण्डारी र आशिष गुरुङको प्रहार आर्मीका गोलरक्षक कुथले फर्काएका थिए । आर्मीका नवयुग श्रेष्ठको प्रहार आकाशिएको थियो भने जर्ज प्रिन्स कार्कीको प्रहार पुलिसका गोलरक्षक रोशन खड्काले रोकेका थिए । आर्मीका दीपकुमार लामा, टेकबहादुर बुढाथोकी र सन्तोष तामाङको प्रहारले जाली चुमेको थियो । खेलको म्यान अफ द म्याच पुलिसका गोलरक्षक खड्का घोषित हुँदै नगद ११ हजार रुपैंयाँ पुरस्कार पाए ।
    राइजिङ प्लेयर काँकडभिटा फुटबल ट्रेनिङ सेन्टरका एञ्जल गुरुङ, उत्कृष्ठ गोलरक्षक नेपाल पुलिस क्लबका गोलरक्षक शत्रुघन चौधरी, बेष्ट डिफेन्स पुलिसका आषिश गुरुङ, बेष्ट मिडफिल्डर आर्मीका सेसेहाङ आङदेम्बे, बेष्ट स्ट्राइकर आर्मीका नवयुग श्रेष्ठ, बेष्ट कोच अनन्तराज थापा घोषित भए । उनीहरुले जनही २१ हजार रुपैयाँ पुरस्कार पाए । बेष्ट प्लेयर अफ द टुर्नामेन्ट पुलिसका रवि पासवान घोषित हुँदै १ लाख १ हजार रुपैंया पुरस्कार पाए ।
    बैशाख १२ गतेदेखि शुरु भएको प्रतियोगितामा आयोजक सहित पुलिस, आर्मी, संकटा, च्यासल, सुनसरी ११, माइभ्याली क्लब इलाम, पारो एफसी भुटान, क्यामरुनको दाउफिन्स एफसी र रुस्लान थ्री स्टार क्लबले प्रतिष्पर्धा गरेका थिए ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology